धरान / राष्ट्रिय सभाका पूर्व सदस्य इन्द्रहाङ लिम्बुको कोरोना सङ्क्रमणका कारण विहीबार विहान होम आइसोलेसनमा मृत्यु भएको छ ।
सुनसरीको धरान– १८ का ९२ बर्षीय लिम्बुको निवास मै बिहान मृत्यु भएको धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राईलेजानकारी दिनुभयाे । उहाँका अनुसार मधुमेहलगायतका दीर्घ रोग भएका लिम्बुलाई गत आइतबार स्वास्थ्यमा समस्या देखिए पछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पु¥याइएको थियो । आइतबार नै घर फर्केका उनको सोमबार मात्र कोरोना पोजेटिभ देखिएको थियो ।
२०४८ साल पछि उनी राष्ट्रियसभामा निर्वाचित भएका थिए । उनी नेपाली काङ्ग्रेसको केन्द्रीय प्रतिनधिीसमेत भइसकेका क्रियाशिल कार्यकर्ता थिए ।
राष्ट्रिय सभाका पूर्व सदस्य लिम्बुको कोरोना सङ्क्रमणले मृत्यु




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!