धरान / स्वास्थ्यमन्त्री भानुभक्त ढकालको आर्शिवादमा नियुक्ति पाएका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी एक पछि अर्को विवादमा तानिएका छन् ।
गत चैतमा नियुक्ति पाएर आएका प्राडा गिरी प्रतिष्ठानको समस्याका विषयमा चासो राख्ने भन्दा पनि सामान खरिद, टेण्डरलगायत कहाँबाट कमिसन आउछ त्यतातिर बढि साचो दिन थालेका छन् । उनीहरु आफु कतै नदेखि उनका प्रशासनिक सल्लाहार मानिएका दिलिप भट्टराइ मार्फत कमाउ भन्दामा लागेको पाइएको छ ।
राम्रो उपचार नपाएर गरिव मरिरहेका छन् । भेन्टिलेटर अभावमा अकालमा विमारीको ज्यान गइरहेको छ । आइसियु नपाएर विमारी रेफर भइरहेका छन् । प्रतिष्ठानको इमेर्जेसी वडामा विमाीकिो बेहाल छ । कोभिड अस्पतालमा उस्तै समस्या छ । ९ वटा भेन्टिलेटर जोडिउको तर ६ वटाले काम नै गरेको छैन् । तर यस्ता समस्यालाई थाति राखेर उपकुलपति भने व्यापारीहरुसँगको सेटिङमा कमाउ धन्दामा लागेका छन् ।

उद्घाटन गरेको झण्डै तीन महिनामा संचालनमा आएको कोभिड अस्पतालमा विमारी उपचारमा लापारवाही हुदा अकालमा संक्रमितको मृत्यु भएको गुनासोे आइरहेको छ । अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टचार मुद्धा खेपिरहेका व्यापारीसँगको साँठगाठमा किनिएका भेन्टिलेटर नचल्दा कोभिड अस्पतालमा आएका विमारी भेन्टिलेटर अभावमा ज्यान गुमाइरहेका छन् ।
यता अढाई बर्षदेखि बढुवा रोकिएर समस्यामा परेका फ्याकल्टि चिकित्कसहरु आन्दोलनमा छन् । करिव डेढ सय चिकित्सकको बढुवा भएको छैन् । सरकारले बढाएको र सिनेटमा निर्णय भएको तलवसमेत खान नपाएको भन्दैं चिकित्सकहरु आन्दोलनमा छन् ।

चिकित्सक र शिक्षकहरुको साझा संगठन दन्त चिकित्सा तथा शिक्षक कल्याण समाजले माग गरेका सबै बुँदा प्रतिष्ठानको हितमा छ तर, उपकुलपतिले चासो नै नदिएपछि राजीनामासमेत मागिएको छ । समाजले सरकारले दिएको निर्देशन अनुसार सर्वसाधारणको हितमा हुने गरी प्रतिष्ठान आफैले औषधि बिक्री कक्ष फार्मेसी सञ्चालन गर्नुपर्ने, चिकित्सकहरूलाई दिइने नियमित टिचर्स टूेनिङ र रिसर्च टूेनिङको कार्यक्रम जारी राख्नुपर्ने, प्रतिष्ठानबाट निस्कने मेडिकल फोहोर मैलालाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्नुपर्ने माग राखेर आन्दोलन गदैं आएका छन् । तर उनीहरुको जाहेज मागलाई थाती राखेर उपकुलपति भने गैरकानुनी कर्मचारी नियुक्ति गरेर झन व्ययभार बढाउदैं आएका छन् ।
मंगलबारदेखि दैनिक ज्यालादारी कर्मचारीहरुहरले तत्काल करार गर्न माग गर्दै उपकुलपति र रजिष्टारको कार्यालयमा पुगेर नारावाजी गरिरहेका छन् ।

