धरान  / पूर्वमा बामपन्थी गढको रुपमा चिनिएको धरान उपमहानगरमा नेकपा एमालेका लागि ठूलो प्रतिष्ठाको विषय बनेको छ । २०४८ सालदेखि बामपन्थीले जित्दैं आएको धरान एमालेको लालकिल्लाको रुपमा चिनिएको थियो । तर पछिल्लो समय लालकिल्ला तोकिएको छ । स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले एमालेलेको लालकिल्ला भत्काउनु भयो ।  माओवादी र एमाले एक भएको बेला १६ हजार मतान्तर हुदा राईले बामपन्थी उम्मेद्वार प्रकाश राईलाई हराएर ‘लालकिल्ला’ तोडिदिनु भयो ।

कांग्रेसले फेरी गठबन्धनका घटकहरु नेकपा माअ‍ोवादी केन्द्र, नेकपा एकिकृत समाजवादी(एस), जनता समाजवादी पार्टी र जनमोर्चाको साथ र सहयोगमा ०७६ मंसिरको उपनिर्वाचन दोहो¥याउने तानावाना बुन्दैं आएको छ । त्यस कारण पनि एमालेलाई यो निर्वाचन सजिलो छैन् ।

यद्यपी एमालेले भने ०७४ असारको सानदार नतिजालाई दोहो¥याउदै आफ्नो पुरानो साख फकाउने चुनावी रणनिति बनाइरहेको छ । धरानको राजनितिक इतिहासलाई फर्केर हेर्दा ०१७ सालमा नगरपालिका घोषणा भएसंगै बामपंथी उम्मेदवारहरु नै लगातार मेयर भएका छन् । 

०४६ सालको जनआन्दोलन पछि संवैधानिक राजतन्त्रको पालामा ०४८ र २०५४ सालमा भएको निर्वाचानमा वामपन्थी उमेदवार नै मेयरमा निर्वाचित भएका थिए। ०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले जित्नु भएको थियो । उहाँ दुवै जना एमालेबाट चुनाव जित्नु भएको थियो । वामपन्थी जितलाई निरन्तरता दिए ।  ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुव्वाले एमालेबाट जित्नु भएको थियो । 

०७६ को उपनिर्वाचनमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउदा तिलक राईले २६ हजार ७ सय ९ मत ल्याउनु भएको थियो । प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र पाउनु भएको थियो । 

सत्तासाझेदार दल वीच चुनावी गठबन्धन गर्ने राजनितिक र सैद्धान्तिक सहमती भएको छ । यो कुरा व्यवाहारमा लागु भए धरानमा एकातिर एमाले हुने छ भने अर्को तिर कांग्रेससहित गठबन्धन दलहरु आमने सामने हुने पक्का भएको छ । धरानको कुल मतदाता १ लाख ३ सय २४ जना रहेका छन् । बढीमा ७० प्रतिशत मत खसेमा मेयर पद जित्नेले धरानमा करिव ४० हजार मत कटाउनुपर्ने बाध्यता छ ।

एमालेले धरानमा चुनाव जित्न सकस भइरहेका बेला निर्वाचनका लागि एक दर्जन भन्दा बढि आकाङ्क्षी देखिएका छन् । जित्ने उम्मेदवारलाई टिकट दिनुपर्ने पार्टी भित्र आवाज उठिरहेको छ । एमालेको लागि धरानमा जित्नु प्रतिष्ठाको विषय भएकाले जित्ने उम्मेदवारलाई टिकट नदिए फेरी कांग्रेसले अड्डा जमाउने विष्लेशण पार्टी भित्रै हुन थालेको छ ।

एमालेबाट प्रमुखका लागि पूर्व मेयर मनोजकुमार मेन्याङ्बो, हालकी उपमेयर मञ्जु भण्डारी, किशोरकुमार कार्की, मोतीराज सुनुवार, विजय राई, प्रकाश राई, पदम इस्बो, मिन सुब्बा र नारायण सुवेदीको नाम चर्चामा छ । एक बर्ष कार्यवहाक मेयरसमेत भइसक्नु भएकी मञ्जु भण्डारीको टिकट पाउने सम्भावना धेरै छ । तर पार्टी पङ्तीमा मेन्याङ्वोले टिकट पाएमात्र एमालेले जित्ने चर्चा गदैं आएका छन् । प्रदेश कमिटी सचिवालय सदस्य रहनु भएका मेन्याङ्बो हक्की स्वभाव भएको र विकास प्रेमी भएको मानिन्छ । धरानलाई मनोज मेन्याङबोजस्ता नेताको आवश्यकता भएको अन्य पार्टीका कार्यकर्ताहरुले पनि स्वीकादैं आएका छन् । कुनै दाग नलागेका इमान्दार छवि भएका अर्का प्रदेश कमिटी सचिवालय सदस्य जयकुमार राईको पनि चर्चा चलेको छ । तर उहाँ प्रतिनीधि सभा सदस्य रहेकाले उहाँ आफैले आकांक्षा देखाउनु भएको छैन् ।‘एमालेमा मनोज दाई र जयकुमारले टिकट पाउनु भयो हो भने कांग्रेसलाई अप्ठ्यारो छ । अन्यले पाए भने हामीलाई जित्न कुनै गाह्रो छैन् ।’– नेपाली कांग्रेसबाट मेयरका एक आकांक्षीले भन्नु भयो–‘हामी अरुका लागि लभिङ गरिरहेका छौं ।’

