नेपाललाई आदिकवि भानुभक्त आचार्यले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । वि।सं। १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

वधुशिक्षाु उनको प्रसिद्ध कृति हो । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र भोलिवादुका कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए ।
भोलि भोलि भन्दैमा सब घर बितिगो
बक्सियोस् आज झोली ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली साँस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनामा भानुभक्तको ऐतिहासिक योगदान छ । अयोध्याका राजा रामको जीवनीलाई सरल नेपाली भाषामा लेखिएको ुरामायणुमार्फत प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । रामायण अहिले पनि नेपालीहरूको घर(घरमा सस्वर लय हालेर पाठ गरिन्छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । भानु जयन्तीका दिन भानुभक्तको फोटोलाई रथारोहण गराई राजधानीका विभिन्न ठाउँमा प्रभातफेरिको आयोजना वि। सं। २०३४ देखि गर्ने गरिएको छ ।

आदिकवि आचार्यको जन्मस्थल तनहुँ चुँदीरम्घास्थित ऐतिहासिक घर २०६० साल वैशाख ११ गतेदेखि तीन दिनसम्म लगातार जङ्गलमा लागेको आगोका कारण जलेर पूर्णरूपमा ध्वस्त भयो । त्यसको पुनःनिर्माण हुन सकेको छैन । डुम्रे(बेसीशहर सडकलाई भानुभक्त आचार्य मार्ग नाम दिइएको छ । उक्त मार्ग ४२।७७ कि।मि। लामो छ ।


भानुभक्तका केही कविता यस्ता छन्
एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को हित् गरौ भनि
ब्रम्ह्ना ताहि थिया पर्या चरगनमा खुसि गराया पनि
क्या सोद्च्हौ तिमी सोध् म भन्च्हु म भनि मर्जि भयेथ्यो जसै
ब्रम्ह्नाको करुना भुजेर रिसिले बिन्ति गर्या यो तसै ।
हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रया छु कछु
बाकि छइन तथा बिसुन्न इछया म यो गर्द्छु
आउ लाज भयो कलि बखतम प्रानि दुराच्रार भइ
गर्न्याछन सब पाप् पनि सरलका निस्काम तिमा गइ ।
साच्ह्यो कुरा गरि नकोइ अरुकोइ गर्नन् त निन्दा पनि
अर्कको धन खानलाई अभिला गर्नन् तद यो भनि
कोहि जान् परत्रिमा रतहुनन कोही त हिम्सा महा
दिनइलाई त अत्मा जानि रहलान् नत्तिक पसु झहि कहा ।


भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति

अमरावती कान्तिपुरी नगरी
कतिका दिन याहिँ बिते सुखले
यतिका कविता रचिए मुखले ।
अब झल्झल भो म भुलूँ कसरी
अमरावति कान्तिपुरी नगरीू
ूकहीं घर्घर ज्यावल९मेशिनको
कहीं चिर्वीर गान् रसिला चरिको
हरियो गहुँ झुल्दछ फाँटभरी
अलकापुरि कान्तिपुरी नगरी ।
ूकटि कूच कसी हिँडन्या युवती
चलन्या पथमा नलजाई रति
सँगमा छ युवादल वरिपरि
अमरावति कान्तिपुरी नगरी ।
ूमृत मूषिकको बुटि झर्छ जहाँ
हिँड्दा डुलँदा टुपि जल्छ जहाँ
कुतिको कलरव् अँझ ओरिपरि
अमरावति कान्तिपुरी नगरी ।
थलियाभरि पस्कि झिँङ्गालु रस
अटियाउपरै कुतिसाथ बस
खूब खाऊ चपाउ पिऊ सुमरी
अलकापुरि कान्तिपुरी नगरी ।

एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि।
मान्माथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी।
रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।