धरान / पछिल्लो समय काम गरेर भन्दा पनि प्रचार गरेर बढि चिनिन चाहनेहरुको जमात बढेको छ । सानो सहयोग गरेर भगेरे अक्षरमा समाचार लेखाउनेहरु पनि उतिकै छन् समाजमा । जसले मिडियालाई समेत भरपुर प्रयोग गदैं आएका छन् । तर अपबादमा यस्ता पनि मान्छे छन् जो सहयोग गरेर आफ्नो नाम पनि सार्वजनिक गर्न चाहदैंनन् ।

‘सहयोग प्रचारका लागि होइन, पीडामा परेका मानिसको खाँचो टार्नका लागि हो ।’–उनी भन्छन् । उप्ठ्यारोमा परेकालाई सहयोग गरेर प्रचारमा आउन नचाहने उनी धरान–१६ का युवा हुन् । जो हाल कतारमा मजदुरी गरिरहेका छन् । २०५१ सालदेखि पहाडी क्षेत्रमा चल्ने गाडीमा सहचालकको रुपमा लामो समय काम गरे । २०५३/२०५४ सालतिर व्यवस्थापन विषयमा स्नातक अध्ययन सकाएर गाडीमा काम गर्ने उनी सायद एक्ला कन्ट्याक्टर(सहचालक) हुनु पर्छ ।

मजदुरको समस्या बुझेका उनले गाडीमा काम गदैं आएका धरान–१५ का पुन्य प्याकुरेल जो दुर्घटनामा परेर लामो समयदेखि ओछ्यानमा थलिएका छन्, उनलाई खुल्ला हृदयले कतारबाट सहयोग पठाएका छन् । उनका त्यो सानो सहयोग हातखुट्टा नचल्ने प्याकुरेल र उनको परिवारका लागि चानचुने होइन । नेपाल यातायात स्वतत्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको अगुवाईमा असक्त प्याकुरेललाई घर बनाएर राखिएको छ । उनको शरिरका अंगले काम गदैंन् । उनी अरुको सहयोगको भरमा बाँचेका छन् ।

उनले ती असक्त प्याकुरेलका लागि नगद २० हजार पठाइदिएका थिए । त्यसको ५० केजी चामल, १ कार्टन खाने तेल २० केजी दाल, हर्लिक्स, भिभा, लुगाधुने सावुन, सरफ, १ं१ दर्जन बिस्कुटलगाएत अन्य खाद्यान्न र छोराछोरीहरुको लागि कपडा गरि १५ हजार बराबरको समान र नगद ५००० हजार शुक्रबार प्याकुरेलको घर मै पुगेर वितरण गरिएको छ । त्यसको व्यवस्थापन नेपाल यातायात मजदुर संगठन प्रदेश १ का उपाध्यक्ष रविन अधिकारी र नेकपा धरान उपमहानगर कमिटीका अध्यक्ष नारायण सुवेदीले गरेका थिए । संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनिया, युवा व्यवसायी दिपक बनेपाली, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य देबेन्द्र कार्की, मजदुर संगठनका नगर अध्यक्ष कमल भट्टराईलगायतको टोली घरमा पुगेर उक्त सामान वितरण गरेकाका छन् । सोही अवसरमा व्यवसायी सुप्रिया माझी(बनेपाली)ले पनि प्याकुरेलका एक छोरा र छोरीका लागि दशैका कपडा वितरण गरेकी छन् ।

118885400_664567287746388_8256202997422910707_n

ती कतारमा चर्को घाममा श्रम गरेर २/४ पैसा कमाएर असक्त गरिव र दीनहिनलाई सहयोग गरेको विषयमा संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनियाले उनको सहयोगबारे सबै बेलिविस्तार गरे पनि सहयोगी दाताका नाम खोलेनन् । कारण ती युवाले आफ्नो प्रचार गर्न नचाहेका रहेछन् । भिडियो कलमा यस्ता समस्यामा परेका अरुलाई पनि कतारमा बस्ने साथीहरुको सहकार्यमा सहयोग पठाउने अर्को वाचा गरे तर नाम सार्वजनिक गर्न भने मानेनन् ।

को हुन् ती सहयाेगी युवक
धनकुटा डाँडा बजारतिर जन्मेका ती युवक हुने खानेका छोरा होइन् । हुँदा खाने परिवारमा हुर्केका उनका पिताले गाडीमा काम गरेर हुर्काए । बडाए । र पढाए । २०५१ सालदेखि ती युवक गाडीमा काम गर्न थाले पछि उनका बुबाले गाडीमा काम गर्न छाडेका हुन् । लामो समय धरान–बसन्तपुर गाडीमा हुइकिए । उनी हिड्ने गाडीका चालक थिए भोजपुरका माइला दाई । उनकै साथ सहयोगमा लामो समय गाडीमा काम गरे । उनको त्यो जागिर स्थायी र दिगो नहुने देखेर विदेशीए । गाडमिा काम गर्दा पढेलेखेका कन्ट्रक्याक्टर(सहचालक) कोही बेखर्ची भेटिए वा भाडा तिर्न पैसा नहुनेलाई लिदैंन थिए । बरु अर्को गन्तव्यसम्म पुग्न पैसा दिएर पठाउथे । त्यही भएर उनी कन्ट्रक्याक्टर गरेर धनी हुन सकेनन् । पछि विदेशीए । हाल धरान–१६ मा सानो घर बनाएका छन् । उनका परिवार त्यही बस्छन् । उ भने कतारमा मजदुरी काम गरिरहेका छन् ।

118863616_3463562160360811_5398138235173141482_n 118812507_654096165208160_8283696219532831547_n