माघ २२ गते धरानमा नेकपा एमाले सुनसरीले बृहत् पार्टी प्रवेश कार्यक्रम र अगुवा कार्यकर्ता भेला गदैंछ । विभिन्न पार्टीबाट झण्डै ६ सय नेता तथा कार्यकर्ताहरु एमालेमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ ।कार्यक्रम र तयारीबारे  नेकपा एमाले जिल्ला अध्यक्ष रेवतीरवण भण्डारी भन्नु हुन्छः 

.............................

माघ २२ गतेको धरानमा वृहत अगुवा कार्यकर्ता भेला तथा विभिन्न पार्टीबाट एमालले पार्टी प्रवेश कार्यक्रम रहेको छ । कार्यक्रममा एमाले महासचिव कमरेड शङ्कर पोखरेल प्रमुख अतिथिको रूपमा आउँदै हुनुहुन्छ । साथै पार्टीका स्थायी कमिटीका नेता, पोलिटब्यूरोका नेताहरू पनि आउँदै हुनुहुन्छ । महासचिव कमरेडले संगठानात्मक प्रशिक्षण दिनु हुने छ । पार्टी बलियो बनाउन र आगामी स्थानीय तहको चुनाव, प्रदेश र सङ्घको चुनावमा एमालेलाई बहुमतले विजय गराउनका लागि कार्यकर्ता परिचालनबारे निर्देशन हुने छ । 

.....................

एमालेमा विभिन्न राजनीतिक दलबाट करिब ६ सय स्थानीय नेता कार्यकर्ताहरू प्रवेश गर्दै हुनुहुन्छ । त्यसमा काङ्ग्रेस, माओवादीबाट सबैभन्दा बढी प्रवेश गर्दै हुनुहुन्छ । अव एमाले एक मात्र नेपालको कम्यूनिष्ट शक्ति बन्दैं छ । धरानको कार्यक्रम पछि धरान ठूलो शक्ति एमाले सावित हुने छ । शनिवार हुने पार्टी प्रवेश कार्यक्रममा प्रदेश, जिल्ला तथा स्थानीय तहका विभिन्न पार्टीका नेताहरु नेकपा एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ । धरानमा अव भोलीदेखि कम्प्युष्टि पार्टी एउटै छ त्यो एमाले हाे भन्ने सन्देश जाने छ । राजनीतिक दलहरुमा एमाले नै प्रमुख पार्टी हो र रहनेछ त्यसमा पनि कम्युनिष्ट भनेको अब एउटै मात्र पार्टी हुन्छ त्यो नेकपा एमाले हो भन्ने सन्देश दिने पनि हामीले कार्यक्रम गर्न लागेको हो ।   

.........................

सुनसरीमा पार्टीको  केही समस्या छैन् । जिल्ला अधिबेशन पछि सबै समस्या हल भएर गएका छन् । अव कोो शनिवारको कार्यक्रम पछि एमाले सुनसरी झन बलियो बन्ने छ । पार्टीका काम कुशलतापूर्वक सम्पन्न भइरहेका छन् । पार्टी सदस्यतालाई अद्यावधिक गर्ने र सुनसरीका सङ्गठित सदस्यहरूको डिजिटल रेकर्ड व्यवस्थापन गर्ने काम भएको छ ।  सबैलाई जिम्मेवारी दिने काम भएको छ । अव एमाले सुनसरी एक डिक्का भएर अगाडी बढ्छ । 

.........‍‍‍‍‍‍‍‍...............

हामीले स्वास्थ्य मापदण्डलाई पनि ख्याल गरेर कार्यक्रम खुल्ला स्थानमा राखेका छौं ।  करिव २ हजार अटाउने खुल्ला स्थानमा सबै स्वास्थ्य मापदण्डड पुरा गरेर कार्यक्रम गदैंछौं ।