धरान /  'आजका यूवा भोलिका कर्णधार हुनु' भन्ने मुल नाराका साथ युवा वर्गमा नेतृत्व क्षमता बिकास गर्न नेपाली सेनाले संचालन गरेको राष्ट्रिय सेवा दल(एनसीसी) कार्यक्रम अन्तर्गत राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयले ५३३ जना छात्रा छात्रहरुलाई दीक्षित गरेको छ ।  

शुक्रबार मोरङको कालापानीमा एक कार्यक्रमको आयोजना गरि  कोशी प्रदेश र मधेश प्रदेश गरि १० जिल्लाका ५३३ जना छात्रा छात्र दीक्षित भएका हुन । 

५० औ जुनियर डिभिजन तालिमको तेस्रो चरणको दीक्षान्त समारोहको प्रमुख अतिथि पूर्वी पृतना हेडक्याटरका पृतनापति उपरथी पवनराज घिमिरे रहनुभएको थियो । उहाँले  एनसिसीको उद्देश्य क्याडेटहरूलाई भविष्यमा सेना बनाउन नभई तिनीहरूलाई सक्षम, शारीरिक रूपमा बलियो, जिम्मेवार, सहानुभूतिपूर्ण नेतृत्व क्षमता भएका नागरिकका रूपमा रूपान्तरण गर्नु भएको बताउनु भयो । 

'क्याडेटहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्नेहरूले युवा आदानप्रदान कार्यव्रmम अन्तर्गत सार्क राष्ट्रहरू र सिङ्गापुर भ्रमण गर्ने र राष्ट्रका उच्च स्तरका नेतृत्वहरूसँग अन्तव्रिर्mया गर्ने अवसर पनि पाउँछन् ।'-  उहाँले भन्नुभयो । 

२०२२ सालमा नेपाल सरकारद्बारा राष्ट्रिय कार्यक्रम तर्जुमा गरी राष्ट्रिय सेवा दलको स्थापना भएको थियो । २०७४ सालमा राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयको स्थापना भएको थियो । कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट हुने छात्रा छात्रहरुलाई कदर पत्रसमेत प्रदा नगरिएको छ ।  पाँच कुमार रामऔतार लक्षिया मावि सर्लाहीका  शिव यादव सर्बोत्कृष्ट क्याडेटको रुपमा  घोषित हुनु भयो । 

आदर्श माध्यमिक बिद्यालय सुनसरीकी छात्राबाट परिस्ता राई हुनु भएको छ ।  विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गरी ईष्ट होराईजन अंग्रेजी मावि मेचिनगर १० ले बेष्ट प्लटफर्मको उपाधी प्राप्त गरेको छ । 

वेष्ट स्पिकरका रुपमा  ईष्ट होराईजन अंग्रेजी माध्यमिक बिद्यालय, मेचिनगर १० का छात्रा सृष्टी कार्की पुरस्कृत हुनु भएको छ ।   पब्लिक स्पिकिङ्ग प्रतियोगिता तर्फ वेष्ट स्पिकर ईष्ट होराईजनक यूनिशा न्यौपाने हुनु भयो । 

ncc3

तालिमको दौरान क्याडेटहरुले हासिल गरेका सामान्य सैनिक कला, विपद् जोखिम न्युनिकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासन सम्बन्धीका विविध सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले भविष्यमा आउन सक्ने चुनौतिहरुलाई सहज रुपमा सामना गर्न सहयोग हुने कला सिकेको  राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी राजकुमार बस्नेतले बताउनु भयो । 

एनसिसी देशको राष्ट्रिय कार्यक्रम भए पनि नेपाली सेनाको उच्चस्तरको व्यवस्थापनमा कार्यान्वयन तथा सञ्चालन हुदै आएको छ ।  कार्यक्रम अनुसार सिनियर र जुनियर डिभिजनका लागि दुई प्रकारका तालिमहरु हुने  गर्छन् । 

जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउँछन् भने सिनियर डिभिजनले प्लस टुका विद्यार्थीलाई अवसर प्रदान गर्दछ ।

तालिम विशेष सैद्धान्तिक र व्यावहारिक ज्ञान दिन पाठ्यक्रमद्वारा निर्देशित गरिएको छ । यो कार्यक्रममा ७९ दिने तालिम, सम्बन्धित विद्यालयमा सञ्चालन हुन्छ भने बाँकी २१ दिन क्याडेटहरूका लागि नेपाली सेनाको ब्यारेकमा विशेष आवासीय क्याम्पसहित प्रशिक्षण आयोजना गरिदैं आएको शिक्षााधिकृत बस्नेतले जानकारी दिनुभयो । 

कार्यक्रममा विद्यार्थीलाई कुनै पनि शुल्क लाग्दैन । सहभागीहरूलाई पौष्टिक खाना र पेय पदार्थहरूका साथै विभिन्न प्रतिष्ठित पोसाकहरूका पूर्ण सेटहरू प्रदान गरिदैं आएको छ । 

अन्त्यमा १०० दिनको प्रशिक्षणपश्चात् क्याडेटहरूले प्रतिष्ठित पास आउट परेड प्रदर्शन गर्छन् । पिओपी कार्यक्रम पूरा भएपछि उनीहरूलाई योग्यता अनुसारको दज्र्यानी चिह्न प्रदान गरिन्छ । प्रत्येक वर्ष सात हजार ७०० भन्दा बढी क्याडेट दीक्षित हुने गरेको बताइएको छ । 

 एनसिसीको स्थापना भएदेखि हालसम्म ६६ हजारभन्दा बढी क्याडेट दीक्षित भइसकेका छन् ।  तालिम अवधिमा क्याडेटहरूलाई विभिन्न गतिविधि पिटी, ड्रिल, एरोबिक्स, गन फायरिङ (एसएलआरद्वारा र यसको मर्मतसम्भार), पर्खाल चढ्ने, घोडचढी, पौडी खेल्ने, वक्तृत्व कला, साण्ड मोडेल ब्रिफिङ, सांस्कृतिक कार्यक्रम, खेलकुद जस्ता विभिन्न किसिमका तालिम दिइन्छ । बन्दुक चलाउने, पर्खाल चढ्ने, घोडा चढ्नेहरू सिनियर डिभिजनका लागि मात्र हुने गरेको उहाँले बताउनु भयो । तर जुनियर क्याडेटहरूलाई भने गन फाइरिङकाे तालिम हुदैन ।

क्याडेटहरूले विज्ञहरूद्वारा विविध प्रकारका प्रेरणादायी कक्षाहरू, ट्राफिक नियम र विभिन्न रोगबारे सचेतना कक्षाहरूमा भाग लिन्छन् । प्राकृतिक प्रकोपमा उद्धार कार्यका केही आधारभूत अवधारणाहरू पनि प्रदर्शन गर्दै आवश्यक ज्ञान प्रदान गरिदैं आएको छ । 

ncc1