धरान । शारिरिक रुपले असक्त धरान–१५ महादेवचौक निवासी पुण्य प्याकुरेललाई धरानका उक युवाले टेलिभिजन हस्तान्तरण गरेका छन् ।
कम्मरदेखि तल नचल्ने सुतेर दिन विताउदैं आएका प्याकुरेललाई दिन काट्न सजिलो होस भनेर राष्टिय युवा संघ धरान नगर सदस्य भवानी दाहालले हस्चतान्तरण गरेका हुन ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य लक्ष्मी वाँनियाकोपहलमा २४ इन्चको टिभी शनिबार घरैमा लगि दिएकाहुन ।
प्याकुरेलाई
नेकपा नगर कमिटी अध्यक्ष नारायण सुवेदी,सचिवालय सदस्य राजमणि निरौला, सचिवालय सदस्य तथा राष्ट्रिययुवा संघका केन्द्रीय सदस्य हिमाल लिम्बु, प्रदेश सदस्य चित्र लिम्ब, लक्ष्मीबाँनियालगायतलेहस्तान्तरण गरेका थिए ।
असतm प्याकुरेल ६ वर्ष अघि सवारी दुर्घटनामा परेर घरमै थलिएका छन् । उनको कम्मरमुनिको पुरै भाग चल्दैनन् भने ओछ्यानज मै कष्टकार दिनचर्या वित्ने गरेको छ । खुशी हुँदैं प्याकुरेलले भने,‘समय विताउनै कठिन भइरहेको वेला आफुलाई सहयोग गर्नेदाताहरुप्रति धन्यवाद दिन चाहन्छु, ६ महिना बाँच्दैन भनेर चिकित्सकले भने पनि ६ वर्ष भयो यसरी बाँचेको छु, तर अहिले दिनानु दिन मेरो शरीर कमजोर हुँदै गएको छ ।
कार्यक्रममा युवा नेता दिपक वेनपाली, प्रेस संगठन केन्द्रिय सदस्य देवन्द्र कार्की लगायतको उपस्थिती थियो । प्याकुरेलको श्रीमती सहित १ छोरी र १ छोरा रहेका छन् भने उनलाई यातायात मजदुर र धरानका पत्रकारहरुले सहयोग संकलन गरेर घर वनाइदिएका छन् । परिवारलाई पालनपोषण गर्दै यातायात क्षेत्रमा काम गर्ने उनी आफै ओछ्यानमा थलिएपछि परिवारलाई जीवन धान्न कठिनाई पर्दै आइरहेको छ ।