भौतिक पुर्वाधार निर्माण सुधार
क्र. सं                            विवरण परिणाम
१ पक्की (कालोपत्रे) सडक                                         २१ किलोमिटर ४०६ मिटर
२ पक्की ढल निर्माण                                                २७ किलोमिटर ९८९ मिटर
३ पक्की सडक मर्मत                                                १८ किलोमिटर १४५ मिटर
४ वाटोको टङ्याक चौडा तथा निर्माण कार्य                         २६ किलो मिटर ८३४ मिटर
५ कच्ची सडक निर्माण तथा मर्मत                                   २० किलो मिटर ३१ मिटर
६ आर सिसि सडक निर्माण                                          २ किलो मिटर ८८ मिटर
७ पदमार्ग निर्माण                                                    ५ किलो मिटर ९५ मिटर
८ थप स्ल्याव निर्माण                                                 २ किलो मिटर ७ मिटर
९ रीटेनिंग वाल निर्माण                                               १ किलो मिटर २७६ मिटर
१० खानेपानी पाईप लाईन्न विस्तार                                   ३ किलोमिटर ८ मिटर
११ कल्भर्ट कजवे  निर्माण                                           ११ स्थान 
१२. धरान उप महानगर क्षेत्र भित्र                                  ६ वटा ठूला पूल निर्माण 
 
 धरान वस पार्कको डिपिआर तयारी भई संघ, प्रदेश र स्थानिय तहबाट करिव ४५ करोडको लागतमा स्मार्ट बसपार्क निर्माण गर्ने गरी प्रदेश सरकारबाट प्रकृया आरम्भ गरेको ।
 जनपथ सडक तथा विजयपूर सडक नगर गौरवका योजना का रुपमा सञ्चालनमा रहेका र यसै आर्थिक 
वर्षमा सम्पन्न हुने गरी वजेट व्यवस्था भई काम भई रहेको ।
 सेउती सर्दु कटान नियन्त्रणका लागि संघ सरकारबाट पक्की वाल निर्माण गरी वाटो समेत निर्माण गर्न वहुवर्षे योजना अन्तर्गत यो वर्ष सेउती तर्फ ५ करोड, सर्दु तर्फ ५ करोड वजेट विनियोजन भई योजना सञ्चालनप्रकृया आरम्भ भएको र सर्दु तर्फ प्रदेश सरकारबाट थप ८ करोड प्रदान गर्ने निर्णय भई काम शुरु भएको ।
 धरानलाई वाह्य क्षेत्रसँग नियमित आवागमन सुनिश्चितताका लागि सर्दु खोला,पटनालीखोला, ठकुरी खोलामा पूल निर्माण सम्पन्न भई सकेको । विष्णु पादुका वडा नं २० हुँदै धनकुटा आहाले सम्म आवत जावतकालागि सर्दू खोलामा ३ वटा पूल निर्माणाधिन रहेका ।
 नगरक्षेत्रका खोला तथा खहरे कटान नियन्त्रणको कार्य नियमितरुपमा गरिएको ।
 सेउती र सेरा खोलामा एक एक वटा पूल निर्माण सम्पन्न्न भई सकेका र सेउतीमा २ वटा तथा अँधेरी  खोलामा पूल निर्माणाधिन अवस्थामा रहेका ।
