सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुनेगर्छ । नियमित महिनाबारी अरु बेलाभन्दा अगाडि पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भन्न सकिन्छ । महिनावारी सुरु हुँदा कुनै किशोरीलाई १–२ महिनासम्म पनि महिनावारी नहुन सक्छ तर बिस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ।
विभिन्न कारणले महिनावारी गडबडी हुने गर्छ । महिनावारीको गडबडी मुख्यतः हार्मोनल कारणसँग जोडिएको हुन्छ । ओभरीमा ‘पोलिस्टिक’ हर्मोन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ । अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ।

आजभोलि धेरै जस्तो युवतीमा पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी गडबडीको समस्या हुने गरेको छ । पोलिसिस्टिकमा महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने हुन्छ । पोलिसिस्टिक भएका महिलाका थुप्रै अन्डा हुन्छन् र सबै अन्डाबाट अलिअलि हर्मोन निस्किएर हर्मोन असन्तुलित हुनेगर्छ। हर्मोन असन्तुलित भएपछि महिनावारीमा गडबडी आउँछ।

पोलिसिस्टिक प्रकृतिक समस्या हो । तर, अहिले जुन रुपमा देखा परेको छ यो सबै जीवनशैली, वातावरणीय समस्या, मानसिक तनाव, मानसिक रोगको औषधि सेवन आदि कारणले गर्दा हो । महिनावारी गडबडी हुँदा डन्डीफोर आउने, मोटाउने, बच्चा नबस्ने, ढिला बस्ने, शरीरका विभिन्न भागमा रौं आउने समस्या देखा पर्छन्।

यो समस्या कसैकसैलाई वंशाणुगत कारणले पनि हुन सक्छ । कसैलाई पाठेघरको रोग ९ फाइब्रोइड÷पोलिप०, पाठेघरमा पानीको फोक्का र कसैलाई रगत नजम्ने समस्याले पनि गडबडी हुन सक्छ। तनाव, भागदौड, मानसिक तनाव, खानपान, धूमपान, मध्यपान आदिले ‘हर्मोनल इम्ब्यालेसन्स’ हुन्छ र महिनावारीमा गडबड हुन जान्छ ।

चाडबाडका बेला वा अरु कुनै बेला पनि महिनावारीलाई पर सार्नुप(यो भन्दै जथभावी खाइने औषधिले पनि महिनावारी गडबडीको समस्या निम्त्याउँछ। गर्भनिरोधक चक्कीले गर्दा पनि यस्तो समस्या आउन सक्छ । तीन महिने सुइले पनि महिनावारी गडबड हुन सक्छ।

सामान्यतः महिनावारी सुरु भएको केही वर्ष र सुक्न लागेको केही वर्ष महिनावारीको गडबडी हुन सक्छ। कहिलेकाहीँ महिनावारी भएको १४–१५ दिनमा अलिअलि रगत देखा पर्न सक्छ, यो अवस्था सामान्य पनि हुन सक्छ । त्यसलाई ‘ओभ्युलेसन ब्लिडिङ’ भनिन्छ।

कसरी बच्ने 
– महिनावारी गडबड हुन नदिन जीवनशैली परिवर्तन गर्नुपर्छ ।
– पोषिलो खानेकुरा खानुपर्छ । प्रदुषित वातावरणबाट जोगिनुपर्छ ।
– नियमित चेकजाच गराउनुपर्छ ।
– आफ्नो शरीरमा कुनै रोग देखियो भने हेलचेक्याइँ नगरी तुरुन्त उपचार गर्नुपर्छ।
– नियमित व्यायम गर्नुपर्छ ।
– शरीरलाई मोटो हुन दिनु हुँदैन ।
– गर्व निरोधक चक्की खाँदा चिकित्सकसँग सल्लाह गरेर मात्र खानुपर्छ ।
– महिनावारी भनेको नियमित प्रक्रिया हो, त्यसलाई रोक्न औषधि खानु हुँदैन । एजेन्सी