• देबेन्द्र कार्की

धरान / प्रदेश नं. १ को महत्वाकांक्षी योजनाको रुपमा काम अगाडि बढाइएको विराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार परियोजना इटहरीर दुहवी बजार छाडेर विराटनगरदेखि तराहरासम्म काम भईहरेको छ । बजार क्षेत्रमा भने विस्तारमा विवाद भएका कारण काम गरिएको छैन् । यो सडकखण्ड ६ लेनको बनाउने काम भइरहेको हो । यो सडकको विस्तारको काम विभिन्न ११ वटा प्याकेजमा भइरहेको छ ।
पहिलो चरणमा विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्मको कुल ३० किलोमिटर सडक विस्तारको काम भईरहेको छ । रानीदेखि दुहवीको सीमाना निमुवासम्मको १२ किलोमिटरका लागि चार प्याकेजमा काम भइरहेको थियो । रानीदेखि रोडशेषचौक बरगाछी, दुधफारम र निमुवासम्मको काम अन्तिम अवस्थामा रहेको छ ।
इटहरीदेखि दुहवीसम्मको १० किलोमिटर क्षेत्रमा पनि सडक विस्तारको काम भइरहेको छ । विभिन्न १५ वटा ठेकेदार कम्पनी मार्फत साविकको २ लेनको सडकलाई ६ लेनमा विस्तार गर्न प्याकेट छुट्याएर नाला निर्माणसँगै पीच गर्नेसम्मको जिम्मा दिइएको जोगमनी–धरान व्यापारिक मार्ग मार्ग विस्तार आयोजनाका इन्जीनियर सुमोद पोखरेलले जानकारी दिए ।
एडिविको ऋण सहयोगमा सरकारले विराटनगरदेखि सुनसरीको धरानसम्मको कुल ४९ किलो मिटर सडक ६ लेनको विस्तारका लागि कुल १० अर्व ५८ करोड विनियोज गरि काम शुरु गरेको थियो । इन्जीनियर पोखरेलका अनुसार दुहवी बजार क्षेत्रको २ किमी र तराहरा–धरानसम्मको १४ किमीको भने ठेक्का लागेको छैन् । आयोजनाले ठेक्काका लागि अर्थ मन्त्रालयमा पत्रचार गरि सकेको पोखरेलले जानकारी दिए ।
विराटनगरदेखि धरानसम्मको कुल ४९ किलो मिटर सडक आर्थिक वर्ष २०७५/०७६ सम्ममा सक्ने गरी ठेक्का लगाइएको थियो । बहुवर्षीय परियोजनाअन्तर्गत पहिलो चरणमा विराटनगरको रानीदेखि इटहरीसम्मको कुल ३० किलोमिटर सडक विस्तारको काम अघि वढेको थियो ।
बजेट रोकिएर काम सुस्त
पाँच महिनादेखि सरकारले बजेट निकास नगर्दा काम सुस्त गतिमा भएको आयोजनाले जनाएको छ । ‘कामै त रोकिएको छैन तर एकदम सुस्तगतिमा भईरहेको छ ।’–इन्जीनियर पोखरेलले भने–‘कतिपय ठेकेदारहरुलाई भुक्तानी दिन सकिएको छैन् । पुस यता रकम आएको छैन् ।
असारसम्मका लागि ७०÷८० करोड आवश्यकता भएको उनको भनाई छ । गत पुसमा ४९ करोड रकम निकासा भएको थियो । त्यस पछि रकम नै नआएको पोखरेलले जनाए ।
प्राविधिक समस्या
प्राविधिक समस्याले पनि काममा ढिलाई रहेको उनी बताउछन् । उनका अनुसार सडकछेउमा रहेका रुख काट्ने, विजुलीको पोल सार्ने, टेलिफोनका तार सार्न प्राविधिक कठिनाई भएको छ । इटहरी–जोगमनीसम्म १ हजार रुख काट्नु पर्ने हुन्छ । तराहरा क्षेत्रका ४ सय १ रुख काट्न जिल्ला बन कार्यलयबाट अफै स्वीकृती नआउदा समस्या भएको इन्जीनीयर पोखरेलले बताए ।
त्रिदेशिय व्यापार विस्तारका लागि ६ वटा आयोजना संचालनमा
सरकारले रानी–किमाथाङका सडक आयोजनासागै भरत, चीनसँगको व्यापार विस्तार गर्नका लागि ६ वटा महत्वकाक्षी आयोजनाहर संचालन गरिरहेको छ । व्यापारीक मार्ग विस्तार आयोजनाका इन्जीनीयर पोखरेलका अनुसार सरकारले जनकपुर–जसही, बटवल –बेलैया, विरगञ्ज–पथैलिया, धनगडी–अत्तरियालगायतका स्थानमा समेत सडक फराकिलो बनाउने आयोजना संचालन गरिरहेको छ ।
