•  मदन कार्की

  सुक्ष्म जिवाणु व्याप्त हुन गो,वायु सरी बेगिँदै, हाम्रै उत्तरतर्फको छिमेकमा , आतङ्क मच्चाउँदै । क्वै भन्छन् यसको जनम् हुन गयो , पक्षी पशूबाट रे , क्वै भन्छन् समरार्थ निर्मित हो यो, ऊर्जा रसायेन रे । निर्धा देश र देशबासिहरुले,वाधा पीडा के दिए , हान्नू हुन्न निशस्त्रलाई हतियार् , ख्वै ध्यान कस्ले दिए । जुद्धा साँडहरू जसै मिचिँदछन, निर्दोष बाछाहरू, यसको लक्ष लडाइँ नै यदि भए, मर्छन ती निर्धाहरू । या होस् जैविक या रसायन होवोस, आश्चर्य लाग्दो कुरा, छाती ताकि ति शक्ति केन्द्रहरूको,रोप्तै छ नाङ्गो छुरा । जुन बेला चिनमा भटाभट सबै, मर्दै थिए मानव , त्यै बेला खुसीले मजाक गरथे,ती पश्चिमा दानव । ठान्थे जो जगतै छ आफु वशमा, ती आत्तिँदै छन् अब, दिन्मा दूइ गुना र रात विचमा,चौबर हुँदै छन् शव । संसारै वशमा छ भन्नेहरुका,शक्ति सबै देखिए, कोभिड् नाइन को त औषधि पनी , बन्दा र बन्दी भए । ईर्ष्या , द्वेष , अहम् र राग अहिले,पाल्ने बेला होइन, रक्षा जीवनको गरौँ सब मिली,बन्धुत्व राखीकन । मै लाऊँ मई खाउँको धेय लिई, सर्ने अघि हो भने, जाबो सुक्ष्म जिवाणु नै नियति भै,अस्तित्व भो गुमने ।