धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समय आर्थिक अनियमितता बढेर यहाँको सेवा सुविधामा समेत गुण्स्तरि खस्किए पछि यहाँको नागरिक समाजको ध्यानाकर्षण भएको छ ।
धरानवासीले नागरिक दवाव सञ्जाल नै गठन गरेर सरोकारवाला निकायमा ध्यानकर्षण गराउन थालेको छ । बुधबार बिपी सुधारका लागि प्रधानमन्त्री केपी ओली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुुुर तामाङलाई ध्यानाकर्षण गराएका छन् । उनीहरुले संघीय राज्यको निकाय इलाका प्रशासन कार्यालय धरानमार्फत ध्यानाकर्षण गराएका हुन ।
राजनीतिक नियुक्तिमा प्रसितष्ठान प्रवेश गरेका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी यहाँको शैक्षिक तथा स्वास्थ्य सुधार भन्दा पनि आफ्नो सचिवालयमा एमालेका कार्यकर्ता तथा भाई भतिजाहरु नियुक्ति गरि कमाउ धन्दामा लागेको सार्वजनिक भए पछि स्थानीयले धरान नागरिक दबाब संजाल गठन गरेर प्रतिष्ठान सुधार गर्न आन्दोलन गर्नु परेको नेपाली काङ्ग्रेस जिल्ला सचिव सुजेन्द्र तामाङले बताउनु भयो ।
टेण्डर, समान खरिद तथा अन्य विषयमामा पदाधिकारी कै स्वार्थ बाझिदा सामान खरिद रद्द गरिनु र पारदर्शी नहुनुले प्रतिष्ठान धारासायी बनेको दवाव समुहको भनाई छ । यहाँका शिक्षक कर्मचारीहरुसमेत पदाधिकारीको गुटबन्दीमा संलग्न हुदा विभगाहरु प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैन्न । यहाँको उपचार, शिक्षा तथा पछिल्लो समय कोभिड अस्पतालमा अकालमा धेरैको ज्यान गएको गुनासो विरामीका आफन्तले गरे पछि धरानवासीले दवाव समुह गठन गर्नु परेको दवाव सञ्जालका संयोजक डा. राजेन्द्र शर्माले जानकारी दिनु भयो ।
संजालले बुधवार इलाका प्रशासन कार्यालय धरानका उपसचिव सुवासकुमार लामिछानेमार्फत प्रतिष्ठान सुधार गर्न प्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रमुख लामिछानेले बुझाएको ध्यानाकर्षण पत्र बुधवार नै मेल मार्फत प्रधानमन्त्री कार्यालय तथा स्वास्थ्य मन्त्रालयमा पठाइदिएको जानकारी दिनुभएको छ ।
यस अघि त्यही ध्यानाकर्षण पत्र उपकुपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गूरुप्रसाद खनाल, रजिष्टार डा. मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक डा. गौरीशंकर साहलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । यस्तै धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर म१जु भण्डारीलाई समेत ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीशर दुवै जना प्रतिष्ठानका सिनिट सदस्यसमेत रहनु भएको छ । ध्यानकर्षण पत्रमा एक हप्ता दिनसम्म प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार नगरिए व्यवस्थापन विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिइएको दिइएको छ । प्रतिष्ठान व्यवस्थापनको कमजोरीका कारण कोभिड अस्पतालमा सङक्रमितको उपचार राम्रो नगरेको, सङक्रमित बिरामीलाई भर्ना नगर्दा घरमै ज्यान गुमाउनु परेको, प्रतिष्ठानको रेडियोलोजी विभाग लथालिङ्ग हुँदा, भिडियो एक्सरे, सिटी स्क्यान, एमआरआई सेवा नपाएका लगायतको विविध विषयमा ध्यानकर्षण गराइर्एको छ ।
त्यस्तै चिकित्सकहरुले कमिसनको लोभमा प्रतिष्ठान भर्ना भएका विरामीलाई अन्यत्र रेफर गर्ने गरेको, भुक्तानी दिनु पर्ने चेकमा हस्ताक्षर गरे वापत स्वार्थ समुह मार्फत कमिसन माग्ने गरेको र प्रतिष्ठानका पदाधिकारी पटकपटक आर्थिक अनियमितताका घट्नामा मुछिएर प्रतिष्ठानलाई धरासायी पार्ने काम गरेकाले विषयहरु ध्यानाकर्षण पत्रमा समेटिएको छ ।
एमाले धरानका अध्यक्ष नारायण सुवेदीले प्रतिष्ठानका उपकुलपति गिरीका आफ्नै भाई अजय गिरी विचौलियाका रुपमा प्रतिष्ठानमा समान खरिद गर्ने ठेकेदारलाई १० प्रतिशत रकम माग्ने गरेको अडियो बाहिर आएको भन्दैं उसलाई तत्काल कारवाही गर्न माग गर्नु भएको छ । सो विषयलाई पनि ध्यानकर्षण पत्रमा समेटिएको छ ।
सोमबार ध्यानाकर्षण पत्र बुझाउन बिप िप्रसितष्ठान गएको समुहलाई प्रतिष्ठानका उपकुलपति डा. गिरीले हप्तादिन भित्र प्रतिष्ठानको सेवा सुधार गर्ने आश्वासन दिनु भएको थियो । उहाँको विषयमा सहभागीहरुले मौखिक प्रश्न गरे पनि उहाँले केही जवाफ दिन सक्नु भएको थिएन । साता पछि सुधार गर्ने भन्दैं बाहिरिनु भएको थियो ।

