धरान / विगतमा आफ्नो पहिचानका लागि छुट्टाछुट्टै आन्दोलनको मोर्चामा सामेल हुदै आएका दुई जातीय संस्था किरात राई यायोख्खा र किरात याक्थुङ चुम्लुङ प्रदेश नं. १ को नामकरणका विषयमा साझा एजेण्डा लिएर जाने उदेघोष गरेका छन् ।
उनीहरुले प्रदेश ंं १ को नामकरणमा पहिचानविरुद्ध षड्यन्त्र हुन नदिन साझा अवधारणा सार्वजनिक गर्न ८ सदस्यीय कार्यदल गठन गरि कार्यदलको प्रारम्भीक निर्णय आईतबार धरानमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छन् ।
तीन दिन अगाडि गठन गरिएको कार्यदलमा किरात राई यायोख्खा र किरात याक्थुङबाट ४÷४ जना सदस्य गठन गरी प्रदेश नं. १ को नामाकरणका लागि भविष्यमा साझा नाम सार्जजनिक गर्ने बताएका छन् ।
प्रदेश र्नंं ७ को नामाकरणलाई इगित गर्दै किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेनले पहिचानवादीहरुलाई नामेट गर्ने षड्यत्र भइरहेको आरोप लगाए । सामाजिक सञ्जालमा प्रदेश १ को नामका विषयमा नदि नाला, हिमालको नाममा बहस भईरहेको विषयमा आपति जनाउदै पहिचानका आधारमा प्रदेश नं. १ को नामाकरण नगरिए सडक आन्दोलन गर्नै चेतावनी समेत उनले दिएका छन् । सामाजिक संजालमा प्रदेश नं. १ को नामकरण कोशी, सगरमाथा, विराट, किरात, लिम्बुवान पूर्वीलगायत नामका विषयमा बहस भईरहेको छ ।
यी दुवै संस्थाहरुले छैठौ महाधिवेशनका समयमा उठाएका मागलाई सम्बोधन गर्नुपर्ने बताउदै पहिचानका मुद्दा लिएर निरन्तर आन्दोलन गर्दै आएका दुई संस्थालाई फुटाउन अहिले अनेकन शक्ति लागि परेका कारण दुई संस्था पहिचानका लागि एक भएको सन्देश दिन पनि आफुहरु एक भएको किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले जानकारी दिए ।
कार्यदल गठनसंगै यी दुई संस्था प्रदेश नामाकरणका विषयमा साझा अवधारणा सार्वजनिक गर्न निरन्तर छलफलमा जुट्नेमात्र हैन पहिचानविरोधी नामाकरण भएमा आन्दोलन सम्म गर्ने निष्कर्षमा पुगेका छन् । नदिनाला र हिमालको नाममा प्रदेश १ को नाम नहुने जिकिर गर्दै पहिचानको आधारमा नामकरण गर्न प्रदेश संसदहरुलाई आग्रह गरेका छन् ।
उनीहरुले पहिचानका आधारमा नामकरण गर्न दवाव दिए पनि के नाम राख्ने भन्ने विषयमा भने दुई संस्था निष्कर्षमा पुगेको छैन् । ‘हामी निरन्तर छलफलमा छौ । आवश्यक परेको बेला साझा नाम निकाल्छौ ।’– पत्रकार सम्मेलनमा यायोक्खाका अध्यक्ष तिलक राईले भने ।
किरात याक्थुङ चुम्लुङले विगतमा अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान घोषणा गर्नुपर्ने माग गर्दै आएको छ । किरात राई यायोख्खाले किरात प्रदेश हुनुपर्ने माग गर्दै आएका थिए । चुङलुङले आफेनो संस्थाका नाममा किराती जोडे पनि किरात प्रदेश राख्ने विषयमा सहमत हुन सकेको छेन् । चुम्लुङको यही ३० गते धरानमा ७ औ अधिबेशन गर्दै छ । उक्त अधिबेशनमा नामकरणको विषयमासमेत एजेण्डा उठ्ने संस्थाकी सचिव निरन्ती तुम्बोले जानकारी दिईन ।
दुई संस्थाले फरक नाम सिफारिस गरिरहेको बेला आईतबार भने दुर्व संस्था एक भएर साझा नाम दिने बताएका छन् । प्रदेशसभाले पनि यि दुई संस्थाको निर्णयलाई जनिकबाट हेरिरहेको छ ।
प्रदेशसभाको दुई तिहाइ वहुमतले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने संबैधानी व्यवस्था छ ।
राजधानी अपायक
दुर्व संस्थाले १ नं. प्रदेशको राजधानी अपया स्थानमा रहेकाले पहाडी क्षेत्रका बासिन्दालाई पायक पर्ने स्थानमा तोक्न समेत माग गरेका छन् । चुम्लुङका अध्यक्ष उत्तरमान थाम्देनले विराटनगर सुरक्षाको दृष्टिकोणले पनि असुरक्षित भएकाले यसलाई अस्थायी मै राख्नु पर्ने बताए । उनले स्थायी अन्य पायक स्थानमा खोज्नु उपयुक्त हुने बताए ।