धरान  / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधानका लागि पहल गरिदिन नेकपा एमाले धरान उपमहानगर कमिटीले आग्रह गरेको छ । 

उपमहानगर कमिटीको अगुवाइमा आज झापा पुगेर नेताहरुले यो समस्याको समाधानका लागि पहल लिइदिन अनुरोध गर्दै ध्यानाकर्षण पत्र ज्ञापन पत्र बुझाएका छन् ।

पार्टी केन्द्रीय सदस्य मञ्जु भण्डारीको नेतृत्वमा पुगेको टोलीले बुझाएको ध्यानाकर्षण पत्र लिन साथ अध्यक्ष ओलीले प्रतिष्ठानका कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेर प्रतिष्ठानको समस्याबारेृ जानकारी लिनु भएको थियो । प्रधानमन्त्री दाहालले दुई तीन दिन भित्र समस्याका समाधान खोज्ने प्रतिवद्धता अध्यक्ष ओलीसँग राख्नु भएको कुरा अध्यक्ष ओलीले जानकारी गराउनु भएको उपमहानगर अध्यक्ष हर्कजंङ एभेङले जानकारी दिनु भयो । 

कोशी र मधेस प्रदेशको मुख्य उपचारको केन्द्रको रुपमा रहेको र देश कै उत्कृष्ट चिकित्सा शिक्षा अध्ययन अध्यापन हुने प्रतिष्ठान लामो समय देखि समस्यग्रस्त रहेको छ ।

अहिले सिनियर डाक्टहरु आन्दोलनमा छन् । केही समय अघि धरानका मेयर हर्क साम्पाङले आन्दोलनकारीलाई समर्थन गर्दै प्रतिष्ठानमा तालाबन्दी गर्नु भएको थियो । तर अदालतले अस्पतालमा ताला लगाउन रोक लगाएपछि डा।आन्दोलनमा छन् । 

खासगरि सत्तारुढ दलहरुको स्वार्थका कारण प्रतिष्ठान राम्रोसँग सञ्चालन हुन नसकेको एमालेले जनाएको छ । पछिल्लो समय प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरुले बृत्ति विकास, बढुवा तथा अनुसन्धान सम्बन्धि विषयहरुलाई उठाएर गरिरहेको आन्दोलन जाहेज भएको बताउदैं तर अस्पताल सेवा, शैक्षिक कार्यक्रम र अनुसन्धानका कार्यहरु अबरोध गर्न नहुने अध्यक्ष एभेङले बताउनु भएको छ । 

हरेक पदाधिकारीहरु भ्रष्ट्राचारमा मुछिने, निर्माण तथा खरिद कार्यहरुमा अनियमितता हुने, कर्मचारी नियुक्ति तथा आन्तरिक काम बाडफाडमा राजनीतिकरण हुने भएको कारण आज प्रतिष्ठान कमजोर अबस्थामा पुगेको छ ।, ध्यानाकर्षण पत्रमा भनिएको छ, प्रतिष्ठानको समस्या समाधान गर्न हाम्रो पार्टीको विषेश पहल नहुदा सत्तारुढ दलहरुको अस्वभाविक गतिविध समेत बढ्दै गएको छ । ठूलो र जनताको पार्टी भएका कारण पनि प्रतिष्ठानको समस्या समाधानमा नेकपा एमालेको भुमिकालाई आम धरानबासीले निहालिरहेका छन् । 

प्रतिष्ठानमा हाल देखिएको शिक्षक, कर्मचारी तथा विद्याथीैको आन्दोलनलाई सम्बोधन गर्न र प्रतिष्ठानको अस्पताल सेवा, शैक्षिक कार्यक्रम,अनुसन्धान जस्ता कार्यहरुलाई गुणस्तरीय बनाउन सरकार समक्ष विषेश पहल गरिदिनु हुन अनुरोध गर्दछौं ।