दवाव समुहबाट तर्सिए उपकुलपति, सिमित पत्रकारलाई बोलाएर छलफल
द्यवाव समुहले प्रधानमन्त्री स्वास्थ्यमन्त्री मुख्यमन्त्रीसमेतलाई ध्यानार्षण पत्र बुझाए पछि उहाँको निन्द्र हराएको प्रतिष्ठान निकट श्रोतले जनाएको छ । सोमबारको छलफलमा फेरी अर्को हप्ताको मङ्गलबार पुन छलफल बोलाउने मिति तय भएको थियो । तर। उक्र मिति आउनु अगावै प्रतिष्ठानको बेथिती र अनियमितता रोक्न पहलकमदी गर्नु भन्दा पनि समाचार लेख्ने पत्रकार र दवाव दिने दवावसमुहलाई कसरी प्रभावमा पार्न सकिन्छ भनेर निकटका नेता प्रयोग गरेर बुधबार अनौपचारिक रुपमा दवाव समुह र निकटका केही पत्रकारहरुलाई निमन्त्रण गर्न लगाएको प्रतिष्ठानका एक कर्मचारीले जानकारी दिनु भयो ।
केही पत्रकारहरु उपकुलपतिको निमन्त्रणामा उपस्थित भएका छन् । धरानका केही समिति पत्रकारहरुलाई मात्र बोलाइएको बताइएको छ । पत्रकारहरुसँग उपकुलपति गिरीले आफ्नो सामाजिक सम्बन्ध विग्रिएकाले सुधार गर्ने बताएको सहभागी एक पत्रकारले जानकारी दिनु भयो । छलफलमा पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईलाई पनि बोलाइएको थियो । पत्रकारहरुको फोन नउठाउने, स्थानीय तहका प्रमुखसँग समन्वय नगरेको विषयमा आफुले कुरा राखेको अध्यक्ष राईले बताउनु भयो । उपकुलपति कै कार्यशैलीका कारण यस्तो अवस्था आएको विषयमा प्रष्ट कुरा राखेको उहाँले बताउनु भयो । ‘क कसलाई बोलाइएको भन्ने केही थाहा भनेर आफुलाई निमन्त्रण गरेका कारण उपस्थित भएर आफ्ना कुरा राखे ।सुधारको लागि केही सुझावहरु दिए ।’–अध्यक्ष राईले भन्नु भयो । केही पत्रकारहरु छलफल सुनेर गए पनि लिष्टमा नाम नभएको भन्दैं सचिवालयबाटै फकाइएको थियो ।
दवाव सञ्जाल अनौपचारिक छलफलमा उपस्थित भएन
दवाव समुहका अध्यक्ष र सचिवलाई मात्र बोलाइए पछि अनौपचारिक छलफलमा नजाने भनेर उपस्थित भएन । प्रभावमा पार्न बोलाइएको बुmिभए पछि दवाव सञ्जालमा नजाने निर्णय गरिएको औपचारिक निमन्त्रणमा मात्र उपस्थिति हुने निर्णय भएको सञ्जालका सदस्य चोत्लुङले जानकारी दिनुभयो ।
श्रोतका अनुसार दवाव समुहका संयोजक र सचिव तथा मेयरलाई मात्र बोलाएर अहिलेको चर्किएको आन्दोललनलाई मत्थर पार्न खोजिएको बताइएको छ । तर दवाव समुहले उपकुलपतिको अनौपचारिक निमन्त्रण अस्विकार गरेको छ । उपकुलपति गिरीले आफु निकटका पत्रकाहरुलाईसमेत बोलाएर पत्रकारहरुसँग सम्बन्ध सुधारको प्रयासमा लागेको बताइएको छ । त्यसका लागि एमालेका एक केन्द्रीय सदस्यले सहजिकरण गरेको श्रोतले बताएको छ ।

