धरान  /  धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हार्डजोनी विभागले नेपालमा खासै सेवा नभएको जटिल प्रकारको शल्यक्रिया गरेको छ । 

प्रतिष्ठानका हार्डजोर्नी विभागका हार्डजोनी विशेषज्ञ चिकित्सक डा. रोसनप्रसाद शाह कलवारले मुटु छाती सम्बन्धिको सिटिभिएस शल्यक्रिया विभागका सर्जन डा. लोकेस जैसवालसँगको सहकार्यमा करङ्गहरु भाचिएको र फोक्सो फुटेको विरामीको सफल शल्यक्रिया गर्नु भएको हो ।  

पुस १९ गते काठमाडौंबाट धरान आउदैं गर्दा सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा धरान १५ का राजेन्द्र भण्डारीको करङ्ग भाचिनुको साथै फोक्सोमा चोट लागेको थियो । उहाँको ७ वटा  करङ्ग भाचिएको थियो । फोक्सो फुटेको थियो । उहाँसँग धरानका मजदुर नेता लक्ष्मी बाँनियासमेत दुर्घटनामा पर्नु भएको थियो । १० दिन लगाएर भण्डारीको शल्यक्रिया सफल भएको डा. कलवारले जानकारी दिनु भयो । 

उहाँका अनुसार टुक्रा टुक्रा भएर भाचिएको करङ्गहरु जोडन भारतबाट टाइटानियमको प्लेट(पाता) र स्क्रुप मगाएर प्रयोग गरिएको छ ।  मानिसको शरिरमा  १२ जोडी करङ्ग हुन्छन् । ७ वटा उहाँको भाचिएको थियो । टुक्रा टुक्रा भएकाले काम गर्न निकै समय लागेको थियो । चिकित्सकीय भाषामा यसलाई फ्लाइल चेष्ट भनिन्छ । 

यो अत्यन्तै रिक्सको काम थियो । उहाँको दायाँ फोक्सोमा समेत असर पुगेको थियो । यो शल्यक्रिया सम्भव नभएको भए उहाँको दायाँ फोक्सोले काम नगर्ने डा. कलवारले बताउनु भयो ।

यो शल्यक्रिया नेपाल मै कमै मात्र हुने गरेको उहाँको दावी छ । भारतका ठूलो अस्पतालहरु यो सुविधा रहेको छ । यस्तै करङ्ग भाचिएको अन्य सामान्य शल्यक्रिया विपीमा भएको भए पनि ठूलो संख्यामा करङ्ग भाचिएको शल्यक्रिया यो पहिलो हो । शल्यक्रियामा सहभागी डा. कलवारले भन्नु भयो- 'शल्यक्रिया राम्रो भएको छ । विरामी स्वस्थ्य हुनु भएको छ । उहाँको आज भोली नै घर फर्कनु हुदैंछ ।' उहाँको शरिरमा राखिएका पाताले कुनै असर नगर्ने र पछि निकाल्न पनि नपर्ने उहाँले बताउनु भयो । 

डा. कलवार अर्थोपेडिक्स(हार्डजोर्नी)मा एमएस गर्नु भएका प्रतिष्ठानका पुराना र अनुभवी चिकित्सक हुनुहुन्छ । उहाँले सन् २०१३ मा अस्ट्रेलिया तीन महिना एओ कम्प्लेकस ट्माको फेलोशिप गर्नु भएको थियो । यो जटिल चोट पटक सम्बन्धिको उपचार र शल्यक्रिया हो । यस्तै सन् २०१४ मा भारतको नयाँदिल्लीबाट एओ स्पाइन फेलोशिप गरेर  प्रतिष्ठानमा विशिष्टीकृत सेवा प्रदान गदैं आउनु भएको छ । प्रतिष्ठानमा प्वाल पारेर  जोर्नी भित्रको शल्यक्रिया (अर्थोस्कोपी) गर्ने उहाँ र डा. विष्णु पोखरेल दुई जना चिकित्सकहरु रहनु भएको छ । स-सानो दुलो पारेर जोर्नी भित्र दुरबिन(Telescope) ले हेर्दै गर्ने शल्यक्रियालाई Arthroscopy(आर्थ्रोस्कोपी) Surgery भनिन्छ। यस विधि बाट जोर्नी भित्र चुडिएको नशा (ACL/PCL), कुरकुरे हड्डी, गद्द्दा(meniscus) आदिको अप्रेसन गर्न सकिन्छ, जोर्नी सफा गर्न तथा जोर्नी भित्रको रोग (eg TB, बाथ, cancer) आदि यकिनका साथ diagnosis गर्न Biopsy sampling गर्न मिल्छ। डा. कलवारले यो सेवाबारे सन् २०१४ मै तीन महिना दिल्लीमा फेलोशिप गर्नु भएको थियो । 

एओ स्पाइन फेलोसिप गरेका चिकित्सक भने उहाँसहित अन्य चार जना हार्डजोर्नी विशेषज्ञहरु प्रतिष्ठानमा कार्यरत रहेको प्रतिष्ठानले जनाएको छ ।  

ripe