ज्यालादारी कर्मचारीहरुले २ बर्ष समय पुगेका कर्मचारीहरुलाई तत्काल करार गर्न, जोखिम भत्ता उपलब्ध गराउन, करारलाई परर्फमेन्स करार गर्न, कर्मचारी समाजको निर्वाचन गराउन, ठेकेदारलाई दिएको कोठा खाली गर्न, आन्तरिक बढुवा चाडो गर्न पनि माग गरेका छन् । साथै कर्मचारी, नर्सिङ, प्राविधिकहरुलाई पनि तुरुन्त कोठा उपलब्ध गराउन, मनपरि सरुवा बन्द गर्न, प्रतिष्ठानको सम्पत्ति दुरुपायोग बन्द गर्नलगायत माग गरेका छन् । सिनियर कर्मचारीहरूले पनि एक सातादेखि आन्दोलन गरिरहेका छन् । पहिला प्रतिष्ठानमा कर्मचारीहरू २–२ वर्षमा स्थानान्तरण गर्ने प्रचलन थियो । तर, अहिले उपकुलपति गिरीले जथाभावी सरुवा, नियुक्ति गर्न थालेको कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईले बताए ।

प्रतिष्ठानको कोभिड अस्पताल, आकस्मिक कक्षलगायत स्थानमा जनशक्ति तथा आवश्यक सामाग्रीको अभावमा अस्तव्यस्त छ । विमारीको भुइमै उपचार गराईरहुन परेको छ । चैतदेखि उपकुलपति भएर आएका प्राडा गिरी भने उपकुलपतिकोकार्यालय, क्वाटर र उनको घर विराटनगर आउजाउ भन्दा अन्य स्थानमा जाने आट गरेका छैनन् । हालसम्म विभागीय प्रमुखहरुसँग छलफल तथा परामर्शसमेत नभएको त्यहाँका चिकित्सकहरु बताउछन् ।

प्रतिष्ठानका यावत समस्या समाधान गर्न छाडेर प्राडा गिरी उनका सहयोगि दिलिप भट्टराई मार्फत गैरकानुनी धन्दा चलाउन थालेका छन् । करोडौको भ्रष्टचार मुद्धा लागेका तत्कालिन उपकुलपति प्राडा विपी दास, भ्रष्टचारकै मुद्वा खेपिरहेका व्यापारी चेतन अग्रवालसँग साँठगाठ गरेर गैरकानुनी कर्मचारी सरुवा गर्ने, तलव खुवाउन नसकेकेको वेला करारमा नियुक्ति जस्ताकाम गरिरहेका छन् । उपकुलपति गिरी आइसोलेसनमा बसेका बेला गैरकानुनी खरिद गरिएको सामानमा खरिद प्रक्रिया नमिलाएको भन्दैं खरिद शाखाका प्रमुख विष्णु चापागाईलाई हटाएर व्यापारी अग्रवालका निकट अशोक साहलाई नियुक्ति गरिएको छ । सिभिल इन्जिनियरिङ शाखाका प्रमुख इन्जिनियर मदन साहलाई हटाएर उनी भन्दा जुनियर ओभरसियर विकास बस्याललाई नियुक्ति गरिएको छ । यस्तै मेट्रोन उपेन्द्र यादवलाई हटाएर उनी भन्दा जुनियर गायत्री राईलाई नियुक्ति गरिएको छ ।
व्यापारीको सेटिङमा काम गर्न अस्वीकार गरेपछि रजिष्टारको आर्थिक अधिकार र कर्मचारी सरुवा बढुवाजस्ता अधिकारसमेत उपकुलपति आफैले लिएका छन् । रजिष्टारको २० लाखसम्मको आर्थिक अधिकार घटाए तनि लाख मात्र बनाएको प्रतिष्ठानका एक अधिकृतले बताए । यस्तै अस्पताल निर्देशक प्राडा गौरीशंकर साहको अधिकारसमेत कटौती गरिएको छ ।

