उदयपुर / भूमाफिया कर्मचारीको मिलेमतोमा २५ वर्ष अघि कालोपत्रे भएको लोकमार्ग बिक्रि गर्ने बाबु छोरालाई प्रहरीले शनिवार पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका– ३ मोतिगडास्थित २५ वर्ष अघि कालोपत्रे भएको सगरमाथा लोकमार्ग सम्बन्धित निकायको कर्मचारीको लापरबाही तथा मालपोत नापी कार्यालयको कर्मचारीको मिलेमतोमा सडक बिक्रि गर्ने बाबुछोरालाई पक्राउ गरेको हो ।
त्रियुगा नगरपालिका–३ मोतिगडामा सडकको जग्गा बिक्रि गरेको आरोपमा स्थानीय ७८ वर्षीय शिवप्रसाद दाहाल र उनका छोरा बुद्धिप्रसाद दाहाललाई पक्राउ गरिएको हो । लोकमार्गको कदमाहा–गाईघाट सडक खण्डमा पर्ने करिब ८ कठ्ठा जग्गा बिक्रि गरेको भन्दै दाहाल बाबुछोरालाई किर्ते गरेर लोकमार्गको जग्गा बिक्रि गरेकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
दाहाल बाबुछोराले ललितपुरको खोकना– ३ का नेपाल डंगोललाई यही जेठ १६ गते १ करोड २७ लाख २० हजार मुल्यमा जग्गा बिक्रि गरेको मालापोत कार्यालय उदयपुरले जनाएको छ । बिक्रि भएको जग्गा सदरमुकाम गाईघाटबाट दुई किलोमिटरको दुरीमा पर्छ । नापी तथा मालपोत कर्मचारीको मिलेमतोमा दाहालले डंगोलालाई लोकमार्गको जग्गा रजिष्ट्रेशन पास गरि दिएका हुन् ।
साविक गाईघाट १ ख किता न ७०१ को ७ कट्टा १९ धुर मध्ये लोकर्मागले ७ कठ्ठा १८ धुर अधिग्रहण गरेको थियो । १ घुर जग्गामात्रै बाकी रहेकोमा दाहालले सडकले अधिग्रहण गरेको जग्गा नै बिक्रि गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरका कामु प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कार्कीले जानकारी दिए ।
पक्राउ परेका दाहाल बाबुछोरालाई अनुसन्धनाका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । मालपोत कर्मचारीको मिलेमतोमा स्थानीय शिवप्रसाद दाहालले सडकको सार्वजनिक जग्गा ७ कठ्ठा १९ घुर जग्गा बिक्रि गरेको हो । उल्टो साईकल यात्री बिरेश दाहालको हजुरबुबा ७८ बर्षका दाहालले ललितपुर खोकना ३ का नेपाल डंगोललाई १ करोड २७ लाख २० हजार मुल्यमा जग्गा रजिष्टेनसन पास गरेका हुन ।
मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा जग्गा किन बेच गरिएको जग्गा खरिदकर्ता डंगोलको आरोप छ । आफुलाई जग्गा खरिदमा फसाईएको गुनासो जग्गा खरिदकर्ता नेपाल डंगोल बताउँछन । ‘म जग्गा खरिद गर्ने मान्छे नापीमा गएर नक्सा हेरे दुरुस्त छ, मालपोतमा गएर मोठ हेरे त्यो पनि ठिक छ ।’ मालपोत र नापीका कर्मचारीको मिलेमतोमा डेढ करोड रकम फसाईएको दाबी गर्दै डंगोलले भने, ‘सरासर मातपोतका कर्मचारीको गलत निर्णयको कारण आफु पिडामा परेको बताए ।
आफ्नो पैसा फसेको छ, पहिले बिक्रि गर्ने सँग सहमति गरेर पैसा फिर्ता लिन प्रयास गर्ने तर भएन भने कानुनी कारबाहीमा अघि बढ्ने डंगोलले योजना रहेको छ ।
हजुवाको नाममा रहेको जग्गा सडकमा पर्छ भनेर आफुलाई थाहा नभएको शिबप्रसादका नाती बिरेश दाहलले बताए । ‘यो जग्गा काण्डमा सरासर मातपोत कार्यालयको गल्ती छ । दाहालले मातपोत कार्यालयको लापरबाही बारे प्रतिप्रश्न गर्दै भने, ‘मेरो जग्गा सडकमा परेको छ भने, मालपोतले किन पास गरिदियो ?’ हामीले २०३८ साल देखि भोगचलन गर्दै आएको जग्गा बेचि सकेपछि मात्र सडकमा पर्छ भनेर थाहा पाएको दाहालको भनाई रहेको छ ।
