यौन र यौनिकतालाई हेर्ने दृष्टिकोण व्यक्ति, समाज, देश, जाति, धर्म र संस्कृतिअनुसार फरक–फरक रहेको पाइन्छ । कतिपय समाजमा यौनसम्बन्धी उचित शिक्षाको अभावमा यसलाई अश्लिलतास“ग जोडेर हेर्ने गरेको पाइन्छ । त्यस्तै कतिपय समुदायमा यससम्बन्धी कुरा गनृ केही छुट भए पनि धेरै समुदायहरुमा स्वीकार्य छैन । यौन र यौनिकतालाई पुरुष र महिलाबीचको यौन सम्बन्धस“ग मात्र जोडेर हेर्ने गरेको पाइन्छ । यौन र यौनिकतालाई शारीरिक सम्बन्धस“ग मात्र नजोडी यसलाई व्यक्तिको सर्वाधिक यौनस्वास्थ्यको फराकिलो दायराभित्र राखेर हेर्नुपर्दछ । त्यसकारण बुभ्mन सजिलो होस् भनेर यसमा यौन र यौनिकतालाई छोटकारीमा छुट्टाछुट्टै चर्चा गरिएको छ ।
धेरैलाई यौन–शिक्षा के हो ? भन्ने बारेमा अलमलको स्थिति छ । आप्mनो यौनिकतालाई सामाजिक आर्थिक एवं जैविक पक्षसहित बुझ्ने र व्यवहारमा पनि लागू गर्न सक्ने क्षमताको अभिवृद्धि गर्नु नै यौन–शिक्षा हो । तर हालसम्म उनीहरुको यौन भावना व्यवस्थापन गर्ने शिक्षा छैन । केवल प्रजनन वा अन्य स्वास्थ्यबारे मात्र जानकारी दिन खोजिएको छ । यौन विषयभन्दा प्रजनन दृष्टिकोणले यौन–शिक्षा दिन अति आवश्यक छ । यसको अर्थ प्रजनन स्वास्थ्य आवश्यक छैन भनेको हँेइन । किशोर अवस्थामा कुनै पनि स्वास्थ्यसम्बन्धी विषयवस्तु घुमाउरो पाराले दिएर बुझ्दैनन् बरु झन् अलमलमा पर्दछन् । त्यसकारण यौन र यौनिकतासम्बन्धी विषयलाई छुट्टै प्रष्ट पार्न खोजिएको छ ।
यौनः
यौनको अर्थ केवल यौन–सम्पर्क मात्र नभएर मानव यौनसम्बन्धी सम्पूर्ण क्रियाकलापहरु अर्थात् स्त्री र पुरुषबीचको जैविक लिङ्गभेद हो । अर्थात यसकै आधारमा हामीहरुले महिला र पुरुष भनेर छुट्याउन सक्दछौं । त्यस्तै यौनले मानव व्यवहारका हरेक पक्षसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा घनिष्ट सम्बन्ध राख्दछ ।
यौनिकताः
यौनिकता भन्नाले यौनसम्बन्धी मानव विचारहरु, यौनसम्बन्धी मूल्य तथा मान्यताहरु, यसको अर्थ, हामीले यसलाई कसरी प्रयोग गर्दछौं र कसरी नियन्त्रण वा सीमित गर्दछौं भन्ने कुराको समग्रतालाई बुझाउ“दछ । अझ अर्को अर्थमा भन्दा पुरुष वा महिलामा उत्पन्न हुने सबै प्रकारका मनोभावना, सोचाइहरु, पुरुष र महिलालाई भिन्न देखाउने आचरण वा व्यवहारहरु, आकर्षण, माया–प्रेमका साथसाथै आपसी घनिष्टतालाई बुझाउ“दछ । एक जना मानिसको यौनिकतालाई धेरै कुराहरुले प्रभाव पार्दछ जस्तैः उसका मूल्य र मान्यतहरु, धारणा, व्यवहार, शारीरिक छा“टका“ट, विश्वास, आवेग, व्यक्तित्व, मनपर्ने तथा मननपर्ने कुराहरु, आध्यात्मिकता र अन्य धेरै कुराहरु जसअनुसार उसको सामाजिकीकरण भएको हुन्छ । यसको परिणामस्वरुप व्यक्तिले आप्mनो यौनिकता व्यक्त गर्ने कुरालाई नैतिक, आध्यात्मिक, सांस्कृतिक र नीति शास्त्रसम्बन्धी कुराहरुले प्रभाव पारेको हुन्छ ।
सामाजिक, सांस्कृतिक र धार्मिक मूल्य र मान्यताहरुः
हरेक मानिसको जन्म यौनस“ग सम्बन्धित छ । जन्मदेखि मृत्युसम्म मानिस मानिस यौनिक हुन्छ । प्रसिद्ध मनोविज्ञानविद् फ्रायडले यौनलाई मान जीवनमा यौनबाट नै निर्देशित भएको उल्लेख गरेका छन् । बच्चाले आमाको दूध चुस्नेदेखि लिएर न्वारान, विवाह, ब्रतबन्ध, पास्नी, गुफाराख्नु आदि सबै कुराहरु र्यौनकै रुपमा चित्रित गरिएका छन् । हामीले चुम्बन गनुृ यौन सम्वेदनशीलताका कारण हो । मनोवैज्ञानिक रुपमा पनि बच्चाको लिङ्ग आमाको गर्भावस्थामा नै उत्तेजित हुने गरेको र महिनला बच्चामा पनि जन्मेको केही महिनापछिदेखि नै योनीरस निस्कने गरेको कुरा चिकित्सा विज्ञानबाट प्रमाणित भएको छ । त्यसकारण जन्मेदेखि नै भन्दा पनि गर्भदेखि नै मानिसहर यौनिक हुन्छन् ।
