धरान  / प्रदेश १ मा रहेको धरानस्थित बिपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको एक मात्र लेभल थ्री काभिड अस्पताललाई रोटरी क्लबको सहकार्यमा विराटनगर महानगरपालिकाले आरएनए एक्सट्रयाक्सन मेसिन सहयोग गरेको छ ।
यो मेसिन पाएसँगै , प्रतिष्ठानको ल्याबले दैनिक २ हजार पिसिआर नमुना परीक्षण गर्न सक्ने क्षमतामा स्तरोन्नति भएको छ ।

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अर्न्तगतका रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोटरी क्लब अफ विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनको संयुक्त सहयोगमा आइतबार प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरिएको छ ।
, शिक्षाध्यक्ष प्रा। डा। गुरूप्रसाद खनाल र अस्पताल निर्देशक गारीशंकर साहलाई हस्तान्तरण गरीएको छ । मेसिनलाई विरानटनगरका प्रमुख भिम पराजुलि तथा रोटरी क्लबका पदाधिकारीहरूले संयुक्त रूपमा प्रदान गरेका छन ।

प्रतिष्ठानको उपकुलपति प्राडा गिरीको विशेष पहलमा मेसिन ल्याइएको हो । यस अघि पिसिआर मेसिन पनि क्लवले सहयोग गरेको थियो ।

उपकुलपित गिरीले विराटनगर महानगरपालिका तथा रोटरी क्लबले दिएको यस मेसिनले यहाँ परीक्षण गर्न आउने सेवाग्राहीका लागि ठूलो राहत भएको बताउनुभयो । 'प्रतिष्ठानमा हाम्रो पहिलो प्राथमिकता भनेको विरामीको उपचारमा प्रत्यक्ष सरोकार राख्ने ल्याब, रेडियोलोजी, इमेजिङ तथा फार्मेसी चुस्त दुरूस्त संचालन हो र त्यसको लागी हाम्रो टिम लागि रहेको छ । विभिन्न दाताहरुसँग पनि पहल कदमी गरिरहेको छु ।’–उपकुलपति गिरीले भन्नु भयो ।

यस मेसिन सहित हाल प्रतिष्ठानमा ३ वटा पिसिआर मेसिन र २ वटा आरएनए एक्सट्रयाक्सन मेसिन रहेको अस्पताल निर्देशक प्राडा गौरीशंकर साहलेजानकारी दिनुभयो । यि मेसिनहरूको सहयोगले अब भने दैनिक २ हजार वटा स्वाब नमुना परीक्षण गर्ने क्षमतामा स्तरोन्नति भएको उाँले बताउनु भयो ।
यसअघि मंसिर १० गते रोटरी क्लबले एकै पटकमा ९६ वटा स्वाब नमुना परीक्षण गर्ने पिसिआर मेसिनसमेत प्रतिष्ठानलाई प्रदान गरेको थियो । यि दुवै मेसिनको मुल्य करिब अढाई करोड पर्न आउँछ ।

RNA mechine
कोभिड अस्पतामा सबै बेडमा अक्सिज
प्रतिष्ठानको कोभिड अस्पतालको बेडमा अक्जिन अभावमा विरामीको मृत्यु भएको गुनासो आए पछि प्रतिष्ठानले तत्काल सबै बेड अक्जिन जोडेको निर्देशक साहले जानकारी दिनुभयो । प्रतिष्ठानमा भएको प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट पूर्ण रुपमा संचालनमा आएको र कोभिड अस्पतालमा छुट्टै प्रतिमिनेट ५ सय लिटर अक्जिन उत्पादन क्षमताको अक्जिन जडान कार्य भइरहेको उपकुलपति गिरीले जानकारी दिनुभयो ।
ल्याव र रेडियोलोजी सेवामा ध्यान केन्द्रित
उपकुलपति प्राडा गिरीले आफुहरुले सेवाग्राहीको समस्यालाई ध्यानमा राखी यहाँको ल्यावको क्षमता विस्तार र रेडियोलोजी विभागका मेसिन स्तरोन्नतीमा ध्यान केन्द्रीत गरेको बताउनुभएको छ । उहाँका अनुसार २५६ स्लाइडको उच्चस्तरिय सिटी क्यान मेसिन जडानको सबै प्रक्रिया पुरा भएको छ । दुई महिनाभित्र जडान भई सक्ने छ । उक्त मेसिनले एनजिओग्राफीदेखि सर्जरीसमेत गराउन सकिने उहाँले बताउनु भयो । यस्तै एमआरआई मेसिन खरिद प्रक्रियाका लागि पनि पहल भइरहेको छ । अस्पतालमा औधषीको व्यवस्थापन पनि गरि सकेको उहाँको भनाई थियो ।