यस्ताे थियाे  नागरिक दबाव सञ्जालकाे ध्यानाकर्षण  पत्र

नागरिक दबाव सञ्जालका तर्फबाट

बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान¸ धरानमा भएका असंगतिहरुको अन्त्यगर्न तथा प्रतिष्ठानको

ख्याति सुरक्षा (Goodwill Retention) गर्न पेश गरिएको

ध्यानाकर्षण-पत्र

श्रीमान् उपकुलपतिज्यू¸

बिपिकोस्वाविप्र¸ धरान ।

१.   पृष्ठभूमिः

स्थापनाका समयमा अपेक्षा गरिएका अस्पतालका सेवाको गुणस्तर खस्कँदै गएको¸ शैक्षिक गतिविधि विवादमा तानिएको एवम् ह्रासोन्मुख देखिएको र अनुसन्धानका कामहरु पनि आशातीत नरहेको गुनासाहरु सर्वत्र आइरहँदा समेत जिम्मेवार निकाय/ पदाधिकारीहरु प्रतिष्ठानको कृयाकलाप चुस्त पार्न उदासीन रहनुले धरानका सचेत नागरिकहरु आश्चर्यमा परेको छन् । भाडाका घरमा चलेका र बैंक ऋणबाट सञ्चालन भएका निजी अस्पतालहरु नाफामा चल्नु तर आफ्नै झण्डै ३ सय बिगाह जमीनमा स्थापित सरकारी एवम् विदेशी दातृ निकायबाट निर्मित भवनहरुमा निशुल्क प्राप्त फर्निचर र उपकरणहरुको प्रयोग गर्न पाएको यो शिक्षण अस्पताल¸ जो अरु निजीक्षेत्रका अस्पतालभन्दा उपचार र पठनपाठनका लागि सस्तो पनि होइन¸ सँधै घाटामा जानुका कारणहरु पक्कै पनि शङ्काको घेरामा पर्नु र खोजीको विषय हुनुलाई हामी स्वभाविक ठान्दछौं । विगतमा धेरैपटक प्रतिष्ठानका सेवाहरुमा देखिएका कमी कमजोरीहरु सुधार गर्न नागरिक समाज¸ राजनीतिक दल तथा विभिन्न सामाजिक संघसंस्थाबाट राखिएका सुझावहरुलाई प्रतिष्ठानले वास्ता नगर्नुलाई समेत हामीले गम्भीर रुपमा लिएका छौं । पछिल्लो पटकको हाम्रो अन्तरसम्वादको समयमा भन्दा प्रतिष्ठानका सेवाहरु अझै अवन्नतिको स्थितिमा पुगेको गुनासाहरु आएका छन् । समस्याहरु अझै थपिएका छन् । तिनै अनुत्तरित जिज्ञासाहरुको भुमरीमा धरानको साख र गौरवलाई जोगाउन अर्थात आफ्नो ख्यातिको सुरक्षा गर्न¸ जम्मेवार ओहोदामा रहनुहुने को को पदाधिकारीहरु के के दायित्व र जिम्मेवारीबाट च्युत भएर यो स्थिति आयो होला त? भनेर हामी खोजी गरिरहेका छौं । "काम लथालिङ्ग बनाउने र कागज चिटिक्क मिलाउने" परिपाटी नेपाली ब्युरोक्रसी र संघसंस्थाहरुको पुरानै संस्कार भएको कुरा Transperancy International को प्रतिवेदनमा नेपाल हरेक वर्ष तल झर्दै जानुले प्रष्ट पारेको छ । धरानको धैर्यको परीक्षा धेरै लिएको छ यो प्रतिष्ठानले । हामी अर्को परीक्षाकालागि तयारी गरिरहेका छौं । हामी आशावादी छौं र हामीलाई विश्वास छ कि धरानेलाई यो प्रतिष्ठानले पस्किएको यस पटकको परीक्षा सहज र सरल होस् ।   

