विराटनगर / प्रदेश १ को अस्थायी मुकाम विराटनगर अपायक भएको भन्दै विभिन्न दलका सांसदले अन्यत्र सार्नुपर्ने धारणा अघि सारेका छन् । पहाडी जिल्लाबाट हाल तोकिएको अस्थाय िमुकाम अपायक भएको उनीहरुको गुनासो छ । भारतीय सीमाना राजधानी हुदा हरेक हिसावले सुरक्षा थ्रेट हुने समेत उनीहरुले बताएका छन् ।


राजधानी सार्न सांसदहरु पनि तयार
प्रदेश १ का ९३ मध्ये अधिकांश सांसदले धरान, इटहरी, मोरङकै गोठगाउँमध्ये एक क्षेत्रमा मुकाम तोक्नुपर्ने बताएका छन् । प्रदेश १ को मुकाम धनकुटा तोक्नुपर्ने भन्दै केही साताअघि धनकुटावासी आन्दोलित भएका थिए । इटहरीवासीले समेत आफ्नै क्षेत्रमा हुनुपर्ने भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । यस्तै धरानमा समेत प्रदेश सरकार बस्ने सुविधासम्पन्न भवनहरु भएको भवनहरुको तथ्याङकसहित राजधानी माग्न प्रधानमिन्त्रको कार्यलयसम्म पुगेको थियो ।
धनकुटा, सुनसरी, झापाको व्यापक असन्तुष्टीको वामजुद पनि देउवा सरकारले प्रदेशको अस्थायी मुकाम विराटनगर तोकेको थियो । ताप्लेजङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुङगा, भोजपुर, तेहथुम, खोटाङ, सुनसरी, उदयपुरलगायतका सांसदहरुलेसमेत विराटनगर अपायक भएको भन्दै गुनासो गर्दे आएका छन् ।


राजधानीको विषय संसदमा प्रवेस पाएको छैन
संविधानले प्रदेश सभाको दुईतिहाइ मतले स्थायी राजधानी र प्रदेशको नामकरण गर्ने संबैधानिक व्यवस्था भएको प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले बताए र्। राजधानी कहाँ तोक्ने भन्ने कुरा संसदहरुको हातमा छ । उहाँहरुले सबैलाई सहज हुने स्थानमा निर्णय गर्नु हुने छ ।’– सभामुख भण्डारीले भने । नियमावली बनी सके पछि संसदमा राजधानी र नामकरणको विषयले संसदमा प्रदेश पाउने उनले बताए । चैत्र ७ गते संसद बस्दैछ । उक्त बैठकमा नियमावली मस्यौदा माथि छलफल हुने कार्यक्रम तय भएको छ ।


बोर्डर नजिक राजधानी सुरक्षा थ्रेट
विराटनगरसिथत मुख्य मन्त्रिको कार्यालय भारतीय सीमानाबाट ४ किमी दुरीमा पर्दछ । यस्तै संघीय मामिला तथा कानुमन्त्रिको कार्यलय, सामाजिक विकास मन्त्रालय, सभामुखको आवास पनि बोर्डर नजिक रहेका छन् । सुरक्षाको दृष्टीकोणले बोर्डरको छेउ उपयुक्त नहुने धेरे संसदहरुको भनाई रहेको छ । छिमेकी देशसँगको सिमाना राजधानीसँगै जोडिँदा धेरै विषयको संवेदनशीलतामा असर पर्न सक्ने इलामबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद काजीमान कागते बताउछन् ।
सुनसरीका सांसदहरू जिल्लाकै कुनै ठाउँमा प्रदेश १ को स्थायी मुकाम तोक्नु पर्ने बताउदै आएका छन् । सांसद सर्वध्वज साँवाले स्थायी मुकाम सुनसरीको इटहरी, धरान वा जिल्लाकै कुनै ठाउँ तोक्नु उपयुक्त हुने बताउदे आउदै आएका छन् । सुनसरीकी अर्की सांसद सावित्री जोशीले राजधानीका लागि मोरङ जिल्ला उपयुक्त नहुने बताउदै आएकिछन् । पाँचथरकी सांसद सीता थेवेले विकास भइसकेका सहरी क्षेत्रलाई भन्दा नयाँ ठाउँमा विकास हुने किसिमले नयाँ स्थानमा राजधानी राख्न उपयुक्त हुने सुझाव दिएकीछन् ।
ओखलढुङगा, सोलुवासीलाई प्रदेश राजधानी पुग्न ३ र २ नंं प्रदेश छिचोल्नु पर्ने
प्रदेश १ को राजधानी विराटनगर पुग्ने ओखलढुङगा, सोलुका पश्चिमी क्षेत्रका बासिन्दाले सिरहा र सप्तरी जिल्ला पुगेर आउनु पर्ने बाध्यता छ । यी दुवै जिल्ला प्रदेश २ मा परेका छन् ।
झन सोलुखुम्बु र ओखलढुंगावासीले प्रदेश ३ र २ नंं पार गरेर आउनु पर्ने हुन्छ । प्रदेश ३ को सिन्धुली हुँदै बर्दिवा, धनुषा, सिरहा, सप्तरी भएर पुनः प्रदेश १ को सुनसरी भएर भारतको बोर्डर नजिक विराटनगर पुग्नुपर्ने बाध्यता छ ।

