धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालरोग विभागमा सेवारत सहायक प्राध्यापक डा अरुणकुमार सिंहले आफुले प्रतिष्ठानमा सेवा गरे वापत आएको आम्दानीको २५ प्रतिशत रकम गरिब, असहाय बालबालिकाको स्वास्थ्य र शिक्षा क्षेत्र लगानी गर्ने घोषण गरेका छन् ।

अस्पतालमा स्वास्थ्य उपचार तथा शिक्षणको कामबाट केही समय निकाले असायह बालबालिको स्वास्थ्यका लागि निशुल्क शिविरमा सहभागी हुदै आएका डा. सिंहले प्रतिष्ठानद्वारा संचालित पेइङसेवाबाट पाउने दैनिक आम्दानीको २५ प्रतिशत रकम बालबालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च गर्ने घोषण गरेका हुन । शनिवार प्रेस विज्ञप्ति नै जारी गरेर गरिवको आर्थिक अभावले स्वास्थ उपचारबाट कोही बञ्चित नहोउन भनेर आफुले यस्तो सङ्कल्प गरेको डा. सिंहले बताए ।

उनी एक साता अघि मात्र बढुवा भएर पेइङ क्लिनिकमा सोव दिन पाएका थिए । पेइङ किलनिकमा सहायक प्राध्यापक स्तरका चिकित्सकहरुले मात्र सेवा दिने प्रावधान प्रतिष्ठान प्रशासनले व्यवस्था गरेको छ । प्रतिष्ठानले समान्य पूर्जी काट्न एक सय रुपयौ लिने गरेको छ । तर पेइङमा ४५० शुल्क लिएर विमारीहरुलाई सेवा दिदै आएको छ । त्यस वापत ६० प्रतिशत चिकित्सकलाई प्रतिष्ठानले उपलब्द गराउदै आएको अस्पतालका निर्देशक डा. गौरिशंकर साहले जानकारी दिए ।

प्रतिष्ठानमा मेडिसिन, सर्जरी, गाईनो, पेरियडिक, हाडजोर्नी,लगायतका विभिन्न विभागका ४० बढी सिनियर चिकित्सकहरुबाट पेइङ क्लिनिक संचालन हुदै आएको छ । इमेरजेन्सी सेवा लिन तथा सम्पन्न परिवारको सुविधाका लागि संचालित पेइङ क्लिनिकमा विभिन्न टेष्ट, अपरेसलगायतको शुल्क जेनेरल भन्दा दोब्वर लिदै आएका छन् ।

पाकिस्तानको लाहोरस्थित किङ एडवार्ड मेडिकल युनिभर्सिटीबाट बालरोग विषेशज्ञता हासिल गरेका डा. सिंहले प्रतिष्ठानको सह प्राध्यापकमा पदोन्नति भए लगतै यस्तो घोषणा गरे काम शुरु गरेका छन् । उनले विमारीका सजिलोका लागि आफ्नो हटलाईन नं. समेत सार्वजनिक गरेका छन् । उनले कुनै गैर नाफामुखी सामाजिक संघसंस्थाले बालरोग सम्बन्धी स्वास्थ्य शिविर संचालन गर्न चाहेमा आफ्नो विदाको दिन सेवा दिने बताए ।

उनले बच्चाको मधुमेह सम्बन्धि जापानको मेडिकल युनिभरसिटीबाट एक महिने विशिष्ट सेवाको तालिमसमेत हासिल गरेका छन् ।