२.   समस्याको जडः

प्रतिष्ठानले व्यहोर्नु परेका समस्याहरु र प्रतिष्ठानका कारण सेवाग्राहीले व्यहोर्नु परेका समस्याहरुको सूक्ष्म अध्ययन गरेर सूची तयार गर्ने हो भने लामै फेहरिस्त बन्नसक्ला । त्यसकालागि लामै अध्ययन र कसरतको आवश्यकता पर्ला । प्रतिष्ठानसंग सम्बद्ध हरेक पक्ष (Stakeholder) संगको सम्वाद र गुनासाहरुका आधारमा मात्र केही हामीले सूचीकृत गरेका छौं । तर समस्या जे र जस्ता भएपनि तिनीहरु ठोकिन पुग्छन् हिनामिना र नियतमा । तसर्थ समस्याहरुः कोही नीतिगत छन् भने कोही कार्यगत । ती सबैको चूरो होः Goal Conflict  अर्थात् लक्ष्यको टकराव । प्रतिष्ठानको लक्ष्यः पठन-पाठन¸ अनुसन्धान र गुणस्तरीय उपचार गर्नु रहेका छन् तर यहाँ नियुक्त अधिकरीहरुको लक्ष्य भने - धन आर्जन गर्नु हो  र ? के यही टकरावमा वर्षौंदेखि रुमलिएको छ हो यो प्रतिष्ठान ? हामीले शङ्का गरेको समस्याको जड यही हो । 

३.   देखापरेका केही प्रतिनिधि समस्याहरुः

प्रतिष्ठान भित्र समस्या र अनियमितताका ठूलै चाङ रहेको गुनासा आइरहेका छन् । हामीले केही समस्याहरुलाई यहाँ सूचीकृत गरेका छौं । यी प्रतिनिधि समस्या मात्र हुन् ।

क. अक्सिजन प्लाण्टः युरो स्टाण्डर्डको जडान गरिएको तर अक्सिजन बाहिरबाट खरीद गर्न¸ बिग्रिने गरेको¸ आपूर्तिकर्तालाई कालोसूचीमा राख्नुपर्नेमा उल्टै उसैलाई मरमतको भुक्तानी दिइनु

ख. कोभिड अस्पताल सम्बद्ध गुनासाहरुः- १०० बेड भनिनु तर ७० बेडमात्र सञ्चालन हुनु¸ खरीद प्रकृया पूरा नगरी सामग्री खरीद हुनु¸ कुरुवाहरुकालागि पानी र शौचालयसम्म नहुनु¸ डेडिकेटेड टिमले काम गर्छन् भनिनु तर बिरामीको हेरचाहमा लापरबाही हुनु¸ डायलाइसिस मेशीनको अभाव हुनु¸ अक्सिजन पर्याप्त नहुनु¸ भेण्टिलेटर कम हुनु र भएका समेत बिग्रिएका हुनु¸ बिरामीको अनुपातमा स्वास्थ्य कर्मचारी कम हुनु¸ सरकारले उपलब्ध गराउने प्रोटोकलमा परेका औषधी समेत नहुनु¸ कोभिडका बिरामीले स्वास्थ्य बीमा सुविधा प्रयोग गर्न नपाउनु¸ बिरामीलाई इण्टरनेट चलाउन फ्री वाइफाइ नहुनु