उपकुलपतिका विवादस्पर्ध कामः प्रक्रिया मिच्दै भ्रष्टाचार मुद्दा खेपिरहेको सप्लायर्सबाट डेढ करोडको सामग्री खरिद
उपकुलपतिका सहयोगि भट्टराईले कोरोना महामारीको ‘विषम परिस्थिति देखाएर डेढ करोडको मेडिकल सामग्री गैरकानुनी तरिकाले खरिद गरेको छ । त्यसरी खरिद गर्दा विरोध गर्ने कर्मचारीको सरूवा नै गरिएको थियो । प्रक्रिया अपारदर्शी भएको टिप्पणी उठाउने खरिद शाखाका प्रमुख विष्णु चापागाईंलाई उक्त शाखामा हटाएका थिए । प्रतिष्ठानको नियम अनुसार दुई दुई बर्षमा रजिष्टारको सफारिसमा कर्मचारीको सरुवा उपकुलपतिले गर्नु पर्ने हुन्छ । तर चापागाईले सेटिङमा काम नगरे पछि ३ महिना १९ दिनमा सरुवा गरिएको थियो । यस विषयमा उपकुलपतिका सहयोगि भट्टराईले प्रतिष्ठान यस अघि सिष्टममा थिएन । सिष्टम ल्याउन सरुवा गरिएको बताएका थिए ।
कर्मचारी नै पन्छाएर खरिदमा संलग्न गराइएको सप्लायर्स भने भ्रष्टाचार मुद्दा खेपिरहेको कम्पनी हो । प्रतिष्ठानकै खरिदमा भ्रष्टाचार मुद्दा खेपिरहेको कम्पनी प्रेसिसन मेडिकल प्रालिका सञ्चालक चेतन अग्रवालबाट कोभिड अस्पतालका लागि करोडबढीको सामग्री खरिद गरिएको थियो । मौखिक आदेशमा उनले सामान ल्याएको बताइएको छ ।
भ्रष्टाचार गरेको आरोपमा उक्त प्रा।लि।का नेपाल प्रतिनिधि चेतन अग्रवाल, प्रतिष्ठानका तत्कालीन उपकुलपति वलभद्रप्रसाद दाससहित ८ जनाविरूद्ध विशेष अदालतमा २० करोडबढीको भ्रष्टाचार मुद्दा विचाराधीन छ । अग्रवालको नाममा एक करोड चार लाख १६ हजार रुपैयाँ बिगो माग्दै मुद्दा दायर गरिएको थियो । विपी दासको नाममा शुरुमा ४ करोड र गत भदौंमा ८ करोडको मुद्धा विशेष अदालतमा रहेको छ ।
यो मुद्दा विचाराधीन रहेकै अवस्थामा प्रतिष्ठानले पुनः उक्त कम्पनीबाट सामग्री खरिद गरेको छ । अन्य काम पनि अग्रावलले नै गदैं आएका छन् । प्रतिष्ठानलाईहान िनोक्सान िपु¥याएको प्रमाणीत भइ अदालतमा मुद्वा परेका व्यक्तिलाई नै खरिदको जिम्मेवारी दिनुले उपकुलपति माथि प्रश्न उठेको छ ।

प्रतिष्ठानले सो कम्पनीबाट एक सय थान बेड, वायोकेमेस्ट्री एनालाइजर, हेमाटोलोजी एनालाइजर, इलेक्ट्रोलाइट एनालाइजर, सेन्ट्री फ्यूज र वायोसेन्ट्री क्याविनेट खरिद गरेको हो। यी सामान अहिले प्रतिष्ठानको कोभिड अस्पतालमा राखिएको छ ।
यी सामग्री खरिद गर्दा सार्वजनिक खरिद ऐनसमेत पालना नभएको रबोलपत्र आह्वान नगरी यतिधेरै रकमको सामग्री खरिद गरिएको प्रतिष्ठानका एक अधिकृतले बताएका छन् ।
यो सामान व्यवस्थापनको जिम्मा प्रतिष्ठानका उपकुलपति प्राडा. ज्ञानेन्द्र गिरीका सहयोगि दिलीप भट्टराईले लिएका छन् । उनको नेतृत्वमा अहिले खरिद गरिएका सामग्री कोभिड अस्पतालमा राख्ने काम भइरहेको छ । भट्टराईले कोभिडअस्पतालको डोर क्लोजखरिद गर्दा बढि विलबनाउन लगाएको विषयमा एक व्यावसायीले पत्रकार सम्मेलन नै गरि सार्वजनिक गरेका थिए । ९५० को सामानलाई ३२ सयको विल बनाउन लगाएको उनले सार्वजनिक गरेका थिए ।