विपीको समस्यालाई लिएर एमाले केन्द्रीय सदस्य भण्डारी, लक्ष्मी गौतम, प्रदेश सभा सदस्य रमेश बस्नेत, विजयकुमार राई, रेवतीरवण भण्डारी, मीना श्रेष्ठ, पार्टीका प्रदेश कमिटी सदस्य तथा पूवै प्रतिनीधि सभा सदस्य जयकुमार राई, पूर्व प्रदेश कमिटी सदस्य मुरारी सुवेदी, सनुसरी क्षेत्र नं. १ संयोजक मीन सुब्बालगायतका नेता तथा कार्यकर्ताहरु अध्यक्ष ओलीलाई भेटन पुग्नु भएको थियो । भेटमा प्रदेश सभा सदस्य रमेश बस्नेतले प्रतिष्ठानका समस्याबारे अवगत गराउदैं प्रधानमन्त्रीसँग बसेर कुरा गर्दा मात्र उहाँको समस्या समाधान गर्न सकिने अध्यक्ष ओलीलाई जानकारी गराउनु भएको थियो । 

एमाले धरानको प्रतिष्ठानप्रतिको साचो र चिन्ता

धरानको एक मात्र गहना प्रतिष्ठान धारासायी बन्दैं गर्दा नेकपा एमालेले साचो र चिन्ता देखाउदैं आएको छ । यहाँका समस्या समाधानका लागि पदाधिकारी, शिक्षक, कर्मचारीलगायतसँग पटक पटक छलफल र परामर्श गरेको सुनसरी क्षेत्र नं. १ का इञ्चार्ज तथा प्रदेश सभा सदस्य विजयकुमार राईले बताउनु भयो । एमालेकै नेतृत्वमा धरानका राजनीतिक दलहरुका प्रतिनीधिहरुले प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री मोहनकुमार बस्नेतलगायतलाई काठमाडौ पुगेर ध्यानाकर्षण गराएको थियो । तर समस्या सुल्झाउन कुनै चासो नदेखाए पछि प्रतिष्ठामन झन समस्यामा पदैं गएको छ । 

प्रतिष्ठानका समस्या समाधानका लागि सरोकारवाला, नागरिक समाजसँग पनि एमालेले छलफल गदैं आएको छ । तर कुनै निकास नआए पछि केन्द्रीय नेतृत्व नै गम्भीर बन्न ध्यानाकर्षण गराएको हो । 

शिक्षक र चिकित्सक कल्याण समाजले पनि ओलीलाई ध्यानाकर्षण गराए 

विपी प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज खानको नेतृत्वमा विपी प्रतिष्ठानमा भइरहेको समस्या, चिकित्सकहरुको समस्याबारे लिखित ध्यानाकर्षण गराउनु भएको छ । उहाँहरुले चिकित्सक र कर्मचारी बढुवाका विषयमा भएको सहमति र बढुवा लामो समयदेखि बढुवा नहुदा प्रतिष्ठानमा देखिएको असरबारे अध्यक्ष ओलीलाई अवगत गराउनु भएको थियो । 

चिकित्सकहरुको वृद्धिविकास नहुदा विज्ञ चिकित्सकहरु पलायन

प्रतिष्ठानमा आवास तथा देश विशेषमा अनुभव आदान प्रदान गर्न जाने अवसर तथा डब्बल सेवा सुविधा पाउने हुदा चिकित्सकहरु नीजिमा राम्रो सुविधा भए पनि यहाँ काम गरिरहेका छन् । यहाँ स्वास्थ्य उपचारसँगै शैक्षिक ज्ञान आदनप्रदान पनि हुने गरेकाले धेरै राम्रा चिकित्सक प्रतिष्ठानमा कार्यरत थिए । तर पछिल्लो समय वृद्धि विकास नभए पछि चिकित्सक निरास छन् । विद्यार्थीहरु पनि शैक्षिक क्यालेण्डर विग्रदा संख्या घटेको छ । चिकित्सक प्रतिष्ठान छाडेर अन्यत्र जान क्रम बढेको छ ।  प्रतिष्ठानमा एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिसन प्रोफेसरहरूको सात वर्षदेखि रोकिएको आन्तरिक पदपूर्ति तथा बढुवा प्रक्रिया सात महिनाअघि सुरु भएको थियो । तर, लोकसेवा आयोगले शिक्षक सेवाका सर्त र सुविधासम्बन्धी नियमावली, २०६९ को प्रस्तावित मस्यौदा स्वीकृत गरी आयोगबाट मात्र पदपूर्ति प्रक्रिया अगाडि बढाउन प्रतिष्ठानलाई निर्देशन दिएपछि शिक्षकहरूले आन्दोलन गर्दै आएका छन् । 