ग. लामो समयसम्म सिटि स्क्यान¸ एमआरआई जस्ता उपकरणहरु बिग्रिएको हुनु र मरमतका नाममा धेरै रकम खर्च हनु

घ. विद्यार्थीहरुको शैक्षिक क्यालेण्डर अस्तव्यस्त हुनु र उनीहरुले समयमा परीक्षा लेख्न नपाउनु

ङ. प्रततिष्ठानको सञ्चित घाटा चुलिएर ७ अर्ब पुग्नु

च. १ अर्ब बेरुजु पुग्नु र रजिष्ट्रारद्वारा जारी गरिएको सर्कुलरमा बेरुजु फर्छ्यौट गर्न नसकिने निरीहता देखिनु

छ. फार्मेसी सञ्चालनमा लापरबाही गरिनु र निरन्तर घाटा ब्यहोर्नु

ज. ल्याबका उपकरण पुराना हुनु¸ रि-एजेण्ट र किट कमसल हुनु¸ रिपोर्ट विश्वासिला नआउनु र बाहिर जँचाउन प्रेरित गर्नु

झ. ओटि टेबल कम हुनु र बिग्रिएका मरमत नहुनु - शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने बनाइनु

ञ. नियम मिचेर भुक्तानीहरु हुनु

ट. टेण्डरहरु पटक पटक पदाधिकारी कै स्वार्थ बाझिएका कारण रद्द गरिनु र पारदर्शी नहुनु

ठ. प्रतिष्ठानमा आएका आपूर्तिहरुको बिल भुक्तानी गर्न¸ पर्दा पछाडि लेनदेन हुने गरेको गुनासा आउनु

ड. आँखा जाँच गर्ने मेसिन १ वर्षदेखि बिग्रिएका कारण परीक्षण/उपचार अवरुद्ध हुनु

ढ. किनेर ल्याइएका मेसिन तथा उपकरण स्टोरमा वर्षौँ थन्क्याएर काम नलाग्ने पारिनु

ण. गुणस्तरहीन डेण्टल चेयरहरु खरीद हुनु र ती पनि अपर्याप्त हुनु¸ मेसिनहरु बिग्रिएको हुनु

त. कर्मचारीहरुको अनुगमन नहुनु र सेवाग्राही प्रभावित हुनु

थ. इमर्जेन्सी सेवा चुस्त पार्न नसक्नु र भीड व्यवस्थापन गर्न नसक्नु

द. गेटको टोकन बितरणमा समेत चलखेल हुने गरेको गुनासा आउनु¸ निगरानी नगरिनु र घोषणा गरिएको App नचल्नु

ध. खरीद प्रकृयालाई नै कब्जा गर्ने शैलीमा सम्बद्ध बिभागहरुमा Yes Man को जालो रहेको गुनासो आउनु

स्वास्थ्य मन्त्रालय अन्तरगत उठेका बेरुजु मध्ये एक तिहाई बेरुजु यसै प्रतिष्ठानको भएको खबर सार्वजनिक हुँदा रजिष्ट्राले सर्कुलर जारी गर्नुको आशय प्रष्ट नभएको¸ एकातिर निवृत्त बूढाहरुलाई उमेर थपेर पद ओघटेर राखेको छ भने अर्कातिर पढाईको उच्च अध्ययन पूरा गरेर यसै प्रतिष्ठानमा फर्किन्छु भन्ने इच्छा राखेका काविल डाक्टरहरुलाई अन्य मेडिकल कलेजमा जान बाध्य पारिएको छ । यहाँका प्लाण्ट र मेशीनहरुलाई बिगारेर अन्य शहरका अस्पतालहरुलाई पोसिएको छ भन्ने गुनासा कतिसम्म सत्य हुन् हामी जान्न चाहन्५ । लेखाको बेरुजु मात्र होइन अब नियतको बेरुजु समेतको फर्छ्यौट जरुरी भैसकेको हामीले महसुस गरेका छौँ । हामी तत्काल सुधारका कदमहरुको अपेक्षा गर्दछौँ ।