 प्रदेश सरकारबाट धरान १५ निराजन वस्तिबाट धरान २० हर्दिया हुँदै कन्या पोखरी सम्मको वाटो निर्माणका लागि करीव ५० करोडको लगानीमा वहु वर्षिय योजना अन्तर्गत निर्माण प्रकृया शुरु भएको । 
 प्रदेश सरकारको लगानीमा धरान ५ खैरेनीबाट ठिंगावारी, साउने मनुवाटार हुँदै वडा नं. ४ को सुमनटारबाट हर्दिया जोड्ने वाटो वहुवषर््िाय योजना अन्तर्गत निर्माणाधिन रहेको ।
 प्रदेश सरकारले धरानबाट मूलघाट सम्म जाने सुरुंग मार्ग सम्भाव्यता अध्ययनका लागि चालु आर्थिक वर्षमा वजेट व्यवस्था गरी कार्य आरम्भ गरेको ।
 सबै वडामा विद्युत क्षमता विस्तारका लागि आवश्यक  विद्युत पोल तथा टूान्सफर्मरको व्यवस्था गरी विद्युतआपूर्ति सहज वनाईएको । 
 जिर्ण अवस्थाको सभागृह मरम्मत तथा पुनर्निर्माणका लागि नगर पालिकाबाट नै २ करोड ५० लाख विनियोजन गरी कार्य आरम्भ गरिएको ।
 धरान ५ देवीगाउँमा गौरवपूर्ण वाटो निर्माण कार्य अन्तर्गत ढल र वाटो पूरा गरी कालो पत्रे चरणमा रहेको ।
 धरान १६ जनपथ मार्ग  धरान ३ जाल्पा रोड, धरान १५ आडा रोडका लागि सघिय सरकारबाट वजेट प्राप्तभई कार्य भई रहेको ।ं
 धरान ६ माथिल्लो पानवारीबाट चोक्टी जोड्ने वाटो निर्माणाधिन रहेको ।
 धरान ८ परिवार नियोजन देखि ३ ढ्वाँगे सम्म, धरान ९, १०, १६ र १९ मा दुवै तर्फ खहरे कोरीडोर 
निर्माण भईरहेको ।
 संघिय माननीय कोषबाट धरानदेखि बक्लौरी, भरौल, झुम्का, रामधुनी जोडने सडक बहु वर्षीय योजना अन्तर्गत निर्माण भई रहेको ।
 नगरपालिकाबाट पुराना एतिहासिक चोकहरु (रेल्वे, फुस्रे, बिजयपुर) सुधार र विकाशका लागि चालु आर्थिक वर्षमा बजेट ब्यवस्था गरि काम भई रहेको ।
 तिनकुनेबाट जिरोप्वाईन्टसम्मको मुख्य सडक मर्मतका लागि प्रदेश सरकारबाट रु ३ करोड बिनियोजन भई काम शुरु भएको । खानेपानी व्यवस्थापन 
 एकीकृत शहरी विकास योजना अन्तर्गत सञ्चालित खानेपानी परियोजना को भौतिक निर्माण कार्य पूरा भएको 
 साविक खानेपानी संस्थान धरान शाखाको सम्पत्ति दायित्व धरान खानेपानी वोर्डमा ल्याई सकिएको र 
अव खानेपानी व्यवस्थापनका लागि पूरानो संरचना र नयाँ संरचनालाई एकिकरण गर्ने कार्य भई रहेको ।
 १७ नं वडा र १५ नं वडामा नयाँ संरचना अन्तर्गत खानेपानी वितरण भई रहेको र अन्य वडामा क्रमशः 
वितरण गर्दै जाने ।
 वडा नं. ६,५ ४ र २० मा खाने पानी व्यवस्थापनका लागी सुधार तथा विस्तार कार्य गरिएको ।
खेलकुद विकास 
 नगर स्तरीय खेलकुद समिति गठन र परिचालन गरिएको छ ।
 नगर, प्रदेश तथा संघीय माननीय कोषबाट विभिन्न वडाका १४ वटा खैल मैदान निर्माण तथा मर्मत सम्भार गरिएको
 पुर्वाञ्चलमा पहिलो वास्केटवलको ईण्डोर्स कोर्ट निर्माण
 वार्षिक रुपमा मा. वि. स्तरीय मेयर कप ओलम्पिक सञ्चालन
