धरान / सुनसरी क्षेत्र नं. १ ख बाट प्रदेश सभामा विजयी नेकपा एमालेका सचिव भीमप्रसाद आचार्य विहीबार प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ ।
प्रदेश प्रमुख सोमनाथ प्यासीअधिकारीले विहीबार नै शपथग्रहण गराउनु भएको छ । संविधानको धारा १६८(१) अनुसार उहाँ मुख्यमन्त्री बन्नु भएको हो । विहीबार नै मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजीनामा गरे पछि आचार्यलाई संसदीय दलको नेतामा चयन गरि मुख्यमन्त्री बनाइएको हो ।
उहाँ सुनसरी १ बाट २०७४ को निर्वाचनामा २०२११ मत ल्याउँदै प्रदेश सभामा स्थान पक्का गनुृ भएको थियो । आचार्यसँग पराजित नेपाली कांग्रेसका उम्मेदवार बुद्धि कटुवालले १२९४६ मत ल्याउनु भएको थियो । ६२६४ मतको अन्तरले विजयी आचार्य यस अघि संविधान सभा सदस्यमा सुनसरी क्षेत्र नं. ६ बाट विजयी हुनु भएको थियो ।
२०१६ साल बैशाख १४ गते धनकुटामा जन्मनू भएका आचार्य लामो सयमदेखि सुनसरीको इनरुवामा स्थायी वसोवास गदैं आउनु भएको छ । सन् १९७५ (विस‍ २०३२ साल) देखि विद्यार्थी राजनीति गर्नु भएका आचार्य २०४४ साल देखि पार्टी राजनीतिमा सक्रिय हुनु हुन्छ । नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सचिवमा निर्वाचित आचार्य हालः नेकपा (एमाले) १ नं. प्रदेश संगठन कमिटीको संयोजकको भूमिकामा रहनु भएको छ ।
२०७० सालमा शुशिल कोइराला नेतृत्वको सरकारमा उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हुनु भएको थियो ।
२०७४ पछि संसदीय दलको नेतामा शेरधन राईसँग २ मतले पराजय हुनु भएको थियो । माधव नेपाल निकट मानिने आचार्य एक बर्ष अघिदेखि पार्टीमा देखिएको विवादमा एमाले एक हुनु पर्छ भन्ने अभियानमा हुनुहुन्थ्यो । माधव नेपालले पार्टी फुटाएर एकिकृत समाजवादी दल बनाए पछि उहाँ एमालेमा रहनु भएको थियो । एमालेको मंगलबार बसेको स्थायी कमिटीको बैठकले २०७५ जेठ २ गते अघिको संरचना अनुसार पार्टी अघि बढ्ने निर्णय गरे पछि सबै नेताहरुलाई समेटन एमालेले बागमति र प्रदेश १ मा सता परिवर्तन गरेको छ । बागमतिमा एमाले उपाध्यक्ष अष्ठलक्ष्मी शाक्य केही दिन अघि मुख्यमन्त्री बन्नु भएको छ ।