धरान / धेरै जनप्रतिनिधी कार्यालय नबस्ने, पार्टीको झोला बोकेर हिड्ने आरोप लाग्दैं आएको छ । कतिपय स्थानीय तहमा जनप्रतिनीधिले काम नगरेर जनताले लखेटेकासमेछन् । तर यो सबकोहीमा लागु हुदैंन् । यस्ता पनि जनप्रतिनीधि छन्, जो विहान ७ बजेदेखि कार्यालयमा समय दिन्छन् । शनिवार पनि कार्यालयमा उपस्थित भएर जनताको सेवा गरिरहेका छन् । यसका उदायहारण हुन धरान उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष नेत्र काफ्ले ।

167393736_272141867714062_3203156401839641606_n
लामोसमयदेखि धरानमा स्थायीरुपमा बसोवास गदैं आउनु भएको काफ्ले २०६६ सालदेखि सक्रिय रुपमा नेकपा एमालेमा आवद्ध भएर काम गरिहनु भएको थियो । उहाँ २०७४ सालसम्म वडा पार्टी कमिटीको अध्यक्ष भएर तीन कार्यकाल पार्टीलाई मजबुद बनाउने काम गर्नु भयो । धरान–१७ जना संगठित सदस्यहरु रहेको एमाले उहाँले १९८ जना बनाएर पार्टीको जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो । पार्टीमा हुँदा उहाँको क्रियाशिलता, जनतासँगको सामिप्यताले उहाँलाई २०७४ असारमा भएको स्थानीय तहका निर्वाचनमा वडाध्यक्षको टिकट मिल्यो । प्रतिपक्ष उम्मेद्वार भन्दा ८५० भोट बढी ल्याएर उहाँ निर्वाचित हुनु भयो ।
निर्वाचित भए पछि उहाँ जनताको अझ सेवामा लाग्नु भएको छ । पार्टीको झोला विसाएर उहाँ जनताको सेवामा समर्पित हुनुहुन्छ । उहाँले निर्वाचनताका पार्टीले बनाएको घोषण पत्र अनुसार काम गरेको दावी गर्नु हुन्छ । उहाँले जनाएको स्वास्थ्य शिक्षा, सुशासन, खेलकुद, सूचना प्रविधी, जेष्ठ नागरिकको सवाल, बालबालिका तथा महिलाहरुको अधिकार र सुविधाका विषयमा जनाइएका प्रतिवद्धता लगभग पुरा भएको बताउनु हुन्छ । विभिन्न सीपमुलक तालिम प्रदान गरेर युवाहरुलाई रोजगारी दिलाउने काम भने पुरा गर्न नसकिएको उहाँको अनुभव छ । ‘सीपमुलक तालिम पनि युवाहरुलाई दिर्औं तर तालिम पछि उहाँहरुले काम गर्नु भएन् । उहाँहरुले तालिम पछि काम नगर्दा हाम्रो प्रतिवद्धता पुरा हुन सकेन ।’–वडाध्यक्ष काफेलले भन्नुभयो –यस्ता तालिम लिए पछि अनिर्वाय व्यवासायी गर्नु पर्ने वातावरण अवका दिनमा बनाउने छौं । त्यो हिसावले अवका दिनमा हामी सीपमुलक तालिम प्रदान गछौं ।’ राज्यले नै यस्तो मेकानिजम बनाउन आवश्यक देखिएको उहाँको भनाई छ ।

