धरान / सुनसरीको इटहरी २ निवासी मदन भण्डारीका समकालिन वरिष्ठ मजदुर नेता ओम कोइरालाको निधन भएको छ ।
आज(शुक्रबार) रातीको विहान ३ वजेर १७ मिनेटमा विराटनगरको नोवेल अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको पारिवारिकश्रोतले जनाएको छ । उहाँलाई उपचारका लागि दुई दिन अघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पछि आइसियु विहीबार बेलुका मात्र उहाँलाई विराटनगर लगिएको थियो ।
त्याग र निष्ठाको राजनीतिक गर्ने पूराना कम्यूनिष्ठ नेता कोइराला लामो समयदेखि मृगौला सम्वन्धि रोग वाट पीडित हुनुहुन्थ्यो । २०११ साल चैत १५ गते तेहथुमको खाम्लालुङ्गडमा वुवा देवनारायण र आमा कृष्णमायाँको जेष्ठ सुपुत्रका रुपमा उहाँको जन्म भएको थियो । भूमिगत कालमा स्व. मदन भण्डारीलगायत नेतालाई पूर्वमाउहाँले सेन्टर दिनु भएको थियो । उहाँको नेतृत्वमा पूर्वमा भूमिगत गतिविधी हुने गरेको जानकारहरु बताउछन् ।

को हुन ओम कोइराला
कमर्ठ र त्यागि नेता कोइरालाले २०३६ सालदेखि २०४६ सालसम्म जननेता मदन भण्डारीको निकट रहेर भूमिगत राजनीति गर्नुभयो । २०२६ सालमा जनता मावि इटहरीमा अध्ययन गर्दा देखिनै उहाँ वामपन्थि राजनीतिमा प्रभावित हुनुभएको थियो । त्यहाँ उहाँ स्ववियू सभापति हुनुभयो । २०३० सालमा महेन्द्र वहुमुखी क्याम्पस धरानमा अध्ययन गर्दा स्ववियूको साहित्य सचिव र भूमिगत संगठन युवा लिगको सचिव भएर भूमिका निर्वाह गर्नुभयो । त्यहि वेला उहाँसमेत सस्थापक रहेर रातोझण्डा नामक कम्युनिष्ट पार्र्टीको स्थापना गर्नुभयो । उहाँ २०४२ सालमा नेकपा मालेको सुनसरी जिल्ला कमिटिको कार्यवाहक सचिव वन्नुभयो । पूर्वको कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुरयाउन उहाँले प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

२०४६ सालमा आन्दोलनको क्रममा उहाँ पक्राउ पर्नुभयो । २०३४ सालदेखि महेन्द्र मावि इटहरीमा शिक्षक भै कार्य गरेपनि झापाली नेकपा माले भन्ने आरोप लगाएर उहाँको शिक्षक पेशा खोसिएको थियो । २०४४ सालमा अनेकिसंघ सुनसरीको अध्यक्ष,२०४६ सालमा नेकपा माले अञ्चल सचिवालय सदस्य,२०५० सालमा नेपाल स्वतन्त्र मजदुर युनियनको केन्द्रीय उपाध्यक्ष वनेर मजदुर आन्दोलनलाई उचाईमा पुरयाउन अहोरात्र खटनुभयो । २०५१ सालमा नेपाल ट्रेडयुनियन महासंघको केन्द्रीय सदस्य र २०५६ सालमा पूर्वाञ्चल संयोजकको भूमिकामा रहनुभयो । उहाँले प्रकाशित अप्रकाशित गरि १४ वटा पुस्तक लेख्नुभएको छ । उहाँलाई ओम कोइराला नागरिक अभिनन्दन समितिले गत असोज २३ गते संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री भीमआचार्यलगायतको उपस्थितिमा इटहरीमा भब्य नागरिक अभिनन्दनसमेत गरिएको थियो । । त्यहि कार्यक्रममा उहाँका तीन पुस्तक लोकापर्ण गरिएको थियो ।
उहाँका श्रीमति४ भाई छोरा र २ जना छोरी हुनुहुन्छ । उहाँले शरीर दान गर्नुभएकाले आवश्यक प्रक्रिया पूरा गरेर दिउसो १ वजे उहाँकै निवासमा अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम गरिने भएको छ ।