४    हाम्रा सुझावहरुः तत्काल समाधान गर्न सकिने केही सुझावहरु यसरी लिपिबद्ध गरिएका छन्

१    प्रतिष्ठानमा एक अधिकार सम्पन्न अनुगमन समितिको गठन गरियोस्

२    वर्तमान अवस्थाको चित्रण सहितको प्रतिवेदन सार्वजनिक गरियोस्

३    सेवा सुचारु हुन नसकेका उपकरणहरु अविलम्ब मरमत संभार गरी सेवा सुचारु गरियोस्

४    अक्सिजन प्लाण्ट सञ्चालन उत्पादन तथा सुलभ पहुँचको व्यवस्था गरियोस्

५    कोभिड अस्पतालको गुणस्तरीय सेवा प्रत्याभूत गरियोस्

६    नागरिकले स्वास्थ्य वीमाको उपयोग कोभिडका हकमा पनि गर्न पाउने व्यवस्था गरियोस्

७    इमर्जेन्सी सेवालाई प्रभावकारी बनाइयोस्

८    अस्पताल शैयाको १० प्रतिशत ICU रहने व्यवस्था पालन गरियोस्

९    फार्मेसीबाट व्यहोर्नु परिरहेको नोक्सानीको समीक्षा गरी फार्मेसि व्यवस्थित गरियोस्

१०   बिरामीको चाप अनुसार मातृशिशु वार्डमा बेडसंख्या कम भएकाले त्यसको व्यवस्था गरियोस्

११   अनियमितताहरुको निर्मूलीकरणको प्रतिवद्धता गरियोस्

१२   प्रतिष्ठानको जनशक्तिलाई आत्मोन्नति विदा मिलाईदिएर प्रतस्पर्धी अस्पताल मजबूत बनाउने ध्येय सच्याइयोस्

यी सुधारहरुकालागि प्रतिष्ठान पदाधिकारीहरुलाई १ हप्ताको अल्टिमेटम दिइन्छ । सो अवधिमा भएका सुधारहरुको मूल्याङ्न संयुक्त रुपमा गरिने छ र त्यसपछि अर्को चरणको कार्यक्रम अघि बढाइने कुरा सहर्ष जानकारी गराउँदछौँ । सहयोगकालागि धन्यवाद ।

 

 

----------------------------------------------                         ----------------------------------------------

         कमल तिगेला                                    राजेन्द्र शर्मा

        सदस्य सचिव                                         संयोजक

नागरिक दबाव सञ्जाल¸ धरान                         ।नागरिक दबाव सञ्जाल¸ धरान

 

ज्ञातब्यः

१ कुलपति सम्माननीय प्रधान मन्त्रीज्यू¸ प्रधानमन्त्रीको कार्यालय¸ काठमाण्डु ।

२ सहकुलपति माननीय स्वास्थ्य मन्त्रीज्यू¸ संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय¸ काठमाण्डु ।

३ माननीय मुख्य मन्त्रीज्यू¸ मुख्यमन्त्रीको कार्यालय¸ प्रदेश-१ बिराटनगर ।

४ श्रीमान् अध्यक्षज्यू¸ मेडिकल काउन्सिल¸ काठमाण्डौ ।

५ श्रीमान् प्रमुखज्यू¸ धरान उपमहानगरपालिका¸ धरान (सिनेटर¸ बिपि को. स्वा. वि. प्र.)

६ श्रीमान् उपप्रमुखज्यू¸ धरान उपमहानगरपालिका¸ धरान (सिनेटर¸ बिपि को. स्वा. वि. प्र.)