६ बर्षमा ५ किमी पिच
उक्त आयोजनाको २०६९/२०७० देखि ठेक्का लागेको थियो । चरण चरणमा ठेक्का लागेको उक्त आयोजना शुरु भएको ६ बर्ष वितेको छ । ६ बर्षको अवधीमा ५ किमी मात्र सडक पिच भएको छ । आयोजनाले दिएको जानकारी अनुसार रानीदेखि रोडषेश चोकसम्म २ किमी र बरगाछीदेखि दुधफारमसम्म ३ किमी गरि ५ किमी मात्र सडक निर्माण भएको छ ।
दुई बर्ष कम भएन
उक्त आयोजनाको २०६९/२०७० देखि ठेक्का लागेको थियो । शुरुमा ३ किमी सडकको ठेक्का लागेको थियो । ठेक्का लागेको २ बर्षसम्म कुनै काम हुन सकेन । कति फराकिलो सडक बनाउने भन्ने विषयमा जग्गा विवाद हुदा दुई बर्ष काम नभएको इन्जीनियर पोखरेलले जानकारी दिए ।
सडक बिस्तारमा इटहरी उपमहानगर नगरपालिकाको चिठीले फेरी लफडा
इटहरी उपमहानगरपालिकाले कोसी राजमार्ग अन्र्तगत जोगबनी–किमाथांका त्रिदेशीय व्यापारिक मार्ग बिस्तारमा सडक देखि १५÷१५ मिटर मात्र कायम गनुृ भनेर आयोजनालाई पत्र काटे पछि सडक निर्माणमा विवाद भएको छ ।
उपमहानगरपालिका क्षेत्रभित्र व्यापारिक मार्गमा केन्द्रबाट दाँया बाँया १५ मिटिर मात्र कायम गर्नुपर्ने निर्णय गरेपछि ब्यापारिक मार्गको बिस्तार नै अन्यौल भएको आयोजनाका इन्जिनियर सुवोध पोखरेलले बताए । इटहरी उपमहानगर पालिकाका कार्यकारी अधिकृतले पत्र पठाएर सडक विस्तार गर्दा छलफल गर्नु भन्ने व्यवहारेको पत्र आएको सडक निमार्ण आयोजनाका इन्जिनियर सुवोध पोखरेलले बताए । तर मेयर द्वरिकलाल चौधरीले भने छलफल चाही भएको व्यापारीहरुले माग गरेको तर उपमहानगरले कुनै निर्णय नगरेको जवाफ दिएको पोखरेलले बताए । बैशाख १० गते उपमहानगरपालिकाले नगर क्षेत्रमा निजी घर भत्किने भन्दै उपमहानगरपालिकाले सडकको केन्द्रदेखि दाँयारबाँया १५ मिटिर मात्र कायम गर्नु भनेर पत्र पठाएको बताएको छ । उक्त पत्र १२ गते आयोजनाको कार्यालयले प्राप्त गरेको थियो ।
राजमार्ग निर्माण ब्यवस्था ऐन अन्तर्गत २०२१ फागुन १६ मा जोगवनी–धरान सडकलाई सेन्टर लाइनबाट दाँया बाँया २५÷२५ मिटरको बाटो बनाउने निर्णय भएको उल्लेख छ । त्यसैगरी ०३४ साल असार २० गते राजपत्रमा सुचना गरी रानी धरान सडक केन्द्रबाट दायारवाया २५/२५ मिटिर कायम गरिएको थियो । २०३४ सालमै सडकले सडक आसपासको १५ मिटर जग्गाको मुअब्जा जग्गा धनीलाई दिइसकेको बताए । यता इटहरीको तरहरादेखि धरानसम्मको १६ किमि र सुनसरीस्थित दुहबी बजारको निर्माणका लागि ठेक्का समेत लागेको छैन् ।
इटहरीका मेयर द्धारिकलाल चौधरीले केन्द्रीय सरकारले गरेको आयोजना हामीले रोक्ने भन्ने कुरा नहुने बताए । केही व्यापारीहरुले आफुहरु समस्यामा परेको भनेर नगर सरकार समक्ष विन्ती गरेकाले उनीहरुको समस्याबारे मात्र आयोजनालाई जानकारी गराइएको मेयर चौधरलिे बताए । ‘हामीले काम रोक्नु भनेर कसैलाई भनेको छैन् ।’–मेयर चौधरीले भने ।
बजार क्षेत्रमा पर्ने गोर्खा डिपार्टमेन्ट स्टोरलगायतका १७ भन्दा बढि ठुला व्यापारीहरुको घर पर्ने बताइएको छ । उनीहरुले ब्यत्तिगत स्वार्थका लागी उपमहानगरका प्रमुखलाई दवाव दिदै आएको बताइएको छ ।