अनियमितताको फाइल ‘तामेली’मा राखेर दुई अर्बको ठेक्का लगाइयो
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले मातृशिशु स्याहार केन्द्र (एमसिएच)को भवन निर्माणको महत्वकांक्षी योजना फेरि अघि बढाएको छ ।
कानुनी तथा प्राविधिक पाटो नमिलेको भन्दै स्वास्थ्य मन्त्रालयले दुई वर्षअघि रोक लगाएको थियो । २०७६ चैतमा प्रतिष्ठानमा उपकुलपति नियुक्त भएपछि डा. ज्ञानेन्द्र गिरीले भवन निर्माणको काम अघि बढाएका हुन ।
गिरी उपकुलपति भएपछि प्रतिष्ठानले गत जेठ महिनामा केन्द्रको अधुरो भवन निर्माण पूरा गर्ने कार्यादेश रसुवा कन्स्ट्रक्सन प्रालिले पाएको छ ।
प्रतिष्ठानले निर्माण कम्पनीलाई १८ करोड रुपैयाँ भुक्तानी दिएर काममा फर्काएको छ । प्रतिष्ठानले गत जेठ १६ मा निर्माण कम्पनीलाई भुक्तानी दिएपछि काम सुरू भएकोछ । निर्माण सम्पन्न गनुृ पर्ने म्याद दुई वर्ष बितेपछि पुनः रसुवा कन्स्ट्रक्सनलाई काममा फर्काइनु पनि पूर्व उपकुलपति दाससँगकोचलखेल भएको प्रतिष्ठान श्रोत बताउछ ।

प्रतिष्ठानले अघि बढाएको शिशु स्याहार केन्द्र दुई अर्व ३३ करोड रुपैयाँमा ठेक्का लागेको थियो । ठेक्का लागेदेखि नै रहेको विवाद अहिले पनि निरूपण भएको छैन् ।
प्रतिष्ठानका अनुसार २०७२ सालमा विपी दासले चार सय बेडको शिशु स्याहार केन्द्र बनाउन दुई अर्व ३३ करोडमा ठेक्का लगाइएको थियो । जवकी प्रतिष्ठानको कार्यकारिणी सभा (सिनेट)ले ७७ करोड रुपैयाँ बजेट मात्र स्वीकृत गरेको थियो । तत्कालीन उपकुलपति डा बलभद्रप्रसाद दासले गैरकानुनी तरिकाले बजेट बढाएर दुई अर्ब ३३ करोड रुपैयाँमा ठेक्का लगाएपछि विवादभई रोकिएको भवन गिरीले उनीहरुकै सेटिङमा सोही कम्पनिलाई पहिलेकै मुल्यमा कम दिएका हुन ।

शिशु स्याहार केन्द्रको भवन निर्माणको ठेक्का २०७२ असार २८ गते लागेको थियो । तीन वर्ष (२०७५ असार २८) गतेभित्र निर्माण सक्नुपर्ने सम्झौताअनुसार ठेक्का अघि बढेको थियो । लागत अनुमान र डिजाइनमा अनियमितता भएको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले यो ठेक्का प्रक्रियामा पहिलेदेखि नै प्रश्न उठाएको थियो । उक्त विषय प्रधानमनत्री कार्यालयसम्म पुगे पछि प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले प्रक्रिया गलत भएकोप्रतिवेदन स्वास्थ्य मन्त्रालयलाई बुझाए पनि सो प्रतिवेदन स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन् ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक २०७६ पुस महिनामा निर्माण अघि बढाउन प्रतिष्ठानलाई अनुमति दिएको थियो । तर स्वास्थ्य मन्त्रालयले पुरानो ठेक्का सम्झौतामा भएका त्रुटी र कानुनी प्रक्रिया मिलाउनु भन्दै काम अगाडि बढाउन प्रतिष्ठानलाई पत्र लेखेको थियो । लागत स्टिमेट र डिजाइनमा भएको अनियमितता ‘सुधार्नु भन्ने मन्त्रालयको निर्देशन विपरित प्रतिष्ठानले भने मन्त्रालयले भनेअनुसारको कानुनी प्रक्रिया नमिलाई पहिलेकै ठेक्काअनुसार काम थालेको छ ।