 धरान १५ खोरीया वस्तिमा भक्तराज कन्दंग्वा क्रिकेट मैदान निर्माणमा चालु आर्थिक वर्षमा 
एक करोड विनियोजन भएको ।
 धरानलाई खेलकुदको शहर वनाउन खेल ग्रामका लागि ५ करोडको वजेट व्यवस्था तथा डिपिआर तयारी।
 धरान रंगशाला निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट रु दुई करोड विनियोजन भएको ।
 खेलाडीहरुको प्रोत्साहनका लागि नगर वर्ष खेलाडी घोषणा र पुरस्कृत गर्ने कार्यको थालनी
 वुढासुब्बा गोल्डकप लाई नियमित प्रबद्र्धन र सहयोग
 विभिन्न विधा र क्षेत्रका खेल प्रतियोगिताका लागि सहयोगको व्यवस्था
 धरान ६ मा अन्तराष्टिय हक्की मैदान निर्माणका लागि प्रस्ताव गरी सकारात्मक  पहल कदमी । साथै धरान ६ सिमलचौरी खेल मैदानका लागि क्रमागत योजना अन्तर्गत चालु आर्थिक वर्षमा थप १५ लाख विनियोजन ।
पर्यटन विकास
 धरानमा पर्यटनको प्रदेश निर्देशनालय स्थापना का लागि प्रदेश सरकारबाट निर्णय भई कार्य आरम्भ भएको ।
 नगरमा पर्यटन विकास समिति गठन गरी सो समिति मार्फत संस्थागत काम भई  भईरहेको ।
 धरानलाई एशिया प्रशान्त क्षेत्र स्तरीय पर्यटन प्रबद्र्धन संस्था ९त्एइ० को सदस्यता प्राप्त गरेको साथै विकसित र विकासोन्मुख नगर हरुको संगठन ऋष्तथ ल्भत को सदस्यता प्राप्त गरेको ।
 धरान चिनाउने पर्यटन सामग्री पोष्टर, पुस्तिका, व्रोसर, पर्यटकीय डकुमेण्टी तयार र प्रचार प्रसार गरिएको ।
 धरान  २० मा कोकाहा र माछामारा सामुदायिक होम स्टे तथा  धरान ४ मा देवीथान सामुदायिक 
होम स्टे सञ्चालन गरिएको साथै पर्यटकीय क्षेत्र विकास भौतिक पूर्वाधार निर्माण र सुधार गरिएको ।
 नगर क्षेत्रका ऐतिहासिक दरबार तथा गढी हरुको संरक्षण कार्य नेपाली सेनाको सहकार्यमा आरम्भ गरिएको ।
 विष्णु पादुका मन्दिर क्षेत्रको सौन्दर्यकरणका लागि निजि क्षेत्रसँगको साझेदारीमा कार्य आरम्भ
 मूल वजारको सौन्दर्यकरण तथा हरीयाली प्रबद्र्धन साथै पुष्प व्यवसायी  सँगको साझेदारीमा नियमित 
मौसमि फूलको व्यवस्था ।
 पर्यटन प्रबद्र्धनका लागि पर्यटन वोर्डबाट आयोजना गरिने पर्यटन व्यवसायिहरुको अन्तर्राष्टिय मेला 
ईष्ट टुरीजम मार्ट धरानमा  नै सम्पन्न गरी  धरानमा नियमित हुुने गरी सुनिश्चित  भएको ।
 संघिय सरकारबाट विजयपुर क्षेत्रको पर्यटकीय गुरु योजना तयारी गरिएको ।
 संघीय सरकारबाट नेपालका १०० पर्यटकीय गन्तव्य अन्तर्गत धरान  पिण्डेश्वर, दन्तकाली क्षेत्रलाई 
समावेश गरी वजेटको व्यवस्था गरी सोही बजेटबाट सिंहदेवी चौकबाट दन्तकाली जाने सुन्दर पदमार्ग 
निर्माण गरिएको ।
 प्रदेश सरकारबाट हर्दियामा मनमोहन शहिद स्मृति पार्क, भ्यू पोईण्ट का लागि वजेटको व्यवस्था, धरान २० चिण्डे डाँडामा भ्यू टावर निर्माण कार्य आरम्भ ।
