२०२८ सालमा धनकुटामा जन्मिएका राजकुमार ओझा २०३० सालदेखि मोरङको सुन्दर हरैचा –११ डागीटोलका स्थायी बासिन्दा हुन । हाल उनी मोरङ क्षेत्र ३ को प्रदेशसभा ख बाट वामगठबन्धन को तर्फबाट उम्मेदवार बनेका छ्न । सानैदेखी संघर्श गर्दै आएको ओझाको  बाल्यकाल मै मातृबियोग खप्नु प¥यो ।


राजनितीलाई होर्यन समाजसेवाको रुपमा हेर्ने ओझा धेरै पैसा कमाउने भन्दा पनि जनताको सेवा कसरी गर्न सकिन्छ भने नेकपा एमालेको झोला भिरेर हिडिरहे । हाल सामन्य आर्थिक अवस्था रहेको ओझालाई घरपरिवार चलाउन उनकी श्रीमती कविता शर्माले शिक्षण पेसाको माध्यमबाट साथ दिइरहेकी छिन । जनताको दुख सुखमा सदैब हातेमालो गर्दै हिड्ने ओझालाई पार्टीले  मुल्यांकन गर्दै उम्मेदवार बनाएको छ ।


राजकुमार ओझाको अध्ययन
पाँच कक्षासम्म पचामको जनता मावि त्यसपछि बेलबारी भगवती माविबाट एसएलसी पास गरेका हुन । सुकुना बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह देखि स्नातक तह सम्म अध्यन गरेको ओझाले बिराटनगरको डिग्री क्याम्पस स्नातकोत्तरसम्मको अध्ययन  पुरा गरेको छ्न । अध्ययनसिलओझा सुझबुझ भएका व्यक्ति भएका कारण पनि प्रदेश सभामा उनको साँचो छ ।
राजनिती यात्रा


समाजमा भएको विभिन्न बिभेदको अन्त्य गर्ने सोच भएको कारण र कम्युनिष्ट पार्टीको नेता तथा कार्यकर्ताको जुझारु पनको कारणले प्रभावित भई भगवती माबि पढ्दादेखी अनेरास्ववियुमा आवद्ध भए । सुकुना क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियनको संस्थापक उपसभापतिमा निर्वाचित भए । त्यस पछि लगातार तीन पट्क सभापतिमा रहेर काम गरे । अनेरास्ववियुको ४ न क्षेत्रीय अध्यक्ष ,मोरङ जिल्ला कमिटी सदस्य ,सचिवालय सदस्य हुँदै जिल्ला कमिटी दुइ कार्यकाल अध्यक्षमा निर्वाचित हुँदै अनेरास्ववियु कै कोशी अञ्चल कमिटीमा पनि दुई कार्यकाल काम गरे । हाल दुई कार्यकालदेखि एमाले जिल्ला कमिटी सचिवालय सदस्यमा रहेर पार्टीमा योगदान दिई रहेका छन् । सुनदर हरैचाको मेलमिलाप समितीको संयोजक भएर काम गर्दा जनतासङ प्रत्यक्ष धेरै प्रभाव परेको पुर्बान्चल बिस्वबिधालय को सरक्षण समिती को सदस्य र गोठ्गाउमा पुर्नरुपमा सन्चालन गराउने अठोट उनकाे छ ।


चुनाबी एजेन्डा ?
यसपटक उनी  निर्वाचित भए वाम गठबन्धनले सार्वजनिक गरेको घोषणापत्र अनुसार सम्पुर्ण काम गर्ने बताए । यसको अक्षरसः पालना गर्ने  । उनको आफ्नै स्थानीय एजेण्डाहरु पनि राखेका छन् । विकास निर्माणको गति यहाँ सुस्त छ । विकास निर्माणले सोचेजस्तो गति लिन सेकेको छैन । जनतालाई विकास निर्माण चाहिएको छ । जनातले विकास मात्रै भए पुग्ने भन्दै विकासका कामको खोजी गरेका छन । यहाँ के खाउँ के लगाउँ भन्ने जनता धेरै छन् । ३ नम्बर क्षेत्र मात्रै होईन मोरङभरि नै सुकुम्बासी धेरै छन् । ती सुकुम्बासीको समस्या समधान गर्नुलाई उनले  पहिलो प्राथमिकता राखेका छन् ।   । ‘म प्लटिङ्ग गरेर कारमा हिड्न जान्दिन र मलाई त्यस्तो गर्नु पनि छैन,– ओझा बताउछ्न । म धुलोमैलोमा हुर्केकोले धुलोमैलोमै बस्छु । मलाई सँधै धेरै चिन्ता लाग्ने सुकुम्बासीको हो । म हप्तामा एक दिन सकुम्बासीको घरमा गएर उहाँहरूको दुख, सुखका कुरा सुन्छु । कृषिमा यान्त्रीकरण, धार्मिक सद्भावको विकासलगायत काम मेरा प्राथमिकता हुनेछन् । सडक, पुल र शुद्ध खानेपानीको व्यवस्थापन गर्न उचित ठानेको उनी बताउछन । यति खेर यिनै एजेन्डा लिएर जनताको घरदैलोमा भोट्माग्दै व्यस्त रहेका छन् ।


मतदातासँग उनको अपिल
मुलुकमा स्थायी सरकार नभएर मुलुकमा विकास हुन सकेको छैन । मुलुकमा शक्तिशाली वाम शक्ति एक भएर चुनावमा होमिएका छन् । सम्वृद्ध नेपाल बनाउन अव वाम गठबन्धनले निर्वाचन पछि दुई तिहाई बहुमत ल्याएर स्थायी सरकार बनाउने छ । पाँच बर्षको अवधीमा मोरङ क्षेत्र नं. ३ मा विकासको मुल फुट्ने छ । आम मतदाताहरुलाई हामीलाई दिएको मत खेर नजाने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । वाम गठबनधनका सरकार तर यहाँको नेतृत्व भने अर्कै पार्टीको भयो भने मोरङ ३ नंं क्षेत्र पछि पर्ने छ । त्यसो भएकाले  वाम गठबन्धनका प्रतिनिधि सभाका उम्मेद्वार भानुभक्त ढकाल, प्रदेश सभा क गीता तिम्सिना र प्रदेश सभा ख बाट म राजकुमार ओझालाई सबैले सूर्य चिन्हमा भानुभक्त र राजकुमारलाई तथा गोलाकार भित्रको हसिया र हतौडामा गीतालाई मतदान गर्न हार्दिक अपिल गर्दछु । (राजकुमार ओझासँग बद्रि अर्यालले गरेको कुराकानीमा आधारित)