धरान उपमहानगरले २० विगाहा जग्गा दिने
सुनसरीस्थित धरान उपमहानगरपालिकाले धरानलाई राजधानी बनाउन लभिङ शुरु गरेको छ । धरान उपमहानगरपालिकाले राजधानीका लागि निशुल्क २० विगाहा जग्गा उपलब्द गराउने भएको छ । सुनसरीमा राजधानी सार्ने भए उपमहानगर भित्र भएका प्रदेश सरकारले उपयोग गर्ने भौतिक संरचनाहरु नगरकै खर्चले मर्मतसमेत गर्ने धरान उपमहानगरका प्रमुख तारा सुब्वाले जानकारी दिए ।
उपमहानगरपालिकामा भएको सर्वदलिय बैठक बसी प्रदेस प्रमुखको कार्यालय,मुख्यमन्त्रिको कार्यालय,प्रदेस सभा भवन सहित बिभिन्न मन्त्रालयका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले सप्तरङगी पार्कमा रहेको खाली जग्गा,एन्फा टेक्नीकल सेन्टरको उत्तरपट्टिको जग्गा र साकेला पार्क दक्षिणपट्टि रहको जग्गा मन्त्रालयहरु निर्माणका लागि दिने निर्णय भएको मेयर सुब्बाले जानकारी दिए ।
बैठकले मन्त्रालय,संसद भवन,प्रदेस प्रमुख तथा मुख्यमन्त्रीको कार्यालय सहितका सरकारी भवन निर्माण गर्न २० बिघा जग्गा उपलब्ध गराउने र आवासका लागि नगर क्षेत्र भित्र रहेका जग्गाहरु उपलब्ध गराउने निर्णय गरेकोे धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सीनाले जानकारी दिए । केही दिनमा नरगको निर्णयबारे मुख्यमन्त्री,सभामुखसहित मन्त्रीहरुलाई यो बिषयको जानकारी पनि गराउने भएको छ ।
सर्बदलिय बैठकमा नेकपा एमालेका तर्फबाट कार्यबाहक अध्यक्ष नारायण सुबेदी,नेपाली काङग्रेसका नगर सभापती तिलक राई,माओबादी केन्द्रका धरान इन्चार्ज चोत्लुङ,संघिय समाजबादी फोरम नेपालका नगर सचिब अनुप देवान लगायतको उपस्थिती रहेको थियो ।


धनकुटा–धरान–विराटनगर करिडर उपयुक्त
राजधानीका लागि मोरङ, सुनसरी र धनकुटाले आन्दोलनसमेत गरेकाले सबैको मागलाई सुनुवाई हुने गरि तीन वटै जिल्लामा मन्त्रालय बाँडफाट गरेर राजधान िकायम गर्न उपयुक्त हुने केही संसदहरुले सुझाएका छन् । मोरङको गोठगाउँ, सुनसरीको इटहरी, तरहरा र धरान उपयुक्त भएको नेकपा एमाले धरान नगरकमिटि अध्यक्ष नारायण सुवेदीले बताए । सदनका लागि धरानमा विपी प्रतिष्ठानको अडिटोरियम हल र धरान सभाग्रह उपयुक्त रहेका बताइएको छ । मुख्यमन्त्रिको कार्यलय इटहरी र केही केही मन्त्रालय विराटनगर, गोठगाँउ, धनकुटामा राख्दा सबैलाई पायक पर्ने संसदहरुले राय व्यक्त गरेका छन् ।
प््रदेश नं. १ का मुख्य मन्त्रि शेरधन राईले राजधानी र प्रदेशको नामकरणको विषयमा गहन छलफल गरेर चाढे निर्णयमा पुग्ने बताएका छन् ।