काठमाण्डाै / साढे सात महिनादेखिको एकता प्रयासलाई दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले बिहीबार नेपाल कम्युनिस्ट पार्टी गठन गरेर निष्कर्षमा पु-याएका छन् । ६९ वर्षको टुटफुटको कम्युनिस्ट आन्दोलनको इतिहास ‘ब्रेक’ गर्दै जनमतका आधारमा इतिहासकै बलियो पार्टी गठन भएको हाे ।

एकतासँगै शीर्ष नेताहरूले देशमा स्थिरता र समृद्धिका लागि नयाँ अध्याय सुरु भएको बताएका छन् । राष्ट्रिय सभागृहमा भएको एकता घोषणासभामा नेकपाका सहअध्यक्षद्वय केपी ओली र प्रचण्डले शान्ति, स्थिरता र समृद्धिका लागि कम्युनिस्ट आन्दोलन अब नयाँ इतिहास रच्दै अघि बढेको घोषणा गरेका छन् ।

यस्तो छ संगठन

पार्टीको नाम : नेपाल कम्युनिस्ट पार्टी

सचिवालय : ९

स्थायी समिति : ४५

केन्द्रीय समिति : ४४१

अध्यक्ष : केपी ओली÷पुष्पकमल दाहाल

वरिष्ठ नेता : झलनाथ खनाल, माधवकुमार नेपाल

सचिवालय सदस्यहरू : वामदेव गौतम, नारायणकाजी श्रेष्ठ (प्रवक्ता), ईश्वर पोखरेल, रामबहादुर थापा, महासचिव : विष्णु पौडेल

नेकपाको स्थायी कमिटी : ४५ (दुई थप्न बाँकी)

एमालेका तर्फबाट : २५
केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, भीम आचार्य, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई, शंकर पोखरेल, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, किरण गुरुङ, अमृत बोहरा, केशव बडाल र सोमनाथ अधिकारी प्यासी

माओवादी केन्द्रबाट : १८
पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, अमिक शेरचन, जनार्दन शर्मा, वर्षमान पुन, देवप्रसाद गुरुङ, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, अग्नि सापकोटा, ओनसरी घर्ती, लेखराज भट्ट, शक्ति बस्नेत, हरिबोल गजुरेल, लीलामणि पोखरेल र राम कार्की

ओली र प्रचण्ड सह–अध्यक्ष : आलोपालो बैठकको अध्यक्षता गर्ने सहमतिअनुसार नवगठित नेपाल कम्युनिस्ट पार्टीमा केपी ओली र प्रचण्ड सह–अध्यक्ष रहेका छन् ।

४४१ सदस्यको नाम शुक्रबार टुंगिने
नेकपा ४४१ सदस्यीय केन्द्रीय कमिटीको नाम भने शुक्रबार सार्वजनिक गर्ने तयारी छ । सदस्यहरूको वरीयताक्रम मिलाउन बाँकी रहेको तथा कतिपय नाम नै थपघट हुन सक्ने भएकाले बिहीबार सार्वजनिक नगरिएको नेता जनार्दन शर्माले नयाँ पत्रिकालाई जानकारी दिए ।

३ महिनामा तल्ला कमिटी पनि एकीकरण
अध्यक्ष प्रचण्डले तीन महिनाभित्र पोलिटब्युरो गठन तथा प्रदेशलगायत तल्ला तहका सबै कमिटी एकीकरण गरिसक्ने घोषणा गरेका छन् । केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् बढीमा १४५ सदस्यीय पोलिटब्युरो बन्नेछ ।

123-1-768x282