साधारणतया, कुनै कारणले ठेक्का अवरूद्ध भए म्याद थप गर्न सकिने सार्वजनिक खरिद ऐनको प्रावधान रहेको छ । तर, ठेक्काको समय बढाउँदा पनि कानुनी ‘रित’ पुगेको हुनुपर्ने हुन्छ । सार्वजनिक खरिद ऐन अनुसार ठेक्का सम्झौताको अवधि थप गर्न सकिन्छ । त्यसका लागि म्याद सकिनुभन्दा २१ दिनअघि निर्माण कम्पनीले अवधि थपको निवेदन दिनुपर्छ । विशेष परिस्थितवशः काम रोकिएको भए पनि काम सुरू गर्दा पनि म्याद थपको निवेदन दिनुपर्ने हुनछ । तर यि प्रक्रिया विना नै पुरानो कम्पनिलाई सिधै काम गर्न पत्र दिइएको पाइएको छ ।
खरिद सम्झौता बमोजिम मनासिब देखिएमा कारण खुलाई ठेक्का सुरू अवधिको पन्ध्र र पच्चीस प्रतिशतसम्म समय थप्न पाइने व्यवस्था छ ।
पन्ध्र प्रतिशत सम्झौता थप्नु पर्ने भए सम्झौता गर्ने अधिकारी र पच्चीस प्रतिशत थप्नुपरे विभागीय प्रमुखले गर्न सक्छन्न् । त्यो भन्दा बढी म्याद थप्नुपर्ने देखिए सम्बन्धित मन्त्रालय वा निकायको सचिवले थप गर्न सक्नेछन् । सुरू सम्झौताको पचास प्रतिशतभन्दा बढी समय थप्न पाइने छैन । तर, प्रतिष्ठानले यो कन्स्ट्रक्सनलाई पचास प्रतिशतभन्दा बढी समय म्याद थपेको यस अघि खरिद शाखामा काम गर्ने एक अधिकृतले बताए । रसुवालाई दिएको जिम्मेवारी सार्वजनिक खरिद ऐनको प्रतिकूल भएको उनको भनाई छ ।
यस विषयमा कुरा गर्न उपकुलपति प्राडा गिरीसँग सम्पर्क गर्दा फोन उठाएनन् । प्रतिष्ठानका रजिष्टार प्राडा मोहनचन्द्र रेग्मीले यस विषयमा आफुलाई जानकारी नभएको तर ठेक्का लागि सकेको जानकारी पाएको बताएका छन् ।

मन्त्रीको मात्र फोन उठाउछन् गिरी
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सिफारिसमा नेकपाको कोटाबाट उपकुलपति बनेका प्राडा गिरी कसेको फोनसमेत उठाउदैनन् । भानुभक्त ढकाललाई आगामी निर्वाचनमा पूर्ण सहयोग गर्ने बचनमा उनले नियुक्ति पाएको चर्चा निकै चलेको थियो । माथिको आर्शिवादमा नियुक्ति पाएको भन्दैं उनी प्रतिष्ठानका कर्मचारी, चिकित्सकहरुकोसमेत फोन नउठाउने गरेको गुनासो गदैं आएका छन् ।
स्वास्थमन्त्री, प्रधानमन्त्री र प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयबाट आएको फोन मात्र रिसिर्भ गर्ने गरेको पाइएको छ । उनी मिडियामा समेत आफ्नो प्रतिक्रिया दिदैंनन् । प्रवक्तालाई पनि कुनै सूचना नदिने तर मिडियासँग प्रवक्ताले फेस गर्नु पर्ने समस्या आए पछि प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले व्यक्तिगत कारण देखाउदैं एक साता अघि राजिनामा दिएका थिए ।
मन्त्री मिलाउन उपकुलपति र सहयोगी काठमाडौमा
उनका कामकाविषयमा व्यापक आलोचना भई मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयमा उजुरी पुगे पछि मन्त्रलिाई मिलाउन उपकुलपतिका सहयोगी भट्रराई मंगलबार प्रतिष्ठानको गाडी लिएर काठमाडौ पुगेका छन् । उपकुलपति पनि बुधबार काठमाडौ पुगेका छन् ।