प्रतिष्ठानमा कार्यरत एक सय ३० जना फ्याकल्टी शिक्षक र करिब १२ सय कर्मचारीको आन्तरिक बढुवा रोकिएको छ । वृत्ति विकास नै नभए पछि राम्रा चिकित्सक अन्यत्र पलायन भएका छन् । १० बर्षको अवधीमा विशेषज्ञ झण्डै ८० जना चिकित्सक प्रतिष्ठान छाडेको प्रतिष्ठानको तथ्याङ्क रहेको छ । पछिल्लो समय मुटुरोग विशेषज्ञ डा. प्रशान्त साह, बालरोग विशेषज्ञ डा. ज्योती अग्रवाल, दम रोग विशेषज्ञ डा. दिब्य मिश्रा, स्त्री रोग विशेषज्ञ डा अजय यादवलगायतका चिकित्सक प्रतिष्ठान छाडेका छन् । स्त्री रोग तथा प्रसुती विभागमा भएका प्राध्यापक डा. मोहनचन्द्र रेग्मी विदा बस्दा सो विभागमा प्राध्यापक अभाव भएको छ । चिकित्सा शिक्षा आयोगले प्रत्येक एक प्राध्यापक बरावर ३ जना विद्यार्थी भर्ना लिने प्रावधान बनाएको छ । उक्त विभागमा प्राध्यापक नहुदा आगामी दिनमा प्रसुती रोग सम्बन्धिको एमडीमा भर्ना शुन्य हुने छ । रेडियोलोजी विभागमा यस अघि नै प्राध्यापक अभावमा विद्यार्थीहरु शुन्य छन् । ७० प्लस प्राध्यापक हुने प्रतिष्ठानमा ३० जना भन्दा कम प्राध्यापक रहेको प्रतिष्ठानले जनाएको छ । बढुवा प्रक्रिया सुचारु हुँदा यो समस्या आफै हटेर जाने चिकित्सक बताउछन् । 

प्रतिष्ठानमा किन भइरहेको छ आन्दोलन

प्रतिष्ठानमा १५ वर्षदेखि १२ सय हाराहारीको संख्यामा कर्मचारीको आन्तरिक बढुवा रोकिएको छ भने चिकित्सक शिक्षकहरूले पनि आठ वर्षयता बढुवा पाएका छैनन्।

 शिक्षक–कर्मचारीले पदोन्नतिको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। प्रतिष्ठान व्यवस्थापनसँग पटकपटक सहमति भए पनि पदाधिकारीबीच एकमत नहँुदा कार्यान्वयन हुन सकेको छैन।

प्राध्यापक पदको दुरूपयोग गरेको अभियोगमा मुद्दा दायर भएपछि निलम्बनमा परेका तत्कालीन उपकुलपति डा। ज्ञानेन्द्र गिरीले २०७९ पुस २० र २५ गते विज्ञापन गरेर शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाएका थिए। उनी निलम्बनमा परेपछि निमित्त उपकुलपति एवं रेक्टर प्रा।डा। सञ्जीवकुमार शर्माले अन्तर्वार्तालाई निरन्तरता दिनु भएको थियो । 

अन्तर्वार्ता ६० प्रतिशत हाराहारीमा सकिएको थियो। तर सरकारले कायममुकायम ९कामु० उपकुलपतिमा प्राडा प्रह्लाद कार्कीलाई नियुक्ति दिएपछि अन्तर्वार्ता सुचारु भएन । उहाँले लोकसेवा आयोगलाई पत्राचार गरेर सुझाव मागेपछि बढुवा प्रक्रिया पूर्ण रूपमा अवरुद्ध छ। आयोगले प्रतिष्ठानको नियमावली संशोधन गर्न औपचारिक रूपमा नै पत्र पठाएर सुझाव दिएको थियो।

यो विषयले कामु उपकुलपति डा। कार्कीसँग रेक्टर प्रा।डा। शर्मा र रजिस्ट्रार प्रा।डा। सूर्यप्रसाद संग्रौला रुष्ट भएका थिए। साथै शिक्षक र कर्मचारीहरू पनि कार्कीले नै नियोजित रूपमा आयोगमा पत्र पठाएर बढुवा प्रक्रिया रोकेको भन्दै आक्रोशित छन्।  

gyapan patra