 प्रदेश सरकारबाट पिण्डेश्वर ,दन्तकाली, वुढासुब्बा, विष्णु पादुका क्षेत्रको विकासका लागि वजेट व्यवस्था 
गरी ति क्षेत्रहरुको स्तरोन्नति र सौन्दर्यकरण 
 प्रदेश सरकारबाट धरान भेडेटार  नाम्जेमा केवलकार निर्माणको घोषणा ।
 प्रदेश सरकारबाट धरानलाई पर्यटकीय नगर प्रवद्र्धन गर्न चालु आर्थिक वर्षमा करीव १ करोड ५० लाख विनियोजन गरी प्रकृया आरम्भ गरेको ।
 साहसिक खेलहरु (पाराग्लाईडिंग,रक क्लाईम्विंग,जिप प्m्लाईग, साईक्लिंग,र्याफ्रटींग ) आदिको प्रबद्र्धन साथै एक्स्ट्रीम पार्क निर्माण कार्यको पहल  भएको ।
 स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न पर्यटकीय गाडीहरुलाई नगर क्षेत्रमा कर नलिने व्यवस्था गरेको ।
 धरानको ईतिहास लेखन कार्य आरम्भ गरिएको ।
 धरान–२० र धरान–४ मा करीव ६ किलोमिटर पर्यटकीय पदमार्ग स्तरोन्नति गरिएको ।
 ईलाम, धुलिखेल नगर पालिकासँग भगिनि सम्बन्ध स्थापना गरिएको र सिक्कीम गान्तोक सँगको भगिनि 
सम्बन्ध स्थापनाको चरणमा रहेको । फोहारमैला व्यवस्थापन र वातावरण 
 मुख्य वजार क्षेत्रको फोहोर आजको फोहोर राती नै उठाउने व्यवस्था गरिएको ।
 निजि क्षेत्रको लगानीमा धरान ६ पानमारीमा फोहोरबाट ग्याँस उत्पादन गर्ने प्लाण्ट निर्माण सम्पन्न भई 
परिक्षण उत्पादनको चरणमा पुगेको ।
 नेपाल  सरकार वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र तथा विश्व बैंकले सो प्लाण्टबाट उत्पादित ग्याँसलाई 
वडा नं. ६ का करीव २००० घरमा पाईपबाट वितरणको सम्भाव्यता अध्ययन गरि रहेको ।
 वडा नं. ७ मा एक घर एक गमला , एक विरुवा कार्यक्रम सम्पन्न भएको ।
 हड्डि ग्य्राण्डर मेशिन प्रदान गरी सो मेसिनबाट हड्डीबाट मल वनाउन कार्य भईरहेको ।
 कला साहित्य संस्कृति
 धरान प्रज्ञा प्रतिष्ठान गठन गरी संस्थागत कार्य भई रहेको ।
 कला कार्यशाला, नाट्य महोत्सव , वहुभाषिक कवि गोष्ठी, लोक नृत्य प्रतियोगिता लाई नियमित सञ्चालनको वयवस्था मिलाईएको ।
 प्रदेश सरकारको आयोजना र नगर पालिकाको संयोजनमा  राष्ट्रिय चलचित्र महोत्सव आयोजनाको 
तयारी पुरा भएको । 
आदिवासी जनजाति विकास
 नगर स्तरीय आदिवासी जनजाति विकास समिति गठन गरी योजनावद्ध काम भई रहेको ।
 विभिन्न जातिहरुको भाषा , संस्कृति संरक्षणका लागि वार्षिक कार्यक्रम सञ्चालन भएका । आदिवासी जनजाति विकासका लागि  नगर तथा प्रत्येक वडामा लक्षित वजेट व्यवस्था गरी छुट्टै शीप विकास तथा क्षमताविकास  कार्यक्रम सञ्चालन गरिएको ।
 वडा नं १४ मा निर्माणाधिन वहुजातिय संग्रहालय निर्माणका लागि प्रदेश सरकारबाट वाषर््िाक रुपमा वजेट 