समाजले यौनलाई विभिन्न किसिमले ठाउ“ दिएको छ । धेरै कुराहरु यौनबाट निर्देशित छन् । जसमा विवाह पनि यौन सम्बन्धको मुख्य बाटो हो । यसले यौन सम्पर्कका लागि ढोका खोलिदिएको मानिन्छ । ब्रतबन्ध पनि बाल्यअवस्थाबाट किशोर अवस्थामा प्रवेश गरेको संकेत हो, न्वारान गर्नु भनेको पनि महिलालाई कसले गर्भ बनाएको हो, अर्थात् बच्चाको पिता कुन हो भनेर चिनाउन खोजिएको हो, विधवालाई रंगीन कपडा लगाउन नदिनु पनि यौन दृष्टिकोणबाट आकर्षित भई परपुरुषबाट शोषित हुन नपरोस् भनिएको हो ।
सामाजिक रुपमा नकारात्मक पक्ष नभएको पनि होइन । बलात्कार र यौन दुव्र्यसन पनि समाजमा व्याप्त छ । सकारात्मक वा नकारात्मक जे भए पनि यौनको परिधिबाट बाहिर कोही पनि रहन सक्दैन । अर्कोतिर सामाजिक मूल्य र मान्यतालाई पालना गर्दागर्दै पनि युवायुवतीहरुको तीव्र यौन चाहनाले गर्दा बन्देज हुन सकेको छैन, जुन उमेर औसतमा साढे १४ छ । युनिसेफले गरेको अध्ययनले करीब ९ प्रतिशत केटाहरले १८ वर्षभन्दा अगाडि नै यौन सम्पर्क गरेको देखिन्छ । किशोर–किशोरीलाई असुरक्षित तवरले यौन–सम्पर्क गर्दा के–के जोखिम वा असरहरु हुन्छन् ? यसले जीवनमा के के असर गर्दछ ? यी विषयहरुमा जानकारी दिन अति आवश्यक देखिन्छ । उचित समयमा यौन व्यवस्थापन गर्न नसक्दा जीवन नै अर्कोतिर मोडिन्छ । किशोर–किशोरीहर नै बाबुआमा हु“दा पर्ने सामाजिक र आर्थिक भार समझेर समयमा लाज नमानीकन यौन व्यवस्थापन गर्नुपर्छ । समयमा उनीहरुलाई यौनबारे सबै जानकारी गराई निर्णय गर्न सक्ने क्षमताको विकास गर्न सघाउ पु¥याउनुपर्दछ । कसैको दबाबमा नपरी आफैं यौन–सम्पर्क गर्न चाहन्छन् भने अनुचित हु“दैन तर उचित वा अनुचित भन्ने कुरा छुट्याउन सक्ने क्षमताको विकास उमेर अनुसार समयमा नै गर्नुपर्दछ ।
किशोर–किशोरीहरुको यौनस्वास्थ्यलाई सकारात्मक वातावरण जस्तै विश्वसनीय, गोपनीय र उनीहरुलाई पायक पर्ने ठाउ“ आदि सुनिश्चित हुनुपर्दछ । सेवाको पहु“च पनि त्यतिकै आवश्यक हुनुपर्दछ । तसर्थ युवायुवतीहरुको यौनसम्बन्धी सामान्य जानकारी एवं सेवा लिन सक्ने आवश्यक वातावरणको सिर्जना गर्न नसके भविष्यका अभिभावक किशोर–किशोरीहरु अहिलेका पुस्तालाई धिकार्नेछन् ।
परिवर्तनहरुः
पहिले–पहिले हाम्रो समाजमा यौन र यौनिकताको विषयलाई हेर्ने दृष्टिकोण नकारात्मक भए पनि हाल आएर विभिन्न निकायहरुमार्फत विभिन्न गतिविधिहरु जस्तैः तालिम, गोष्ठी, सडक नाटक, दिवसहरु, सूचना, शिक्षा तथा सञ्चार सामग्रीहरुको वितरण आदि गतिविधिहरु सञ्चालन गरी सन्देश फैलाउने कार्यहरुले गर्दा यस्ता कुराहरु धेरै कमी हु“दै गएको कुराहरु विभिन्न अध्ययनबाट देखिएको छ । हाल आएर यी कुराहरुलाई समाजमा सहज रुपमा सुन्न र बोल्न थालेका छन् । समुदायमा धेरै परिवर्तनहरु आएको छ । यसको फलस्वरुप तालिम, गोष्ठी, समूह, छलफल, भेला आदि कार्यक्रमहरमा पहिलेभन्दा हाल मानिसहरुको जमात बढेको पाइन्छ । तर पनि समुदायमा यी सन्देशहरु अपुग भउको महसुस गरिन्छ । तसथृ सबै माध्यमबाट यौन र यौनिकतासम्बन्धी विषयलाई अझ वृहत रुपमा प्रचार–प्रसार गरी किशोर–किशोरीहरुलाई सुरक्षित व्यवहार अपनाउनेतर्फ जागरुक बनाउनु आजको आवश्यकता भएको छ । त्यसैले हरेक किशोर–किशोरीहरुले किशोरावस्थाको प्रवेश सँगसँगै यौन–शिक्षा पाउन अति आवश्यक हुन्छ । यसले गर्दा उनीहरुले भविष्यमा गएर कुनै पनि यौन वा यौनसँग सम्बन्धित समस्याहरुको चपेटामा पर्न नपरोस् वा अशिक्षा र अज्ञानता नै उनीहरुको जीवनमा घातक नबनोस् ।