विराटनगर / भवन तथा कोठा अभावमा संसद सचिवाय संचालनमा समस्या भएको संसद सचिवालयले जनाएको छ । जिल्ला समन्वय समिति मोरङको भवनमा सचिवालय संचालन हुदैं आएको छ । प्रायाप्त कोठा अभावमा कार्य संचालन गर्न कठिनाई भएको संसद सचिवालयका सचिव केदारप्रसाद पनेरुले जानकारी दिए ।
संसद सभा हल समेत सानो भएका कारण संसद, अतिथि, पत्रकारहरुलाई असजिलो हुदै आएको छ । ९३ संसदहरु टेवल तथा माईक विनाको कुर्सीमा बस्दै आएका छन् । संसद सचिवालयका मुख्य सचिव केदार पनेरुका अनुसार कर्मचारी व्यवस्थापन चुस्तदुरुस्त भए पनि श्रोत साधान अभावले संसदको नियमित कार्य सम्पादनमा समस्या भएको बताए । विभिन्न दलहरुका संसदीय दलका नेताहरुलाई, प्रतिपक्ष दलका नेता, विषयगत समितिका लागि छुट्टाछुट्टै कोठा बैठक कोठा आवश्यक भए पनि अपुग भएको सचिव पनेरुले जानकारी दिए ।
संसदीय समिति र संसदीय दलका लागि छैन कोठा
‘७ वटा विशेष समिति बनेका छन् । ति समितिका संयोजकका लागि छुट्टै कोठाको आवश्यक पर्छ । समितिको बैठक संचालनका लागि प्रत्येकलाई बैठक हल चाहिन्छ ।’– पनेरुले भने–‘तर यहाँ भएका कर्मचारीलाई नै कोठाको व्यवस्था गर्न सकिएको छ्रैन् । प्रदेशसभाले ७ वटा समिति बनाएको छ । ति समितीका संयोजकहरुलाई छुट्टै कोठा, समितिको बैठक बस्ने बैठक हल आवश्यक पर्दछ ।
न्याय प्रशासन तथा विधान समिति, सुशासन तथा योजना रणनीति समिति, अर्थ तथा विकाश समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा लेखा समिति, उद्योग, पर्यटन तथा कृषी समिति,र प्राकृतिक श्रोत तथा पूर्वाधार समिति रहेका छन् । यि समितिका लागि प्रत्येकलाई बैठक तथा कार्यलय कोठाको आवश्यकता पर्दछ ।
तर कोठा अभावमा संसद सचिवालयमा हालसम्म व्यवस्था गर्न सकेको छैन् । यस्तै संसदीय दलका नेताहरुको लागि सबै दलहरुलाई छुट्टा छुटै कोठा व्यवस्थापन भएको छैन् ।
संसद सचिवालय यही संचालन गर्ने हो भने प्रदेश सरकारले जिससको माथिल्लो तलाको कोठाहरु पनि उपलब्द गराउने पर्ने उनले बताए । सचिवालयमा सरकारले खटाएको मध्य १८ जना कर्मचारहिरु कार्यरत छन् । २८ जना खटाएकोमा सबै कर्मचारी हाजिर हुदा झन समस्या पर्ने संसद सचिवालयले जनाएको छ । अन्य प्रदेशमा कर्मचारी आएनन भनेर समाचार आईरहेका बेला प्रदेश १ को संसद सचिवालयमा भने सबै कमृचारी हाजिर हुदा कार्यलय व्यवस्थापनमा समस्या आउने भएको छ ।
संसद सचिवालयका अनुसार जिल्ला समन्वय समिति मोरङले उपलब्द गराएको भवनको ग्राउण्ड प्mलोर संसद सचिवालय, सभाहल, सभामुख, उपसभामुखको कक्षलगायत कर्मचारीहरुका लागि प्रयोग गरिदेै आएको छ । उक्त स्थानमा १२ वटा मात्र कोठा रहेका छन् । संसद सचिवालयलाई व्यवस्थित बनाउन कम्तिमा पनि ३०÷३५ वटा कोठाको आवश्यक पर्ने सभामुखका स्वकिय सचिव गिरीराज अधिकारीले जानकारी दिए ।
अन्य भौतिक सामाग्री त हामी ततकाल किनेर ल्याएर व्यवस्थापन गछौं तर भवन नै नभए पछि ठूलो समस्या भएको छ ।’–सभिव पनेरुले नयाँ पत्रिकासँग भने–‘एउटा भवनमा दुई कार्यालय हुनु नै समस्या हो ।’
संसद सचिवालयको माथिल्लो तलामा जिल्ला समन्वय समितिको कार्यालय छ । सचिवालय भन्दा समन्वय समितीको कार्यालय व्यवस्थित रहेको छ ।
सुरक्षा चुनौती
संंसद सचिवालयमा भिआईपीहरुको आउजाउ भईरहन्छ । मुख्य मन्त्रि, सरकारका मन्त्रिहरु संसद सभाभवनमा नियमित आईरहनु पर्ने हुन्छ । सभामुख तथा उपसभामुखहरुको नियमित यही कार्यालयमा रहने गरेका छन् । तर सचिवाल र समन्वय समिति प्रबेशद्वार एउटै छ । सचिवलाय भित्र सर्वसाधारणका् प्रवेश पनि नियमित हुने भएकाले सुरक्षा चुनौतीसमेत बढ्नेसचिवालयका कर्मचारी बताउछन् । सरकारले प्रदेशको स्थायी राजधानी तोक्ने प्रस्ताव संसदमा ततकाल लगि संसद भवनको विकल्प खोज्नु पर्ने संसदहरुले बताएका छन् ।