धरान / देशकै नाम चलेको ठूलो संस्था संस्था धरानमा छ । यहाँ अतिविशिष्ट स्वास्थ्य सेवा प्रदान गर्न सक्ने जनशक्ति तथा प्रविधी छ । तर विडम्बना यहाँको व्यवस्थापकीय अस्तव्यस्थताले प्रभावकारी सेवा दिन सकेको छैन् । सामान्य विरामी पनि अन्य नीजि अस्पतालहरुमा रेफर गर्नु यहाँको विडम्बना भएको छ । श्रोत साधन र जनशक्ति भए पनि यहाँका व्यवस्थापकीय कमजोरीले अधिकाश. विरामी रेफर हुदैं आएका छन् । यहाँ उपचार गराउने विरामी पनि अनेक सास्ती खेप्नु परेको यथार्थ छ ।
धनकुटा छिनताङका १५ बर्षीय प्रकाश राई टाउकोमा सामान्य चोट लागेर १५ दिन अघि बिपी प्रतिष्ठान आउनु भयो । आइसियुमा राख्नु पर्ने अवस्था आउछ । यहाँ आइसियु खाली छैन् । विराटनगर लानुहोस् भनेर रेफर गरियो । उदयपुर रामपुरकी एक महिला सुत्केरी गराउन एक महिना अघि बिपी प्रतिष्ठान आउनु भयो । उहाँलाई पनि बेड खाली छैन् भनेर रेफर गरियो । त्यसो त बिवपी प्रतिष्ठानमा उपचार गरउदैं रहेको वेला अन्तिम अवस्था भए पनि आइसियण्ु वेड खाली नभएको वहानामा अन्यत्र रेफर गर्ने परिपार्टीले धेरैको ज्यान बाटोमै गएको छ । प्रतिष्ठानको आकास्मिक कक्षमा स्लाइन पानी चडाउनका लागि प्रयो हुने स्टान्ड नभएर हातले समाएर स्लान चढाउन विरामीका कुरुवा बाध्य छन् । प्रयाप्त ट्रली र वीलचियरको अभावले बाहिरबाट विरामी भित्र लान नपाउदा बाहिरैबाट अन्यत्र अस्पताल विरामी लाने गरेको प्रसस्त उदाहरण छन् । स्लाइनको स्टान्ड अभाव, ट्रली अभाव, शौचालय फोहोर, लयव टेष्टमा भीडभाड, औषधीमा दलालहरुको ठगीजस्ता कुरा हेदा सामान्य लाग्छन् तर सामान्य कुराको समेत प्रतिष्ठानले व्यवस्थापन गर्न सकेको छैन् ।
सोमबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य गर्न गठित धरान नागरिक दबाब सञ्जालले चारै जना पदाधिकारीहरुलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानकर्षण पत्र बुझदैं गर्दा उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले नेपाल कै उत्कृष्ट अस्पताल बिपीलाई आफुले बनाएको बताउनु भयो । ठूला ठूला केस पूर्वका नीजी अस्पतालबाट रेफर भएर बिपीमा आउने र त्यो यहाँ उपचार गरेर पठाउने गरेको गर्वका साथ भन्नु भयो । ‘५० वेड आइसियु राखेर मात्र अस्पताल ठूलो हुदैंन् गम्भीर प्रकृतिको विरामी उपचार गर्न सक्नु पर्छ । प्रतिष्ठानमा गम्भीर प्रकृतिका विरामी उपचार हुन्छ । शल्यक्रिया हुन्छ ।’–डा. गिरील ेभन्नु भयो । यस भनिरहदा उहाँले नेतृत्व गरिरहेको अस्पतालको आकस्मिक कक्षको अवस्था, समान्य विरामी रेफर भएर अन्य नीजि अस्पताल पु¥याएको विरामी, डाइलोसिस गर्न नपाएर भौतारिएको विरामी, महिनौ ल्याव टेष्ट, शल्यक्रियाका लागि पालो कुरेर बसेको विरामीले उहाँको भनाईलाई गिज्याइरहेको थियो ।
देशका अस्पताल मध्य सबैभन्दा ठूलो अक्सिजन प्लान्ट(प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन क्षमता) भएको अस्पताल एक महिना अघि सरदर १८ जनाजति अक्सिजन अभावले कोभिडका विरामीको मृत्यु भयो । लेनदेन, र्आिृक चलखेलले चुर्लुम्म डुवेको प्रतिष्ठानमा उहाँले ठूलो उन्नती प्रगती भइरहेको महावाणी सुनाउदा उपस्थित सबै आक्रोसित भए । उपकुलपतिप्रतिको आक्रोस मथ्थर गर्न धरानका मेयर तिलक राई र दवाव समुहका संयोजक डा. राजेन्द्र शर्माले सहजिकरण नै गर्नु प¥यो । नागरिकले बिपी प्रतिष्ठानको बेथिति बारे सोमबार प्रश्नको चाङ तेस्ताए तर पदाधिकारीहरुले जवाफ दिन सकेनन् । कमीकमजोरी सुधार गर्ने र राम्रोकाम गरिरहेका छौं मिडियाले मात्र बदनाम गरेको हो भन्ने आसयको अधिव्यक्ति मात्र दिएनन् एकले अर्कालाई दोष देखाउदैं पन्छिए ।

