धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मेजेन्सी(आकस्मिक कक्ष)को क्षमता भन्दा बढि विमारीको चापले उपचारमा समस्या भएको छ । २० बर्षको विमारी अनुपातमा सन् १९९२ सालमा ६० बेडको आकस्मिक सेवा विसतार गरिएको हालको विमारी चाप थेग्न नसकेर प्रतिष्ठानले गुणस्तरिय सेवा दिन सकेको छैन् ।
ऋाकस्मिक विभागका विभागीय प्रमुख डा. ज्ञानेन्द्र मल्लका अनुसार ६० जनाको बेड क्षमता छ तर विमारी दैनिक १ सय २० भन्दा बढि आउने गरेका छन् । केही जटिल विमारी रहने हुदा ६० क्षमताको बेडमा ३ सय ५० जना सम्म विमारी उपचार गर्नु परेको उनले गुनासो गरे ।
विमारीकै चापका कारण अहिले प्रतिष्ठानको आकस्मिक कक्ष अस्तव्यस्त बनेको छ । दक्ष चिकित्सक भएर पनि विमारीको बढि चापले उपचारमा संलग्न चिकित्सकलाई उपचारमा समेत कठिनाई भएको छ ।
केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण भाइरल ज्वरो, रुघा खोकी झाडापखाला लगायतका विरामी उपचारका लागि अहिले प्रतिष्ठानमा आउने गरेका छन् । अत्याधिक चापकै कारण उपचारमा आएका विरामीहरुलाई वेड अभाव भए पछि भुईमा राखेर उपचार गरिदै आएको छ ।
पूर्वको रेफरल सेन्टरको रुपमा विस्तार भएको प्रतिष्ठानमा भारतको विहार राज्यबाट पनि उपचारका लागि आउने गर्दछन् । पूर्वी नेपाल तथा भारतका समेत विमारी यहाँ आउने भएकाले अकास्मिक कक्षमा बढि भीड हुने गरेको छ । ‘राम्रो उपचार भएन भनेर विमारीले गुनासो गर्नु हुन्छ तर चिकित्सकहरुले थाम्न नसक्ने विमारीकाे चापका कारण समस्या हुदै अाएकाे छ ।’–प्रमुख मल्लले भने–‘हामीसँग प्रयाप्त जनशक्ति छ तर ढुक्कले् काम गर्ने वातावरण छैन् ।’ उनका अनुसार दैनिक २२ जना जुनियर डाक्टरहरु रहेका हुन्छन् उनीहरुलाई निगरानी गर्न १०/१२ जना विशेषज्ञ डाक्टरहरुसँगै रहन्छन् ।

प्रतिष्ठनाले आन्तरिक श्रोतबाट आकस्मिक कक्षको ४० वेड क्षमताको अव्जवेसन कक्ष निर्माण शुरु गरेको थियो तर स्वास्थ्य मन्त्रिको ढाडो निर्देशनमा भवन निर्माण कार्य रोकिएको छ । विस्तार गर्न थप भवन निर्माणको काम शुरु भए कै दिन स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको निर्देशनमा रोकिएको हो । 
आकस्मिक कक्षमा क्षमताभन्दा बढी विरामीहरुको चाप बढे पछि आकस्मिक कक्ष विभागले क्षमता बढाउन प्रशासनमा माग गरेको थियो । उक्त कामका लागि मन्त्रलायले बजेट नदिए पछि अस्पताल प्रशासनले आन्तरिक श्रोतबाट खर्च गर्ने गरि गत विहीबार मात्र हालको आकस्मिक कक्ष पछाडी खाली रहेको जग्गामा भवन निर्माणको काम शुरु गरेको थियो । तर सोही दिने मन्त्रि यादवले फोन गरेर रोक्न निर्देशन दिएको प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले जानकारी दिए ।
आकस्मिक कक्ष विस्तार निर्माण कार्यको ठेक्का सुनकोशी प्रजित जेभीले २ करोड ४६ लाख ६२ हजार ५५१ मा ठेक्का पाएको थियो । करिब ६ महिनाभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने सम्झौता भएको थियो ।
अस्पतालका निर्देशक डा.गौरिशंकर साहले आकस्मिक कक्षमा समस्या भएको बताए । समस्या भएर भवन थप गर्न आन्तरिक श्रोतबाट काम शुरु गरेको तर मनत्रालयबाटै रोकिएको उनले बताए ।