सडकको जग्गा बिक्रि हुनै नसक्ने कदमाहा–गाईघाट सडक खण्ड हेर्ने सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख रामकुमार देवले बताए । ‘सडक डिभिजनले २०६२ सालमै जग्गा प्राप्त गरि सकेका छौ, सबै लेखापढी समेत भएको भन्ने बुझेको छु । डिभिजन प्रमुख देवले भने, ‘१३ बर्ष अघि नै नापी र मालपोतलाई लगत कट्टा गर्न भनेका थियौ अहिले किन व्यक्तिको नाममा पास भयो, मलाई थाहा भएन ।
जानी जानी प्रलोभनमा परेर वा मालपोत र नापीले समयमै काम नगर्दा सडकको जग्गा बिक्रि गरेको हुन सक्छ । मोठमा लगत रोक्का भनेर नजनाउदाँ सडक नै एक व्यक्तिबाट अर्को व्यक्तिमा गएको मालपोत कार्यालयका प्रमुख नवराज खड्काले जानकारी दिए । ‘सशिम कित्ता नम्बर भएको जग्गा रहेछ ।’ कार्यालय प्रमुख खड्काले भने, ‘बेच्ने र किन्ने दुवै पक्ष आवश्यक प्रमाण र नगरपालिकाको वडाको सिफारिस सहित आएपछि जग्गा पास गरेका हौँ ।
जग्गाको कारोबार भईसकेपछि मात्र सडकको जग्गा बिक्रि भएको हो भन्ने थाहा भएको अधिकृत खड्का बताउँछन । जग्गा सडकमा परेका थाहा पाउने बित्तिकै मोठ रोक्का राखेको खड्काको भनाई रहेको छ । जग्गा पास गर्दा रजिष्टेसन दस्तुर वापत ५ लाख ८ हजार ८ सय र लाभ कर २ लाख ९२ हजार ९ सय ५८ रुपैया राजस्व समेत जम्मा भएको मातपोत कार्यालयले जनाएको छ ।
कार्यालयका कर्मचारीको कमजोरीको कारण जग्गा पास हुन गएको स्वीकार गर्दछन प्रमुख खड्का । अनियमित तरिकाले जग्गा पास गर्ने क्रममा कार्यालयका कर्मचारीको संलग्नता भएको भए कारबाही हुने खड्काले जानकारी दिए । नापी कार्यालयले २०६२÷१०÷०९ गते र २०६३÷०३÷०५ मा जग्गाको लागत मालपोत कार्यालय पठाएर लगत कट्टा गर्न भनेको थियो तर मालपोत कार्यालयले हाल सम्म लगत कट्टा नगर्दा लोकमार्ग नै बेचिन पुगेको हो । तत्कालिन निर्माण तथा यातायात मन्त्रालयको २०४६ माघ २३ गते सार्वजनिक सूचना जारी गरि सडकको नाममा जग्गा प्राप्त गर्ने प्रक्रिया थालेको थियो । पछि २०६० सालमा कदमाहा गाईघाट सडक खण्डको जग्गा लगत कट्टा गर्न भु संरक्षण तथा व्यवस्थापन विभागको निर्णयको आधारमा सडकको दायाँ २५ मिटर र बायाँ २५ मिटर जग्गाको लगत कट्टा गरेको हो ।
तर यहाँ त भूमाफियाकै संलग्नतामा सार्वजनिक सडक बिक्रि हुन थालेका छन् । दाहाल बाबुछोराले भूमाफियासंगको मिलेमतोमा नै बिक्रि गरेका हुन । दाहालले जग्गा बिक्रि गर्दा जग्गा खरिदकर्ता डंगोलले जग्गावालाको ग्लोबल आईएमइ बैकमा रहेको खातामा जेठ १६ गते सिभिल बैंक जाउलाखेल शाखाको चेक चन्द्रनिगाहापुर नगरपालिका–९ का कुमार बस्नेतले ७५ लाख र हेटौडा उपमहानगरपालिका– ४ का सुजन श्रेष्ठले ७५ लाख रुपैया जम्मा गरिेको छ ।
स्थानीयबासीका अनुसार काठमाण्डौबाट ७÷८ जनाको समुहमा भूमाफिया आएको थियो, जग्गा खरिद गर्न । उनीहरु जस्तो भूमाफियाले उदयपुरको बगिरहेको खोला, वन, मठ मन्दिर र गुठीका जग्गाहरु खरिद बिक्रि गरेको घटना बेला बेलामा सार्वजनिक हुने गरेको थियो । स्थानीयबासीका अनुसार नै जग्गा बिक्रि कर्ता दाहालका नाती उल्टो साईकलयात्री बिरेश दाहालले अमेरिका र युरोप लगि दिने भन्दै आधा दर्जन बढीसंग ठगी गरेको आरोप लगाएका छन् । उनीहरुले बिरेशले अमेरिका पु¥याउने भन्दै प्रति ब्यक्ति २२ लाख रुपैया लिएर मेक्सीको पु¥याएर अलपत्र पारेको आरोप लगाए ।