काठमाडौं।  स्थानीय तहको निर्वाचन आउन करिव ४५ दिन बाँकी छ । निर्वाचनको मिति नचिकिएसँगै नेतृत्वको आकांक्षीहरु बढेर गएका छन् । संविधानमै स्थानीय तहलाई अधिकार सम्पन्न र शक्तिशाली बनाए पछि स्थानीय तहको प्रमुखदेखि वडा प्रमुखसम्मको नेतृत्वमा होडबाजी चलेको छ ।

काठमाण्डांैं महानगरपालिका मुलुक कै ठूलो महानगरपालिका हो । मेयर उपमेयर र वडामा नेतृत्व लिन होडवाजी स्वाभाविक हो । पछिल्लो समय युवाहरुको पनि नेतृत्वमा आउने होड चलेको छ । काठमाडौं वडा न १० को वडा अध्यक्षको लागि नेपाली काँग्रेसको तर्फबाट ४१ वर्षीय यूवा दिलीप गौतमले पनि आफ्नो दावी प्रस्तुत गनुर्् भएको छ । 

२०३७ सालमा काठमाण्डौमा जन्मिएका गौतम २०४६ साल भन्दा अगाडिबाट वाल काँग्रेसको रुपमा पार्टीमा प्रवेश गर्नु भएको थियो । २०५६ सालमा नेपाल कमर्स क्यामपसको इकाई सचिव र कार्यवाहक इकाइ सभापतिको जिम्मेवारीबाट उहाँको सकृय राजनीतिक यात्रा शुरु भएको थियो । २०५८ सालदेखि पाटीको क्रियाशिल सदस्य रहेर काम गरीरहनु भएका गौतम २०६२/६३ मा तत्कालिन नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोृइरालाको निर्देशनमा नेपाल सांस्कृतिक संघको संस्थापक केन्द्रीय सदस्यको भूमिका पाउनु भएको थियो । ब्यवस्थापनमा स्नातकोउत्तर गरेका गौतम एक शिक्षित तथा कर्मठ यूवाको रुपमा चिनिनुहुन्छ । समाज रुपान्तरण र परिवर्तनका लागि शिक्षित यूवाहरु प्रत्यक्ष राजनितीमा जोडिनु पर्छ भनेर उहाँ यस पटकको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको दावी गदैं आउनु भएको छ । योग्यता क्षमता र क्रियाशिलता नै आफु वडाध्यक्षमा योग्य भएको उहाँको बुझाई छ । 

नेपाल कमर्स क्याम्पसमा बजार ब्यवस्थापन तथा मानव स्रोत ब्यवस्थापन विषयको प्राध्यापक भएर काम गरी सकेका गौतम कुनै समयका एक कुशल कलाकार समेत हुनुहुन्थ्यो ।  एक दर्जन भन्दा बढी चलचित्रहरुमा मूख्यपात्रका भूमिकामा अभिनय गरी नेपाली चलचित्र क्षेत्रलाई योगदान पुरयाएका छन् । उहाँले अभिनय गरेका चलचित्रहरु ए–पण्डीत बाजे, मनमा माया, गुरु दक्षिणा, पलपलमा, तेजावलगायतका रहेका छन् । जनताको अभिमत पाएर आफू वडा अध्यक्षमा निर्वाचित भएमा वडाबासीले झेल्दै आएका सम्पूर्ण समस्याहरुको सावधान गर्ने कुरामा उहाँ  प्रतिवद्ध हुनु हुन्छ । १० नं. वडालाई राजधानीको नमुना वडा बनाउन आफुसँग कार्ययोजना भएको उहाँले बताउनु भयो । ‘मैले त्यतिकै रहरमा वडाको नेतृत्वमा आउन खोजेको होइन । मसँग वडा बनाउने कार्ययोजना छ । यहाँका समस्यासँग परिचित छु । र ती समस्यालाई कसरी समाधान गर्ने भन्ने भिजन पनि छ ।’–गौतमले भन्नु भयो । फोहोर मैला ब्यवस्थापन, स्वच्छ खानेपानी, सडक, विजुली, अव्यवस्थित बसोवास यहाँका प्रमुख समस्या भएको उहाँले बताउनु भयो । ती समस्या समाधान गर्न आफुसँग कार्ययोजना भएको उहाँको भनाई छ । 

उहाँ नयाँ पूस्ताको प्रतिनिधी पात्र हुनुका साथै नयाँ सोच र नयाँ दृष्टिकोण राख्ने एक सवल व्यक्तित्व पनि हुनुहुन्छ । उहाँमा राजनीतिक चेत छ । उहाँ राजनीतीलाई समाजको आर्थिक, भौतिक सामाजिक बिकाससगँजोडन चाहनुहुन्छ । नैतिक रूपले उच्च भावना बोकेका गौतम भष्ट्रचार विहिन समाज हुनू पर्छ अनि मात्र समाज विकास हुन्छ भन्ने कूराको ओकालत गदैं आउनु भएको छ । 

धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यस शहरको इतिहास लगभग २००० वर्ष पुरानो रहेको मानिन्छ । बौद्ध र हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो उपत्यका हजारौ प्रकृतिका चाड पर्व, जातजाती, रीतिरिवाज र चालचलनको विविधता भित्र एकता रहेको छ भने, नेपालीहरु मध्यकै एक प्रमुख समुदाय नेवार समुदायको कला र संस्कृतीको खानी कै रुपमा समेत रहेको छ ।

कला, संस्कृतीको जीवन्त इतिहास तथा प्राचिन विशिष्ट शैलीको अनुपम उदाहरण रहेको वडा नं. १० बानेश्वरदेखि दक्षिणमा बूद्दनगर र शंखमूल पर्छ भने उतरमा पूरानो बानेश्वर सम्म यसको सिमाना पर्छ र यस क्षेत्रको कुल जनसंख्या ३९८२० रहेको छ । विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको यस शहरको विचमा रहेको वडा नं १० नेपाल भित्रने पर्यटहरुको प्रमुख गन्तव्य स्थलका रुपमा पनि रहेकाले पर्यटन प्रवद्धन,कला, संस्कृती जर्गेनाका लागि आफुसँग नयाँ भिजन भएको उहाँको दावी छ । इतिहास देखि नै सम्पन्न र समृद्ध यस महानगर मुलुककै अर्थतन्त्रको केन्द्रविन्दुको रुपमा रही आएको छ भने, सारा नेपालीको आकर्षणको केन्द्र पनि यसै काठमाडौं महानगर रहेको कारण अव १० नं. वडालाई पनि छुट्टै विशेषता भएको वडा बनाउन आवश्यक भएको उहाँ बताउँनु हुन्छ । पार्टीले टिकट दिएर जनताले अभिमत दिए ५ बर्षमा वडामा कायपलट गर्ने उहाँको भनाई छ ।