राणा कालिनसमयमा बनेको पुरानो मुलुकी ऐनलाई विस्थापित गर्ने भदौं १ गतेदेखि नयाँ कानून लागू भएको छ । कानुनका प्रावधान के कस्ता छन् त्यस विषयमा बहस जरुरी छ ।
निश्चय नै सस्तो लोकप्रियता चाहने नेताहरु बदलिरहन्छन् । उनीहरु निहीत स्वार्थमा नियम र कानून बनाउँन चाहन्छन् । नेतृत्वमा पुगेका व्यक्तिमा नागरिकको खवरदारी भएन भने उनीहरुको स्वार्थमा काम हुन्छ । त्यस प्रति नागरिक जागरुक हुनु पर्दछ ।
स्वास्थ्यकर्मीहरु आफ्ना बिरामीहरुका कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने कुरा प्रति अत्यन्तै संवेदनशील हुन्छन् । स्वास्थ्य सेवा, आकास्मिक सेवा, आर्मी, पुलिस आदि सेवाहरु अति नै सम्वेदनशील सेवाहरु हुन् । यसमा हरेक दिन नयाँ कानून, नयाँ निष्कर्ष बन्न सक्दैन । दिनरात काममा तल्लिन हुनुपर्ने, बढि समय खर्चनू पर्ने हुन्छ । यस्तो अवस्थामा सरकारले नयाँ कानून बनाउँदा धेरै विचार पु¥याउनु पर्ने हुन्छ । यसको अर्थ चिकित्सकहरुलाई भने कानुननै लाग्नु हुदैन भन्ने चाही होईन ।
हामीले नीति राम्रो बनाउन सक्यौ भने नियत आफै ठिकमा आउछ । नीति बनाएर कार्यन्वयलाई पनि ध्यान दिनु पर्दछ । मुलुकमा बढेको दण्डहिनतालाई रोकेर राज्यले सबै क्षेत्रलाई व्यवस्थित गर्ने हो भने खराव नियत राख्ने आफै ठेगान लाग्ने छन् ।
चिकित्सा क्षेत्रमा पनि लापारवाहीको पराकाष्ठ नभएको होईन । यसलाई सुधारको जरुरत छ । हामीले सुन्ने गरेका छौं, भोगेका छौ, दाहिनेतिरको अप्रेसन गर्नुपर्नेमा देब्रेतिर अप्रेसन हुने । यस्तो हुन नदिन त कडा कानुन जरुरी हुन्छ । टिममा गर्ने काम गर्दा सबैको जिम्मेवारी बराबर हुनु पर्दछ ।