167545767_272141977714051_4475956546071213473_n
संघीय संरचना बने पछि प्रदेश १ मै पहिलो बालमैत्री वडा घोषणा गर्ने पहिलो वडाध्यक्षमा पनि उहाँ दरिनु भएको छ । २०७५ असार २६ गते धरान–१३ बालमैत्री वडा घोषणा गरिएको थियो । ९ हजार ७ सय ३५ जनसङ्ख्या एक हजार ६ सय ३४ घरधुरी भएको वडा नं. १३ मा बालबालिकाहरुको लागि छुट्टै भवन बनाइएको छ । उहाँले बालमैत्री घोषणा गर्दा प्रदेश सरकारले ५ लाख रुपैयाँ पुरस्कार दिए पछि अन्य निकायहरुसँग सहकार्य गरेर १४ लाख ७५ हजारमा वडा कार्यालय परिसरमा जेष्ठ नागरिक तथा वडा बालसञ्जाल भवन बनाइएको छ । उक्त भवनमा बालबालिकाहरु गीत संगीत सिक्ने, खेल्ने योगा गर्ने तथा जेष्ठ नागरिकहरु आराम गर्न सक्ने गरि निर्माण गरिएको छ । उक्त भवनमा बालबालिकाहरु अतिरिक्त क्रियाकलापहरु गर्छन् ।
३.४ वर्गकिमी क्षेत्रमा फैलिएको १३ नं. वडाले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ । अहेवको नेतृत्वमा अक्सिजनसहितको ३ वेडको आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरेको छ । विपन्न परिवार, सुत्केरी महिलाहरु यहीबाट सेवा लिइरहेको अध्यक्ष काफ्लेले बताउनु भयो । सुत्केरी गराउन आउने महिलाहरुलाई वडाले तेल चामल तथा पोषण खानेकुरा उपहारसमेत दिदैं आएको छ ।
धरान–१३ को पुरानो फ्रुश्रे चोकलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ । धरान–धनकुटा सडक विस्तार नहुँदासम्म भोजपुर, संखुवासभा, तेह्रथम, धनकुटाका स्थानीयहरुको ठूलो बजार थियो । यहीबाट नुन तेल तथा अन्य आवश्यक सामाग्री बोकेर लाने गरिन्थ्यो । त्यो बेलाको बजार झल्काउने गरि यति बेला वडाले सिंघारेको छ । धरानकै बढि घुमिने विपी पार्क पनि यही वडामा छ । कुनै जमानामा धरान भनेको नै फुस्रे बजार थियो । जब कोशी राजमार्ग सञ्चालनमा आयो त्यसपछि विस्तारै फुस्रे बजार ओझेलमा पर्दै गयो । फुस्रे बजार २०३४ साल अघि पूर्वी पहाड र पूर्वी मधेशको मुख्य बजारको रुपमा रहेको थियो । पहाडको सामान मधेश लैजाने र मधेशको सामान पहाड लैजाने मुख्य नाकाको रुपमा रहेको थियो । तर अहिले फुस्रे बजार मृत भएको भन्दै त्यसको ऐतिहासिकता झल्कने गरीको मोडल बनाउनु भएको छ ।

167125185_272142104380705_2839622426933570353_n
सर्दु खोलालाई आकर्षक र पर्यटकीयय क्षेत्र बनाउनका लागी ठूला ठूला ढुंगामा आकर्षक मूर्ति कुद्ने काम भएको छ । सर्दु जलाधार क्षेत्रमा जैविक विविधता पार्क, ओशो आश्रम नजिक नेचुरल पार्क बनेको छ । ओशो आश्रम छेउमा रहेको सर्दु खोलाको पूललाई फ्लावर ब्रीज बनाई सौन्दर्यकरण गरिएको छ । प्रदेश र संघीय सरकारको सहकार्यमा पार्कलाई वडाले आकर्षण बनाएको हो ।

205755243_542995433541306_4682895921115593345_n
वडाले शिक्षा तथा पर्यटनलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरेको वडाध्यक्ष काफ्ले बताउनु हुन्छ । सबै चोकहरुमा सिसि क्यामेरा राखिएको छ । यही वडामा देशका ११ वटा कृषी बजार मध्य उत्कृष्ट कृषी उपज बजार छ । वडाले कृषी उपज बजारमा निशुल्क वाईफाई जोडि दिएको छ ।

