धरान / गएको बर्षको जेठ सकिन लाग्दा धरानमा स्वास्थ्य संकटकाल घोषणा भएको थियो । धरान–८ र १५ नं. वडालाई उपमहानगरपालिकाले स्वास्थ्य संकट घोषणा नै गरेको थियो । अघिल्लो बर्ष डेङ्गुमहामारीले थलिएको धरान योबर्ष कोरोनामहामारीले थलियो । जेठसम्म एक दुईमा कोरोना देखिएको धरानमा असार अन्तिममा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेर गयो ।
प्रदेश १ को राजधानी विराटनगर संक्रमितको संख्याको हिसावले पहिलो छ भने धरान दोश्रो स्थानमा छ । भारत तथा अन्य देशबाट आउनेहरु एका दुईमा कोरोना देखिदैं आएको थियो । पछिल्लो समय उनीहरुसँगै समुदाय मै फैलिएको छ । पूर्वको सबैभन्दा ठूलोअस्पताल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आउनेहरुले समेत कोरोना सार्दा धरानमा संक्रमितको संख्या बढेर गएको छ ।

शुक्रबार दिउसोसम्म धरानमा संक्रमितको संख्या ३१५ गुगेको छ । शुक्रबार मात्र ५ जना थुनुवा र ४जना प्रहरीसहित २१ ज्नामा संक्रमणपुष्टि भएको धरान उपमहानगरपालिका स्वासथ्य महाशाखा प्रमुख उमेश मेहताले बताउनु भयो । हालसम्म धरानमा एक परिवारका आमा छोरासहित ६ जनाले ज्यान गुमाएका छन् ।

धरान–१७ मा एकै परिवारका आमा छोराको मृत्यु भएको थियो । उनीहरुलाई संक्रमण भएसँगै छिमेकी ३ परिवारका ७ जनामा संक्रमण भएको थियो ।धरान–१७ का वडाध्यक्ष मनोज भट्राईको परिवारका ५ सदस्य आइसोलेसनमा छन् । गएको तीजमा तीन घर परिवार मिलेर मनाएका थिए । त्यहीबाट संक्रमण फैलिएको वडाध्यक्ष भट्राई बताउनुहुन्छ । सम्वृद्धी प्रोजेक्टमा काम गर्ने एक युवतीबाट संक्रमण फैलिएको तर ती युवतीले भने पचाएको वडाध्यक्ष भट्टराई बताउछन् । आफुले स.क्रमणबचाए पनि अन्यलाइृ सर्नबाट भने जोगाउनु पर्ने भट्टराईको भनाई छ ।

धरानमा कोरोना संक्रमण फैलिनुको अर्को कारक बिपी प्रतिष्ठान भएको छ । यहाँ कार्यरत चिकित्सक, नर्स, कर्मचारी र सफाइसँग सम्बन्धित कर्मचारीसमेत ६० जनाभन्दा बढी रहेको बताए । उनीहरुको संख्या पनि उपमहानगरभित्रै गणना गरिएको छ । बाहिरबाट आएका विमारीले उनीलाई संक्रमण सारेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटा बताउनु हुन्छ । प्रतिष्ठानकै कर्मचारी जनकपुर, विरगंञ्ज, लगायत स्थानमा घर गएर फर्कदा संक्रमण आएको प्रतिष्ठान कै चिकित्सकबताउछन् । प्रतिष्ठानमा अत्याधिक संक्रमितको संख्या बढे पछि साउन २१ गतेदेखि सूचना नै जारी गरि ओपिडी सेवा बन्द गरेको थियो । प्रतिष्ठानमा हाल २ सयभन्दा बढि कर्मचारीहरु क्वारेन्टिनमा बसेको प्रतिष्ठानका रजिष्टार प्राडा मोहनचन्द्र रेग्मीले बताए ।

धरानमा दिन दिनै संक्रमित र मर्नेको संख्या बढे पछि भदौं १७ गतेसम्म धरान उपमहानगरपालिकाले लकडाउन गरेको थियो । हाल लडकडाउन खुलेको छ । बजारमा भीडभाड आवज जावत बढेको छ । र संक्रमितको संख्या पनि दिन दिनै बढ्दैं गएको छ । स्वास्थ्य महाशाखाका प्रमुख मेहतका अनुसार धरानमा संक्रमणको ग्राफ बढ्दो क्रममा रहेको छ । केही दिन अघि उपमहानगरपालिकाले मास टेस्ट पनि ग¥यो । मास टेस्टिङमा ट्राभल्स हिस्ट्रि नभएकालाई संक्रमण पुष्टि भए पछि धरानमा समुदायस्तरमा संक्रमण पुगेको उपमहानगरले ठहर गरेको थियो ।

बजारमा भीडाभाड बढे पनि जनचेतना जगाउने तथा सावधानी भने खासै अपनाइएको पाइदैंन् । धेरैदिनदेखि बन्द भएका कारणले पनि स्थानीयहरु सामान्य रुपमा लिएर पहिल्यैकै दैनिकीमा फर्कन खोजिरहेका छन् । तर संक्रण्मा दर भने बढेर गएको छ । भौतिक दूरी र स्वास्थ्यसँग सम्बन्धित नियमलाई पालना गर्नु छाड्न नहुने चिकित्सकहरुको भनाई छ ।

धरानमा संक्रमितहरुको संख्या बढ्दैंगए पछि प्रतिष्ठान हाता भित्र रहेको कोभिड १९ अस्पतालमा संक्रमित राख्न स्थान अभाव भएको छ । विमारीको संख्या बढे पछि लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ । ‘लक्षणसहितका विमारीलाई मात्र प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना लिरहेका छौं । अन्यलाई घर मै सुरक्षित रुपमा स्वास्थ्य नियम पालना गरेर बस्न सुझाएका छौं ।’–प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाले भने । हहाल सम्मको अपडेट अनुसार हाल प्रतिष्ठानमा ७७ जना संक्रमितको उपचार भइरहेको छ । धरानमा प्रतिष्ठानमा एक सय बेडको आइसोलेसन रहेको छ । उपमहानगरपालिकाले एन्फा टेक्लिनकल सेन्टरमा क्वारेन्टिन बनाएर बाहिरबाट आउने तथा संकास्पद व्यक्तिहरुलाई होल्ड गर्ने गरेको छ ।