धरान / एडिवीको सहयोगमा संचालित धरान खानेपानी आयोजनाले दुई सव स्टेशनबाट जंगलको वोरिङ गरि निकालिएको पानी खानेपानी संस्थानको ट्याङ्कीसम्म पु¥याएको छ । पिण्डेश्वर सबसिस्टम र सुम्निमा सबसिस्टमको रिजर्ब वेयरसम् पानी पु¥याउन सफल भएको हो ।
त्यसमध्ये पिण्डेश्वरको टंकी र पाइपलाइन सफा गर्न केही दिन लागे पनि सुम्निमा सबसिस्टमबाट पिउनयोग्य पानी वितरण गर्न सकिने आयोजनाका प्रमुख राजु पोखरेलले जानकारी दिए । ‘पानी संस्थानको ट्याङ्कीसम्म पु¥याउन सफल भएका छौ । संस्थानले पानी संस्थाको ट्याङकीसँग जोडेर धरानमा भएको पानीको हाहाकार केही मात्रमा भए पनि क मगर्न सक्छ ।’– प्रमुख पोखरेलले भने । आयोजनाले ६० लाख लिटर पानी दैनिक आपूर्ति गर्न सक्ने गरि उक्त सव स्टेसनसम्म पु¥याएको हो ।
टंकीभित्र पानी आपूर्तिको पाइप इन्टर कनेक्सन गर्ने वितिकै पानी वितरण गर्न सकिन्छ । विहीबार नै नगरपालिका तथा आयोजनाको टिमले संस्थानलाई पानी जोड्न अनुरोध गरेको थियो । शाखा प्रमुख इन्जीनीयर रामकुमार श्रेष्ठलाई कुनै अनुमति नभए पछि संस्थानका महाप्रवन्धक डा. भूपेन्द्र प्रसादसँग समन्वय गरि संस्थानले तत्काल ५० लाख लिटर पानी खरिद गरि ट्याङकीमा लगाउने सहमति भएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । ‘हामीले आजै उपमहानगरपालिकालाई पत्र लेखेर ५० लाख पानी आयोजनाबाट खरिद गर्ने गरि पानी संस्थानको ट्याङ्कीमा जडान गर्न पत्र लेखेका छौं ।’–इन्जीनियर श्रेष्ठले भने–‘उहाँहरुले कहिले जोडि दिनु हुन्छ । जडान भए पछि धराने जनतालाई पानीको हाहाकारमा केही राहत मिल्ने छ ।
खानेपानी आयोजनाका प्रमुख इन्जीनीयर पोखरेलले संस्थानको पत्र विहीबार नै पाए पछि मेयर तारा सुब्वाको निर्देशनमा विहीबार देखि नै संस्थानको टयाङ्कीमा पानी जोड्न प्रक्रिया शुरु गरेको पोखरेलले जानकारी दिए । शुक्रबार १ बजेसम्म पानी संस्थानको ट्याङकीमा जडान गरि सक्ने उनले बताए । शुरुमा सुम्निमा सबसिस्टममा मात्र पानी जडान गरिने छ । केही दिनमा पिण्डेश्वरको स्टेशनबाट पनि जडान गरिने उनले बताए ।
आयोजनाले बुधबार मात्र परिक्षण गरि पानी ट्याङकी सम्म पु¥याउन सफल भएको हो । धरानमा फागुनदेखि चैत अन्तिमसम्म चरम खानेपानी अभाव हुन्छ । अहिले धरानवासी पानी संकट झेलिरहेका छन् । ६,७,८,९,१०, १२, १५लगायतका वडामा पानीको चरम अभाव छ । सुम्निमा सबसिस्टमबाट आयोजनाले उत्पादन गरेको पानीलाई संस्थानले वितरण गर्ने हो भने धरानको धेरै वटा वडामा पानी पुग्ने छ ।
खानेपानी आयोजना विवादको कारण २ पटक म्याद थप भएको थियो । आयोजनाको डिजाइनअनुसार ५ वटा सबसिस्टममध्ये एउटा रेल्वे सिस्टम एक वर्षअघि सञ्चालनमा आइसकेको छ । अब पिण्डेश्वर र सुम्निमा सबसिस्टम पनि सञ्चालन हुने छ । फुस्रे सबसिस्टममा ट्रिटमेन्ट प्लान्ट निर्माणाधीन छ भने विवादको कारण पञ्चकन्या सिस्टमको रिजर्बवेयर बन्नै सकेको छैन । विजयपुर दरवार क्षेत्रमा स्टेशन राख्ने आयोजनाको निर्णय विरुद्ध केही जातीय संस्थाहरुको अवरोधले काम अघि बढ्न सकेको छैन् ।

सञ्चालनमा आएको रेल्वे सबसिस्टममा ३ वटा इनारबाट २४ घण्टामा ३१ लाख लिटर पानी उत्पादन हुदै आएको आयोजनाले बताएको छ । यस्तै, पिण्डेश्वर र सुम्निमा सबसिस्टमको लागि ४ वटा इनारबाट ६० लाख लिटर पानी उत्पादन हुन्छ । धरानको खानेपानीको सतहगत मुख्य स्रोत सर्दू र खर्दू सुख्खा याममा सुक्ने भएकाले फागुनदेखि चैत महिनासम्म धरानमा खानेपानीको हाहाकार हुन्छ । संस्थानले हाल १ करोड २० लिटर पानी आपूर्ति गर्दै आएको छ । तर धरानमा करिव २ करोड पानीको आवश्यकता पर्छ । शहरी क्षेत्रमा प्रतिव्यक्ति दैनिक एक सय लिटर पानीको आवश्यकता पर्दछ । आयोजनाले ५ वटौ सव स्टेनबाट एक करोड २० लाख पानी आपूर्ति गर्ने लक्ष्य लिएको छ ।