व्यवस्था गरी निर्माण कार्य सुचारु गरिएको साथै संघिय सरकार तथा स्थानिय सरकारको साझेदारीमा निर्माण सम्पन्न हुने गरी रु १२ करोड प्रस्ताव गरिएको र यो योजना राष्ट्रिय योजना आयोगबाट निर्णय हुने चरणमा । 
दलित विकास
 नगर पालिकामा दलित विकास समिति गठन गरी संस्थागत योजना र विकास गरिएको ।
 प्रत्येक वडामा दलित लक्षित वजेट व्यवस्था गरी क्षमता विकास, सचेतना र सशक्तिकरण कार्यक्रम
सञ्चालन गरिएको ।
 प्रदेश माननीय कोष , संघ माननीय कोष तथा नगर पालिकाबाट समेत दलित संघ संस्थाहरुको भवन निर्माणका लागि वजेट व्यवस्था गरिएको ।
 
वालवालिका 
 नगरलाई पूर्ण खोप सुनिश्चित नगर वनाईएको ।
 १२ वटा वडा लाई वालमैत्री वडा वनाई वाल मैत्री नगर घोषणाको तयारी अवस्थामा रहेको ।
 एक वडा एक वाल उद्यान निति अन्तर्गत ४ वटा वडामा वाल उद्यान निर्माण आरम्भ गरिएको 
 चालु आर्थिक वर्ष देखि क्रमशं सबै वडामा वाल उद्यान निर्माण कार्य आरम्भ गरिएको ।
 नगर वाल सञ्जाल तथा वडामा वाल क्लवहरु गठन र परिचालन गरिएको । 
महिला 
 उप प्रमुख महिला उद्यमशिलता कार्यक्रम  साझेदारीमा सञ्चालन गर्ने गरी आरम्भ गरिएको ।
 महिला मैत्री एवं लैंगिक मैत्री वजेट कार्यान्वयन गरिएको ।
 महिला लक्षित वजेट विनियोजन गरि प्रत्येक वडामा महिला शसक्तिकरण ,क्षमता विकास, शीपमूलक र आय आर्जनका कार्यक्रम सञ्चालन गरिएको ।
 प्रदेश सरकार र नगर पालिकाको संयुक्त लगानीमा एकल महिला उद्यमशीलताका लागि पुष्प खेति प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको । 
 नगर महिला सञ्जाल लाई संयोजन गरी  विविध कार्यक्रम सञ्चालन गरिएको । 
 वडा नं. ७ बाट लीला श्रेष्ठ (सुब्बा) सुरक्षीत मातृत्व कार्यक्रम शुरु गरिएको । जेष्ठ नागरीक
 जेष्ठ नागरीकका लागि संघिय सरकारबाट प्रदान गरिने मासिक भत्ता रु. ३००० पुर्याईएको ।
 नगर पालिकाबाट चालु आर्थिक वर्षबाट विपन्न जेष्ठ नागरीकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा 
प्रदान गरिएको ।
 चालु अर्थिक वर्षबाट विपन्न जेष्ठ नागरीकहरुलाई कृत्रिम दाँत लगाउने कार्यक्रम  (नक्कली दाँत सक्कलि 
हाँसो कार्यक्रम )आरम्भ गरिएको 
 जेष्ठ नागरीक मिलन केन्द्र लाई संस्थागत सहयोग र समन्वय गरिएको ।
 प्रत्येक वडामा ज्येष्ठ नागरीक लक्षित वजेटको व्यवस्था गरी जेष्ठ नागरीक सम्मान गरिएको ।
 वडा नंं ६ स्थित ईन्द्र प्रस्थ जेष्ठ नागरीक केन्द्र लाई नगर ,प्रदेश र संघिय माननीय कोषबाट समेत 
संस्थागत सहयोग गरिएको अपाङ्गता तथा यौनिक अल्पसंख्यक
 अपाङ्गता भएकाहरु तथा यौनिक अल्पसंख्यकहरुको संस्थागत क्षमता विकाश एवं शसक्तिकरणका 