कांग्रेससहित गठबन्धन दलका नेताहरुले एमालेले मनोजकुमार मेन्याङ्बो र जयकुमार राईले टिकट नपाउन भन्ने चाहेका छन् । धरानलाई शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सांस्कृतिक र भौतिक विकास निर्माणको २० बर्षे दीर्घकालिन मिसन, भिजन र गोलसहितको योजना बनाएर मुलुकमै पहिलो पटक जनसहभागितामा आधारित विकासे मोडल कार्यान्वयन गर्न सफल मेन्याङ्बो ०५४ पछिको पाच बर्षे कार्यकालमा मुलुककै चर्चित तीन मेयर मध्ये एक थिए । त्यसबेला काठमाण्डौका मेयर केशव स्थापित, हेटौडाका मेयर डोरमणी पौडेल र धरानका मनोज कुमार मेन्याङ्बो चर्चामा हुनु हुन्थ्यो । त्यो चर्चा अझै सेलाएको छैन् । उहाँको पालामा तय गरेको नारा धरान उपमहानगरले अझै बोकेर हिडेको छ । शहरको विकासमा जनसहभागिताको अभियान चलाउने नेपालको पहिलो मेयर र स्थानीय सुशासन ऐन २०५५ अनुसार एकिकृत सम्पति कर लागु गराउने पहिलो मेयर पनि मेन्याङ्बो नै हुनु हुन्छ । उहाँ २०४९ सालमा उपमेयर भएर काम गर्नु भएको थियो ।

निर्णायक क्षमता राख्ने, मिसन भिजन भएका मेन्याङ्बो फेरि मेयर भएमा धरानमा हालीमुहाली चलाएर भ्रष्टाचार र कमिसनको खेती गर्ने नगरपालिकाका कर्मचारी र पार्टी भित्रका नया पुराना पुस्ताका नेता कार्यकर्ताले खाइपाइ आएको सवै खोसिने त्रासले एकपक्ष उनलाई कुनैपनि हालतमा टिकट दिनु हुन्न भन्ने लभिङमा लागेको पाइन्छ । कर्मचारीसँग मिलेर अनियमितता गर्ने नेताहरु पनि मेन्याङ्बोलाई टिकट दिनु हुदैंन भन्दैं पार्टी राजनीतिमा योगदानको हिसाव किताव गर्न थालेको पनि चर्चा छ । चुनाव जितेर २०७४ को एमालेको सास फर्काउन मनोज दाईको विकल्प नभएको एमालेका एक नेता बताउनु हुन्छ । सबै लोभ मोह त्यागेर पार्टी जिताउन लाग्नुको विकल्प नभएको उहाँ बताउनु हुन्छ । 

बामपन्थीको गड भत्काउनु भएका तिलक राईको अढाई बर्षे कार्यकालमा खासै देखिने कुनै काम भएनन् । धरान खानेपानी व्यबस्थापन बोर्डमा पार्टीका काएकर्ता भर्ती गनेृ काम मात्र भएको तर पानी खुवाउन नसकेको आरोप खेप्दैं आउनु भएको छ । पार्टी भित्रकै नेता कार्यकर्ताहरु उहाँको कामबाट असुन्तुष्ट रहेकाले एमालेबाट मेन्याङ्बोलाई टिकट दिए फेरि धरानमा एमालेले पुरानो शाख फर्काउने बताउदैं आएका छन् । 

May be an image of one or more people and people standing

मेन्याङ्बो एक पटक उपमेयर एक पटक मेयर हुदा कुनै पनि आर्थिक विवादमा पर्नु भएको छैन् । धरानलाई बनाउने नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँ अरुलाई पनि भ्रष्टाचार गर्न नदिने, कार्यकर्ता र जनतालाई खोक्रो आश्वासन नदिने, ठूलो सपना पनि नबाड्ने, हुन्छ भने हुन्छ हुदैन भने हुदैन भन्ने, आफ्नो अडान नछाड्ने छवि बनाएका नेताको रुपमा परिचित हुनु हुन्छ । 

मेन्याङ्बो पद र प्रतिष्ठाकालागि शीर्ष नेताहरुलाई चाकडी गरेर भेटघाट गर्दै रिझाउन पनि चाहानु हुन्न । उहाँ एक स्टेट नेता भएका कारण मेन्याङ्बो मेयर भइ हाले मैले भनेको मान्दैन्, मेरो काम गदैंन भनेर केही धरानका लोभी पापी नेताहरु नाम सिफारिस गर्न आनाकानी गरिहेका छन् ।  यस्तो बेला गठबन्धन र कांग्रेसको सपना तोड्नकालागि धरानको विकास निर्माण र भविष्य निर्माणका लागि मनोज मेन्याङ्बोको विकल्प छैन ।

नेकपा एमाले धरान उपमहानगर कमिटीले आइतबार जिल्ला कमिटीलाई नाम सिफारिस गर्ने बताइएको छ । पार्टीले विश्वास गरेर टिकट दिए आफु तयार रहेको मेन्याङ्बो बताउनु हुन्छ । 

आज उपमहानगर कमिटीको बैठक बस्दैं छ । श्रोतका अनुसार उपमहानगर कमिटीले कुनै रिक्स नलिने भएको छ । आएका नाम सबै माथिल्लो कमिटीमा सिफारिस गर्ने तयारी गरेको छ । नगरका एक नेताका अनुसार उपमहानगर कमिटीले मनोज मेन्याङ्बो, जयकुमार राई, मञ्जु भण्डारी, विजयकुमार राई, मोती सुनुवार, रमेश बस्नेत, प्रकास राई, किशोरकुमार कार्की, नारायण सुवेदी, पदम इस्वो, मीन सुब्बा, तिर्थ मास्केको नाम सिफारिस गर्ने तयारी गरेको छ । उपमहानगरको हकमा उपमहानगर, जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रले उम्मेद्वार छनोट गर्ने प्रावधान एमालेले बनाएको छ ।