धरान /आजबाट  देशैभरका  स्वास्थ्य संस्थास्थित खोप केन्द्रबाट कोभिड–१९ को खोप लगाइदैं छ । धरानको बीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलबाट पनि  आजबाट लगाइने भएको छ । तर यहाँका अधिकाशं कर्मचारीस्वास्थ्यकर्मीले खोपको प्रभावकारीबारे संका गरेका छन् । उनीहरुले बहिस्कार गर्ने सामाजिक सञ्जालमा लेख्दैं आएका छन् ।
नेपाल सरकारले बुधबारबाट देशव्यापी रूपमा कोभिड विरूद्धको खोप लगाउने तयारी अनुसार नै प्रतिष्ठानको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलगायत कर्मचारीहरूलाई खोप लगाइने प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिनुभयो । कोभिड विरामीहरूको उपचार र व्यवस्थापनमा फ्रन्टलाइनमा रहेर काम गर्ने सरकारी, निजी सामुदायिक, गैरसरकारी मेडिकल कलेजहरूमा कार्यरत सबै स्वाथ्यकर्मीहरू, स्थानिय सरसफाइका कर्मचारी, सुरक्षाकर्मीहरूलाई खोप लगाउनका लागी नेपाल सरकारबाट निर्देशन आएको उाँले बताउनुभष्यो ।
यस्तै, शव व्यवस्थापनमा खटिएका कर्मचारी, अस्पताल र स्वास्थ्य संस्थाका सहयोगी कर्मचारी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वंयमसेवीका, अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीहरूमा समेत खोप लगाउनका लागी निर्देशन आएकोले त्यसै अनुसार खोप लागाइने भएको छ । सहप्रवक्ता पोखरेलले भने, खोपका लागी आइएमयु नेपाल एपबाट नाम दर्ता गराएका प्रतिष्ठानका स्वास्थकर्मी तथा कर्मचारीहरूमा विहान साढे १० बजेबाट पेइङ वार्ड २ मा खोप लगाउने कार्य सुरू गरिनेछ ।

 प्रदेश १ का सामाजिक विकास मन्त्रालयको अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईका अनुसार धरानको वीपी प्रतिष्ठान र विजयपुर हस्पिटलसहित सुनसरीमा ४ ठाउँमा केन्द्र बनाएर खोप लगाउने तयारी छ । इटहरी अस्पताल र इनरुवा अस्पतालमा पनि खोप केन्द्र राखिएको छ । ‘प्रदेश १ मा सबै जिल्लाहरुमा खोप पठाइसकिएको छ, आजदेखि खोप लगाउने कार्य प्रायः सबैतिर शुरुहुने उहाँले जानकारी दिनुभयाे । 

खाेप बहिस्कार गरिने
प्रतिष्ठानका केही चिकित्सक कर्मचारीले खोपको प्रभावकारीता, उपयोगिताबारे जनमानसलाई जानकारी नगराइ ल्याइएकाे खाेप नलगाउने बताएका छन् । प्रतिष्ठानका सामान्य प्रशासन महाशाखाका अधिकृत महेशवर राईले सामाजिक सञ्जानमा खोप बहिस्कार गर्ने बताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ –‘आपतकालिन अवस्थाको लागि प्रयोग गर्न स्वीकृति प्राप्त भएको कोभ्याक्सिन खोपको भारतमै ब्यापक बिरोध भएको छ । भारतको बायोटेक कम्पनीले विकास गरेको भ्याक्सिनको तेस्रो चरणको परीक्षण नै पूरा नगरी भारत सरकारले ३ जनवरी २०२१ का दिन आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो े । मलाई लाग्छ नेपाली जनताको कोरोना विरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता ९जभचम ष्mmगलष्तथ० बिकाश भै सकेको यो समयमा सित्तैमा पाईयो भनेर अलकत्रा निल्ने काम नगरौ ।’
यस्तै पर्शु मेवाहाङ राईले पनि सामाजिक सञ्जालमा भारतले दिएको कोरोना विरुद्धको खोप लगाउन हतार नगर्न आग्रह गर्नु भएको छ । ‘यो खोपले कोरोना निको हुने होइन, बरु अन्य धेरै रोग निम्त्याउने खतरा छ । विश्वका विकसित देशका कोरोना विरुद्धका खोप त प्रत्युक्तपादक भइसकेका छन् भने भारतको यो प्रयोग निकै कमजोर भएकोमा दुइमत नरहला ।’
खाेपको असर
बेलायतमा कोरोना खोप लगाएका हजार भन्दा बढि व्यक्तिको आजै मृत्यु भइसकेको छ । यो खोपको साइड इफेक्ट यति डरलाग्दो छ कि, कोहि नपुसक हुने त कोहि स्नायुको समस्या र अधिकांशको लैंगिक असर परिरहेका विश्वभरिबाट समाचार आइरहेका छन् । कोरोनाको खोप लगाएपछि महिलाको स्वर पुरुषको जस्तो हुने, पुरुषहरुमा नपुसक भएपछि ब्राजिल सरकारले यो खोप कार्यक्रम पुरै बन्द गरिदिएको उहाँको भनाई छ ।
भारतको खोप अझै परिक्षण अबधीमै छ । भारतमा यसको प्रभाव सकारात्मक भन्दा नकारात्मक भएका खबरहरु प्राप्त भएका छन् । त्यसैले, भारतले यस वरपरका देशहरु नेपाल, बंगालादेश, श्रीलंका लगायतलाई कोरोना खोप निशुल्क बितरण गरिदिएको उहाँको भनाई छ । यो खोपको असर दिर्घकालिन रुपमा खतरनाक भएको तर्फ सबै सचेत बन्न उहाँले आग्रह गर्नु भएको छ । अाेली सरकारले हतार गरेर ल्याएकाे खाेपकाे बह सहुनु पर्ने अधिका‍शकाे सुझाव रहेकाे छ ।
खाेपको प्रयोग राष्ट्रपति प्रधानमन्त्रीबाट गर्न  सुझाव
यदि यसको प्रयोग गर्ने हो भने सबैभन्दा पहिला राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, भ्रष्टाचारमा मुद्धा खेपिरहेका नेता तथा सरकारी कर्मचारीहरु र हालसम्म सत्तामा बसेर केहि काम नगर्ने सबै नेताहरुलाई कोरोना खोपको पहिलो प्रयोग गर्न भनिएको छ ।
आनन्द बाईङ्ग राईले खोप बिज्ञ कै भनाईमा कुनै रोगको खोप तयार गर्न १० बर्ष लाग्छ रे यो कोरोनाको खोप त एक बर्ष भित्रै यति छिटो बनाएको छ दुष्प्रभाव नदेखिएता पनि प्रभावकारीमा शंका गर्नु पर्ने चै देखिन्छन् नै फेरी अर्को कोरोनाको परिवर्तित स्वरूपले गर्दा यो खोपमा पूर्ण आस्वस्थ पनि नहुने देखियो ।

के हो कोभिसिल्ड खोप
कोभिसिल्ड खोप बेलायतको अक्सफोर्ड विश्वविध्यालय र एस्ट्रेजेनिका कम्पनी मिलेर विकास गरी भारतको सिरम इन्स्टिच्युटले तयार गरेको हो । यस खोप अन्य विभिन्न राष्ट्रहरूमा गरिएको परिक्षणमा ९० प्रतिशतसम्म प्रभावकारी भएको ावी गरिएको छ । यसले शरिरमा कोभिड विरूद्धको एन्टिबडी निर्माण गरी कोभिड लाग्नबाट बचाउनेछ ।