बिकास चाम्लिङ राई

धरान । डिपो स्कुलको आयोजनामा भोली देखि सुरु हुन लागेको १८ औ ललित अम्वर डिपो कपको तयारी पुरा भएको छ ।मंशिर १५ देखि २२ गते सम्म संपन्न हुने डिपो कपको उद्धघाटनमा आयोजक डिपो स्कुल र हिमशिखर स्कुल तरहराले प्रतिष्पर्धा गर्नेछ । 

सुनसरी जिल्ला स्तरिय प्रतियोगिताको १८ औ संस्करणमा धरानका १२ र धरान वाहिरका ४ विद्यालयले सहभागिता जनाउने छन् । सहभागि विद्यालयहरुमा धरानबाट आयोजक डिपो, काम्रेल स्कुल, नेपाल पुलिस, एक्वा सेकेन्डरि, माउन्ट हर्मन, दिल्ली पव्लिक, विष्णु मेमोरियल, देउराली चिल्ड्रन, हिविकस, मेरिल्याण्ड, प्रभात र समिट स्कुलले सहभागिता खेलमा प्रतिष्पर्धा गर्नेछन् । 

 धरान वाहिरबाट हिमशिखर तरहरा, मर्निङ्ग स्टार भरौल, वराह राइजिङ्ग स्टार र लर्ड वुद्ध स्कुल रामधुनिबाट समेत  सहभागिता जनाउने आयोजकले जनाएको छ  ।प्रतियोगिताका विजेताले नगद ११ हजार १ सय ११ रुपैया, उपविजेताले ७ हजार १ सय ११ र तेस्रो हुनेले ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि प्रतियोगिताको उत्कुष्ट खेलाडि, हाइस्कोरर र प्रत्येक खेलका म्यान अफ द म्याचले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसै गरि दिल वहादुर प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार १ सय ११ रुपैया र उपविजेताले २ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ । डिपो कपको पहिलो चरणमा पराजित टिमले दिल  वहादुर प्लेट च्याम्पियन प्रतियोगिता खेल्नेछ । प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको खेल मैदानमा संपन्न हुनेछ ।

फायल तस्वीर