- मीना श्रेष्ट(सविना)
पहेलै रातै भएर कोदोबारीको बिचबिचमा
ढकमक्क फूलहरु फुलिरहेको छ।
भाइटीका नजिकिँदै छ।
भन्ने सङ्केत होला सायद
म अलि ढिलो बुझ्ने गर्छु।
गाउँघरमा जुवातासको निक्कै
लर्कोनै लागेको छ।
जाँडरक्सीले मान्छेका भुइँमा खुट्टा छैन।
हेर तल माइली दिदीको पसलमा
खुट्टोहाल्ने ठाउँ छैन।
उता तिहार आयो भन्दै कान्छी भाउजू
भिजेको चामल बोकेर वीरेको ढिँकीतिर
दगुर्दै छिन्।
तुलसीले थुन्सेभरी फूल टिपेर लरक्कै
घरतिर लाग्छे...
मेरो भने भाइ आउने आश छ।
सोच्दै छु फोन लाग्दैन बाको उपचारमा
लागेको ऋ० तिर्न प्रर्देश गको भाइ
यसपाली आउँछु भनेको छ।
उफ आधा बाटोमा पुग्दा नपुग्दै
कागले खङ्ररङ्गै भएर
सुकेको रुखमा बसि कराउँछ।
ए काले शुभ शुभ बोल शुभ खबर ल्या
अकस्मात फोन आयो दिदी म घर आउँदैछु
आमाले पनि सेल नपकाउँने निधोगरेकै बेला
हैन आमा पकाउन भाइ आउदैछ।
यो पालिको तिहारमा टीका र माला लगाउँन
हाम्रो गफ चल्दै गर्दा अचानक मान्छेका हुल देखिन्छन्।
लावा लस्कर लागेर लामो बाकस बोकेर आएका
मान्छे कस्का घर जादा हुन् आमा ?
खै हाम्रै घरतिर आउँदै छन्।
मैले भाइलाई धेरै थरिको माला उनेकी छु। आमा ?
सप्तरङ्गी टिकापनी ल्याएकी छु।
आमाले देखाउँदै भन्नुहुन्छ हेरन छोरी
ती मान्छे हाम्रै घर आउँदैछन्।
सेतो बाकस देख्नसाथ आमा बेहोस
बा मु्र्छित भाइको लास संगै बाको लास
यो माला अब कस्का लागि ?
रङगिन रंगहरु कस्ला लागि ?
विराटनगर , माेरङ