धरान /  प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा एमाले सचिव तथा सुनसरी क्षेत्र नं. १ खका माननीय भीम आचार्य नियुक्त हुनु भएको छ । मुख्यमन्त्री शेरधन राईले आजै पदबाट राजिनामा दिएपछि आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो । उहाँलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्री पदको सपथ ग्रहण गराउनु भएको छ ।
एमाले विभाज भएपछि एमालेको सरकार जोगाउन संसदीय दलको बैठकमा दलको नेताबाट शेरधन राईले राजिनामा दिएका थिए । उक्त बैठकले आचार्यलाई दलको नेता चयन गर्दे मुख्यमन्त्रीमा बनाउने निर्णय गरेको थियो । सोही निर्णय पछि राईले पदबाट राजिनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्रीको शपथ ग्रहण गराइएको हो । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धाराअनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । 
९३ सदस्यीय प्रदेश सभामा एमालेका प्रस्ट बहुमत छ। प्रदेश सभामा एमालेका ५२ जना सांसद रहेका छन्। यसअघि एमालेले बागमती प्रदेशमा पनि मुख्यमन्त्री हेरफेर गरेको थियो। डोरमणि पौडेलले राजीनामा दिएपछि बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरिएको थियो।