धरान  / पर्यटकीय नगरी धरान पछिल्लो समय साहासिक खेल पर्यटनकोसमेत जंक्सन बन्दैं गएको छ । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र ¥याफ्टीङ शुरु गरे पछि अन्य साहसिक खेलहरु पनि शुरु भएका थिए । तर यति बेला कोरोनो महामारीका कारण अन्य साहसिक खेल सञ्चालनमा अवरोध भएको छ ।

jip flying

कोरोना भाइरसको कारण बन्द रहेको धरान–४ स्थित भेडेटारदेखि देवीथानसम्मको जीपलाइन आजबाट पुनः संचालनमा आउने भएको छ । गत फागुनमा मात्र शुरु भएको यो खेल एक महिना मै महामारीका कारण बन्द गर्नु परेको थियो ।
वल्र्डवाइड नेपाल ग्रुपले करिब ३ करोड रुपैयाँको लगानीमा उक्त जीपलाइन गत वर्ष फागुन १७ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरि शुरु गरिएको थियो । तर चैत ११ देखि सरकारले लकडाउन गरे पछि बन्द भएको थियो । कोरोना महामारीका बावजुद पनि पर्यटकीय गतिविधी शुन्य भए पछि सञ्चालकले सोमबारदेखि पुन सञ्चालन गरेका हुन ।
सञ्चालक बिवश भण्डारीका अनुसार उक्त जीपलाइन भेडेटारदेखि देवीथानसम्म ६ सय ५० मिटर लामो रहेको छ । जिपलाइनमा ३० देखि ४० सेकेण्डसम्म साहसिक मजा लिन सकिने छ ।

उक्त जिपलाइनमा तीनवटा आइटम रहेको छ । जसमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन रहेका छन् । क्लासिक जिपलाइन अर्थात बसेर गरिने जिपलाइनको १२ सय रुपैयाँ पर्ने छ । यसैगरी सुपरम्यान अर्थात घोप्टो सुतेर गरिने जिपलाइनको १५ सय रुपैयाँ र टेण्डम अर्थात कपल जिपलाइनको २ हजार रुपैयाँ पर्ने भण्डारीले जानकारी दिनु भयो । साहसिक खेल जिपलाइनको मजा लिन आउने पर्यटकहरुका लागि ५ लाख रपैयाँ बराबरको दुर्घटना बिमासमेत गरिने बताइएको छ ।
जीपलाइनमा ८ बर्षदेखि माथिको उमेर समूहका लागि मात्र खुल्ला गरिएको छ । बालबालिकालाई भने अभिभावकसंग टेण्डम जिपलाइन गराइने छ । जिपलाइनको ब्रेकिङ लोड ११ टन रहेको बताइएको छ । चाँडपर्वको अवसरमा छठसम्म जिपलाइनमा २० प्रतिशत छुट समेत रहेको सञ्चालक भण्डारीले जानकारी दिनु भयो ।
धरानमा साहसिक खेलको इतिहास

paraglinding_
पोखराबाट १६ वर्षअघि व्यवसायिकरुपमा प्याराग्लाईडिङ खेल शुरु भएको थियो । प्याराग्लाईडिङमा उड्नकै लागि पोखरा धाउनु पर्ने बाधयता पनि हटेको छ । मौसम अनुकूल रहेको समयमा धरानको आकाशमा दैनिक पर्यटकले उडान भर्ने गरेका छन् । धरान तथा भेडेटार घुम्न आउने पर्यटकहरु प्याराग्लाईडिङमा पनि रमाउन पाएका छन् ।
यस्तो अवसर धरानका युवा व्यवसायीहरु रोशन अधिकारी र स्व. लेखमणी जिवीले जुराएका हुन् । धरान स्काई एडभेञ्चर एण्ड प्याराल्लाईडिङ खोलेर अधिकारीले पहिलो पटक उडान शुरु गरेका थिए । प्रालीका प्रबन्ध निर्देशक अधिकारीले १४/१५ बर्ष अगाडिनै धरानको आकाशमा प्याराल्लाईडिङ उडाउन सकिने संभाबना देखेको बताए । ४/५ बर्ष अगाडि पोखराका साथीहरुलाई ल्याएर धरानको सबै सेरोफेरो देखाए,उनीहरुले पनि मन पराए त्यसैबेला उनीहरु उडेपनी अधिकारीले भने–पाइलटहरुले पनि धरानमा धेरैं राम्रो संभाबना भएको सुनाएपछि आफुले लाइसेन्स लिएर उडान शुरु गरेको बताउछन् ।
विसं २०६७ मा पहिलोपटक परीक्षण उडान सफल भएसँगै धरानमा पछिल्लो समयमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको हो । यस्तै लेखमणी जीमिले बुढासुब्वा एडभान्चर प्रालीबाट उडान गदै आउनु भएको थियो । उहाँको नेतृत्वमा उदयपुरको मैनामैनीमा प्याराग्लाइडिङ स्कुलसमेत संचालन हुदैं आएको छ । गत बर्ष उक्त स्कुलबाट नेपाली सेनाका २५ जना पाइलटहरु उत्पादन भएका छन् । सेनाले पाराग्लाइडिङमा पाइलट तालिम लिए पछि विश्वमा पाराग्लाडिङमा सेनाले राम्रो छवि बनाएको छ । उहाँको भरखरै कोरोनाका कारण मृत्यु भएको छ ।

धरान उपमहानगरकी उपमेयर भण्डारीले निजी क्षेत्रको सहकार्यमा धरान भेडेटारका आसपासका क्षेत्रमा केवलकार तथा स्काई वाक समेत निमार्णको तयारी भइरहेको जानकारी दिनुभएको छ । क्यानोनिङका लागि उपमहानगरको पर्यटन समितिले धरान–२० स्थित विष्याुपादुमा स्थान पहिचान गरि अध्ययन शुरु गरेको पर्यटन समितिका संयोजक किशोर थुलुङले जानकारी दिनु भयो ।

DSC01431

धरानमा ६ वटा साहसिक खेलको सम्भावना
नेपालमा हुदैं आएका १६ वटा साहसिक खेलमध्ये पाँच–छ वटा खेल धरानमा सम्भावना रहेको बताइन्छ । अझ यसको विस्तार र खेलको माध्यमबाट कसरी पर्यटक भित्राउन सकिन्छ भन्ने उद्देश्यले माउन्टेन स्पोर्ट फेडेरेशनसँगको सहकार्य गरिएको छ ।
धरानमा हाल साइकिलिङ, पाराग्लाइडिङ, क्यानोनिङ, फ्लाइङ जीप, बोटिङ, रेस, बाइक रेसलगायत खेलको सम्भावना रहेको उपमहानगरपालिकाको पर्यटन समितिले जनाएको छ । साइकिलिङ बोटिङ खेल निजीस्तरबाट भइरहेका छन् । धरानका युवा व्यवसायी मदन ढकालले धनकुटाको मुलघाटबाट चतरासम्म ¥याफ्टिङ सेवा दिदै आउनु भएको छ ।