दबाब सञ्जालले प्रतिष्ठानमा देखा परेको समस्याहरु, आम नागरिकको गुनासाहरु र सुधारको लागि चाल्नुपर्ने कदमहरुसहित पदाधिकारीहरुलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । राजनीतिक दलका प्रतिनिधिहरुसहित ध्यानाकर्षण बुझाउन गएको दबाब सञ्जालले सुधारको लागि एक हप्ताको अल्टिमेटमसमेत दिएको छ । उक्त अवधिमा भएका सुधारहरुको मुल्यांकन संयुक्तरुपमा गर्ने र त्यसपछि अर्को चरणको कार्यक्रम अघि बढाउने गरि सोमबार ध्यानाकर्षण गराएको थियो ।

उक्त ध्यानाकर्षण पत्र प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्रीको कार्यालय, सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री, प्रदेश नं १ का मुख्यमन्त्री, मेडिकल काउन्सिललाई पनि बोधार्थ पठाइएको छ । ध्यानाकर्षण पत्रमा प्रतिष्ठानको लक्ष्य र नियुक्त भएका पदाधिकारीहरुको लक्ष्यबीच स्वार्थको टकरावबारे बेलीविस्तार लगाइएको छ ।
यस्तै, प्रतिष्ठानको अक्सिजन प्लान्ट, कोभिड अस्पतालसँग सम्बन्धित गुनासाहरु, लामो समय सिटिस्क्यान, एमआरआई उपकरणहरु बिग्रिएको र मर्मत नभएको, फार्मेमी सञ्चालन नभएकोलगायतका बिषयहरु उठान गरिएको थियो ।

यस्तै, तत्काल सुधार गर्नको लागि एक अधिकार सम्पन्न अनुगमन समिति गठन गर्न दबाब सञ्जालले सुझाव दिएको छ । वर्तमान अवस्थाको चित्रणसहित प्रतिवेदन सार्वजनिक गर्न, सेवा सुचारु हुन नसकेका उपकरणहरु अबिलम्ब मर्मत सम्भार गरि सेवा सुचारु गर्न, कोभिड अस्पतालमा गुणस्तरीय सेवा प्रत्याभुति गर्नलगायत सुझावहरु पनि दिएको दवाव सञ्जालका संयोजक राजेन्द्र शर्माले जानकारी दिनुभयो ।


'प्रतिष्ठानलाई विगार्ने स्वास्थ् समुहको हात छ'
प्रष्टिकरण दिने क्रममा एक पदाधिकारीले यहाँका पदाधिकारीहरुलाई मिल्न नदिएर केही स्वार्थ बोकेका समुहले धमिलो पानीमा माछा मार्ने प्रयास जारी गराखेको व्यक्त गर्नु भएकाे थियो । उक्त जालो तोड्न नसक्दा पनि प्रतिष्ठानमा अनियमितता बढेको उहाँको भनाई थियो ।

पदाधिकारीका लागि भन्दैं व्यापारीसँग कमिसन माग्ने अजय गिरीलाई कारवाहीको माग
छलफलको क्रममा अजय गिरी नामका एक व्यक्तिले उपकुलपति ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक डा. गौरीशंकर साहलगायत लेखाप्रमुखसहितलाई कमिसन दिनु पर्ने भन्दैं प्रतिष्ठानमा काम गर्ने ठेकेदारहरुसँग ६ देखि १० प्रतिशतसम्म कमिसन माग्ने गरेको भन्दैं नेकपा एकाले धरान नगर अध्यक्ष नारायण सुवेदीले प्रश्न उठाउनु भएको थियो । कमिसन पाए पछि मात्र भुक्तानी दिन मिल्ने नदिए नदिने भन्दैं ठेकेदारहरुसँग डिल गर्ने अजय गिरीलाई कारवाही गर्न उहाँले माग गर्नु भएको थियो । उपकुलपतिसँग आर्थिक लेनदेनसँग जोडिएको विषयमा व्यापक रुपमा कुरा उठे पनि उपकुलपति गिरीले प्रश्नहरुको जवाफ नदिएको भन्दै उपस्थितिहरुले आक्रोश पोखेका थिए ।

पदाधिकारीहरुले आ आफ्नो धारणा राखिसकेपछि सहभागी पत्रकार र राजनीतिक दलका नेताहरुले विभिन्न प्रश्नहरु गरेका थिए । ती प्रश्नहरुको जवाफ नदिएको भन्दै पत्रकारहरुले आक्रोश पोखेका थिए । समाचारको विषयमा भर्सन दिनसमेत नमान्ने उपकुलपति स्वयम उपस्थित भएको बेला प्रश्न गर्दासमेत जवाफ नआए पछि आक्रोसित भएको थिए । तनावपुर्ण हुने अवस्था आए पछि मेयर तथा प्रतिष्ठानका सिनेटर तिलक राईले सहजीकरण गरेर स्थितिलाई सामान्यीकरण गर्नु परेको थियो ।
अन्र्तक्रियाको क्रममा अक्सिजन प्लान्टको मर्मत नगरिएको, इर्मजेन्सी अव्यवस्थित भएको, उपकुलपतिका भाई अजय गिरीले कमिशन नदिए चेकमा हस्ताक्षर नगरिदिने भनेको अडियो सार्वजनिक भएकोलगायतका बिषयहरुमा पनि पत्रकार र राजनीतिक दलका नेताहरुले प्रश्न गरेका थिए । ती प्रश्नको जवाफ उपकुलपति डा. गिरीले दिन सक्नु भएन ।
यस्तै, ७ दिनभित्र अनुगमन समिति बनाउने र आउदो मंगलबार फेरि बैठक डाक्ने र अजय गिरीका विषयमा अनुसन्धान गर्ने उपकुलपति गिरीले आश्वासन दिनु भएको थियो ।