लागी विभिन्न कार्यक्रम संचालन गरिएको । सुःशासन र सामाजिक परिचालन
 नगर पालिकामा ३२ वटा  कानुन निर्माण गरिएको ।
 २४० वटा टोल विकास संस्था गठन गरी ति टोल विकास संस्था मार्फत सामाजिक परिचालनको कार्य भई रहेको ।
 २० वटै वडा कार्यालयबाट विद्युतिय सुशासन सेवा सञ्चालन गरिएको  ।
 ८ वटा वडा कार्यालयबाट  सम्पति कर, मालपोत, व्यवसायकर लगायतका करहरु  असुलि गरिएको र 
सबै वडामा यो सेवा  चालु आर्थिक वर्षमा नै पुर्याईने ।
 नगर पालिकाका सबै सेवाहरुलाई विद्युतिय माध्यमबाट प्रदान गरिएको ।
 नगरको विद्युतिय प्रोफायल निर्माण भई रहेको ।
 न्यायिक समितिबाट प्रभावकारी न्याय सम्पादन गरिएको ।
 नगर प्रहरीको व्यवस्था गरी वजार सुव्यवस्था कायम गरिएको  ।
 नियमित वजार अनुगमन र सुपरिवेक्षणको व्यवस्था मिलाईएको ।
 नगरपालिकाको आन्तरीक आम्दानि सुदृढ हुँदै गएको  ।
 
आर्थिक क्षेत्र
सहकारीता 
 सहकारीता विकासका लागि सहकारी विकास समिति गठन गरी संस्थागत काम गरिएको ।
 नगर सहकारी ऐन निर्माण गरि सहकारी सुःशासन कायम गरिएको ।
 सहकारीहरुको क्षमता विकासका लागि नगरपालिकाबाट बजेट ब्यवस्था गरिएको ।
 नगरका सबै सहकारीहरुका लागि एकै प्रकारको सफ्टवेयर लागु गरी सो सम्बन्धि तालिम प्दान गरिएको ।
 सहकारी अनुगमन गर्दै सूचना व्यवस्थापन र प्रकाशन गरिएको छ ।
 
कृषि
 कृषि विकासका लागि कृषि अनुदान प्रदान गरिएको ।
 वडा नं. २० मा मौरी पालक किसानहरुलाई मौरी घार अनुदानमा वितरण 
 खनजोतका लागि हाते पावर टेलर अनुदानमा वितरण 
 कृषि सामग्री अन्तर्गत आधुनिक व्यवसायिक तरकारी खेतिका लागि प्लाष्टिक टनेल,  थोपा सिंचाईका सामग्री वेसारका लागि डूायर मेसिन वितरण ।
 कृषक समूहलाई संस्थागत सञ्चालनको व्यवस्था मिलाईएको ।
 तरकारीको विउ तथा फुलका बिरुवाहरु किशानलाई निःशुल्क वितरण गरिएको । 
 नियमित माटो परिक्षणको व्यवस्था मिलाईएको छ ।
 ४ नंं वडामा कागति खेति प्रबद्र्धनका लागि विरुवा अनुदान र तालिम प्रदान गरिएको ।
 १३ नं. वडा स्थित कृषि वजारको स्तरोन्नति गरिएको । व्यवस्थित गोदाम घर, व्यवस्थित वाख्रा वजार, 
व्यवस्थित क्याण्टिन निर्माण गरिएको ।
 धरान ३  चिनियाँ चौकको पालिका तरकारी वजारलाई वहुतले र आधुनिक वनाउन यसै वर्ष संघिय सरकारबाट १ करोड ६२ लाख बिनियोजन भई कार्य आरम्भ भई रहेको । 
पशु विकास
 पशु पालक कृषक तथा वंगुर पालक कृषकका लागि नगदै अनुदान प्रदान गरिएको छ ।
 अति विपन्न किसानहरुका लागि वोयर वोका ,वाख्रा,  वंगुरका पाठा निःशुल्क वितरण गरिएको छ ।
 कृत्रिम गर्भाधान ,पशुहरुमा लाग्ने विभिन्न  संक्रामक रोगको निःशुलक उपचारको व्यवस्था मिलाईएको छ ।
