धरान /  धरानमा खानेपानीको चरम अभाव भएको छ । विभिन्न वडाहरुमा महिनौसम्म पानी नआउदा उपभोक्ताहरु मारमा परेका छन् । 

आइतबार जनप्रतिनिधीसहित धरानका मेयर हर्कराज राईको कार्यकक्ष घेराउ गरे । 

दैनिक जीवन यापनका लागि चाहिने खानेपानीबाट धरानेहरु बञ्चित हुनु परेको भन्दै धरानका सर्वसाधारण सहित जनप्रतिनिधीले धरान उपमहानगरपालिकामा पुगेर मेयर राईको कार्यकक्ष घेराउ गरेका हुन् ।

धरानका अधिंकाश वडामा खानेपानी आपूर्ति नभएपछि धरानको वडा नम्बर १, २, ३ , १२ लगायतका सर्वसाधारण खानेपानी आपूर्ति गरिदिन माग गर्दै मेयरको कार्यकक्षमा घेराउ गर्न बाध्य भएको वडा नम्बर १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीले जानकारी दिनु भयो ।  मेयर स्टनवाजी गरेर हिड्ने तर जनताका समस्याबारे चासो नदिने गरेको उहाँको भनाई थियो । 

तीन वटा वडाका जनप्रतिनिधिहरु सहित पुगेका वडाबासीहरुले धारामा पानी आउन छोडेको ४ महिनाभन्दा बढी भइसकेको गुनासो गरेका छन् । वडा नं १ का वडाध्यक्ष यज्ञमणी आचार्यले आफ्नो वडामा ४ महिनादेखि खानेपानीको हाहाकार भएको बताउनु भयो । 

वडाबासी मेयर साम्पाङको कार्यालय पुग्दा प्रहरी तैनाथ राखिएको थियो । सबै वडाबासीहरुलाई मेयर साम्पाङको कार्यकक्षमा प्रवेश गर्न पनि दिइएको थिएन । कडा सुरक्षाका साथ मेयर कार्यलयम बस्नु भएको थियो । मेयरले पानी मिलाएर खुवाउछुभनेर सम्बोधन गर्न खोजे पनि आधmोसित भीडले उहाँको आश्वासनमा विश्वास गरेका थिएनन् । 

वडाका जनप्रतिनिधि र सिमित अगुवाहरुलाई मात्र कार्यकक्षमा प्रवेश दिइएको थियो । प्रहरीले मेयरको कार्यकक्ष बाहिरै रोकेपछि वडाबासीहरु आक्रोशित भएर नारावाजीसमेत गरे । 

आक्रोश बढ्दै गएपछि मेयर साम्पाङ कार्यकक्ष बाहिर आएर संक्षिप्त कुराकानी गर्दै पानी पठाउने आश्वासन दिएपनि वडाबासीहरुले चित्त बुझाएनन् ।

हुने खानेले अहिले ट्यांकर मार्फत पानी खरिद गरेर प्रयोग गरे पनि आर्थिक अवस्था कमजोर भएकाहरुलाई भने पानीको समस्या अझ समस्या भएको उनीहरुको भनाई थियो । 

सर्दु,खर्दु, तामाखाम, निशाने खोला लगायत र भूमिगत पानीको स्रोतबाट धरानेहरुलाई खानेपानी आपूर्ति गर्ने गरिएको छ । तर मेयरा सम्पाङले पानीको पायप काटिएको र विगतमा असोजदेखि पनीको समस्या हुने तर अहिले बैशाखमा मात्र भएको भन्दैं फेसबुकमा स्टासट लेखेर पानी खान नपाएका उपभोक्ताहरुलाई उत्तेजित पादैं आउनु भएको छ । 

अहिले खोलानाला सुक्नु, पानीको मुहान नै सुक्नु र भूमिगत पानी समत पर्याप्त वितरण गर्न नसक्दा धरानमा यो समस्या आएको हो । तर केही वितरणमा समते खानेपानी व्यवस्थापन बोर्डले ध्यान नपुर्याउदा समस्या भएको स्थानीय बताउछन् । 

धरानमा दैनिक ३ करोड पानी प्रयोग हुने बोर्डले जानकारी दिए पनि अहिले मुस्किलले एक करोड पानी उत्पादन हुन सकेको् छैन ।