162165852_1637064226503159_5622691808806767467_n
वडा कार्यालय परिसरमा आकर्षक ‘वडा पार्क निर्माणको क्रममा रहेको वडाध्यक्ष काफ्लेले बताउनु भयो । उहाँका अनुसार बालबालिका लागि बाल संसार तथा खुल्ला जिमखाना राख्ने तयारी गरिएको छ । जिमखानाका लागि सामान आइसकेको र जोड्ने काम भइरहेको छ । यहाँ ११ आइटमको जिम खाना खोलिएको छ । जो कोहीले निशुल्क यहाँ आएर अभ्यास गर्न सक्छन् । वरिपरी सौन्दर्यकरण गरि घास, रोख रोप्ने काम भइरहेको छ । इन्जीनियर निरुप लुईटेलले डिपिआर नै तयार गरेर आकर्षक पार्क बनाउन लागिएको बताउनु भयो । पहिलो चरणमा २० बजेट छुट्याइएको छ । वडामा प्रायः सबै सडकहरु पिच भएका छन् । केही सडक पिचको प्रक्रियामा छन् ।
१३ नं. वडामा इलाका प्रशासन कार्यालय,संघीय इकाई प्रहरी कार्यालयलगायत सुरक्षा निकायका कार्यालयहरु छन् । भारतीय पेन्सन पेइङ कार्यालय समेत १३ नं वडामा नै छ ।
अध्यक्ष काफ्लेले वडालाई नमुना बनाउन राम्रो योजना अघि सार्नु भएको छ । वडाको विकास तथा यहाँको जनताको सेवाका लागि उहाँले धेरै कार्यालयलाई सयम दिनु भएको छ । उहाँ शनिवार पनि कार्यालयमा भेटिनु हुन्छ । सामान्यतया जनप्रतिनीधिहरु १०–५ को कार्यालयलाई समय दिन्छन् तर उहाँ विहान ७ बजे कार्यालय पुग्नु हुन्छ । १० बजेसम्म जनताका गुनासो सुन्ने, वडामा भएका समस्या, झै झगडा मिलाउने, अन्य व्यक्तिहरुसँग भेटघाट गर्ने रुटिङ बनेको छ । ‘१० देखि ५ बजेसम्म कार्यलयको काम गर्नु हुन्छ । शनिवार पनि ७ बजेदेखि ११ बजेसम्म कार्यालयमा बसेर काम गर्नु हुन्छ ।’– वडा सदस्य कमला श्रेष्ठले भन्नु भयो ।
अहिलेसम्म वडामा आएका मुद्दाहरु उहाँले प्रहरीकोमा, अदालतमा र उपमहानगरपालिकाको न्यायिक समितिमा कमै पुग्छन् । मेलमिलापको नीति अन्तर्गत वडामा परेका उजुरीहरु वडा मै हल गर्ने गरेको उहाँको भनाई छ ।

19748907_1507321995973343_1267429260412399161_n
‘विहान बेलुका र शनिवार कार्यालय समयमा नभ्याएका काम गर्छु । जनातका गुनासो सुन्छु । सल्लाहा सुझावहरु ग्रहण गर्छु । कर्मचारीहरु प्नि सहयोगी हुनुहुन्छ । उहाँहरुले पनि जनताको काम गर्न सहज बनाउनु भएको छ ।’–अध्यक्ष काफ्लेले भन्नु भयो । उहाँ वडामा क्रियाशिल भएको १३ नंं वडाका स्थानीय आनन्द श्रेष्ठ बताउनु हुन्छ । जनताको सेवाका लागि उहाँले घरदैलो अभियानसमेत चलाउनु भएको श्रेष्ठ बताउनु हुन्छ । शनिवार पनि कार्यालयलाई दिएर उदाहरणीय वडाध्यक्ष बनेको श्रेष्ठले बताउनु भयो । जनताको काम गर्नका लागि वडा सदस्यहरु कमला श्रेष्ठ, उर्मिला परियार, पद्मा सुब्वा सन्तोष राई साथमा हुनुहुन्छ । उहाँहरुको सहकार्यमा जनताको सेवा गर्न सजिलो भएको वडाध्यक्ष काफ्ले बताउनु हुन्छ ।

74632464_1219869918222594_2327444422674874368_n 205755243_542995433541306_4682895921115593345_n 65392199_1120072518202335_7709339148108169216_n 204345328_1266793780446162_4536092964399268510_n