 पशु पालक किसानहरुका लागि निःशुल्क घाँसको विउ उपलब्ध गराईएको छ । उद्यम प्रवर्धन तथा औद्योगिक विकाश 
 उद्यम प्रवद्र्धन समिति गठन गरि  सोही समिति मार्फत  उद्यम विकास योजना तयार गरी लागु गरिएको छ ।
 नगरपालिकाको प्रस्तावमा संघिय सरकारको निर्णयबाट धरान ६ मा करिव २५ बिघा औद्योगिक ग्राम स्थापनाको काम शुरु भएको।
 सवै वडामा बिभिन्न विषयमा शिपमुलक तथा ब्यवसायीक तालिम संचालन गरिएको ।
 युवा लक्षित शिपमुलक र रोजगार मुलक तालिमहरु संचालन गरिएको ।
 
शिक्षा 
 नौ वटा सामुदायिक विद्यालय भवन निर्माण तथा मरम्मत गरिएको ।
 संघ र स्थानिय तहबाट विद्यालयलाई आई टि सुविधाका लागि भौतिक र प्राविधिक सहयोग गरिएको ।
 कक्षा ८ को परीक्षा नगर स्तरीय परीक्षाको रुपमा सञ्चालनको व्यवस्था मिलाईएको ।
 वालकक्षाका सहयोगी कार्यकर्ता तथा सामुदायिक विद्याहरुको सुविधा वृद्धि नगर पालिकाबाट गरिएको ।
 नियमित विद्यालय सहयोग कार्यक्रम संचालन गरिएको ।
 
स्वास्थ्य
 वडा नंं १७ मा नगर स्तरीय शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र स्थापना र सञ्चालन गरिएको ।
 शहरी स्वास्थ्य केन्द्र हरुको स्तरोन्नति गरिएको ।
 धरान ४ हर्दियामा स्वास्थ्य चौकी भवन चालु आर्थिक वर्षमा निर्माण हुने  ।
 महिला स्वास्थ्य स्वयं सेविकाका परिवार समेतको स्वास्थ्य विमा लगायत सुविधा वृद्धि का साथै निवृत्ति 
अनुदानको व्यवस्था गरिएको ।
 वडाहरुमा निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरिएका ।
 चालु आर्थिक वर्षमा  सबै वडाहरुमा (वडा नं १८ वाहेक विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएका 
कारण ) आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भई सञ्चालन हुने ।
 चालु आर्थिक वर्षमा वडा वडामा विशेषज्ञ डाक्टरहरुको सेवा सुनिश्चितताका लागि व्यवस्था गरिएको ।
 
मजदूर
 समान कामका लागि समान ज्याला लागु गर्न प्रकृयाको थालनी गरिएको ।
 असंगठीत क्षेत्रका मजदूरहरुलाई सूचिकरण गरी परिचय पत्र प्रदान गर्न थालनी गरिएको ।
 नगर पालिकामा मजदूर  डेस्कको स्थापना गरी १० लाख बजेट विनियोज गएिको ।
 
सुकुम्वासी तथा अव्यवस्थित वसोवास
 उप महानगर पालिकामा सुकुम्वासी व्यवस्थापन समिति गठन गरी संस्थागत कार्य आरम्भ गरिएको ।
 सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरका लागि सूचिकरण गर्दै घर नम्बर प्रदान गरिएको ।
 आधारभूत वस्ति संरक्षणका लागि विशेष कार्य सञ्चालन गरेको ।
 
बांकी कामहरु पुरा गर्न
तपाईहरुको मत फेरी पनि सूर्यमा 
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
धरान उपमहानगर निर्वाचन परिचालन कमिटी