धरान । सुनसरीको बराहक्षेत्रमा नेपालमा नै पहिलो पटक अनौठो खेल पानी सुल्के प्रतियोगिता हुने भएको छ ।

आज धरानमा उक्त खेलको बारेमा आयोजक चतरा हाईकिङ समुहले जानकारी गराएको हो । आयोजकका सदस्य एवम् नेपाल पत्रकार महासंघका केन्द्रय सदस्य भीषण राईका अनुसार यही कार्तिक २८ गते   युवा सशक्तीकरण, मेलमिलाप र आपसी सदभाव भन्ने नारा लिएर सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न १ मा अवस्थित चतरा नहरमा पहिलो पटक पानी सुल्के अर्थात स्टोन स्किपिङ खेल आयोजना हुने भएको वताउनु भएको छ ।  

368557971_1405247706869666_7777408996895558590_n

भाईटिकाको अघिल्लो दिन, गोबर्धन पुजाको दिन बिहान ११ बजेबाट यो खेलको सुरुवात हुने जनाइएको छ ।आयोजकका अनुसार  सहभागी जनाउनको लागि सहभागि हुन खेलाडीलाई प्रवेश शुल्क सय रुपैयाँ मात्र वुझाउनु पर्ने छ । यो खेल चतरा नहरमा दुई चरणमा खेलाइने छ ।

पहिलो चरणबाट छनौट भएका खेलाडीलाई अन्तिम चरणको खेलद्धारा विजेताहरुको पहिलो ,दोश्रो र तेश्रो घोषणा गरिने राईले बताउनु भएको छ । यो खेल महिलातर्फ र पुरुष तर्फ गरेर खेलाईनेछ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो गरि क्रमश नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ राखिएको छ। आयोजना हुन केहि समय थप बाकि र सहयोग प्राप्ति बढ्न सक्ने भएकोले पुरस्कार राशी बढाउन सकिनेछ।  नगद पुरस्कार संगै मेडल र प्रमाणपत्र पनि बितरण गरिनेछ ।  

पत्रकार सम्मेलनमा समाजसेवी तथा चतरा हाइकिङ समुहका युवराज भट्टराईका अनुसार चतरामा पानी,ढुङ्गा र मेन पावर सहितको सुविधा रहेकाले पनि नयाँ पुस्ताको लागि प्रकृतिसँग सामिप्यता बढाउने खेल भएकाले यो खेलद्धारा मनोरंजन सहित स्वास्थ्यको लागि राम्रो हुने वताउनु भएको छ । 

आयोजक समुहका सदस्य एवम् पत्रकार नवराज विष्टले खेल अनौठो र मनोरन्जनात्मक भएकाले खेलप्रेमीहरुले नाम दर्ता गराएर सहभागि वन्नको लागि आग्रह गर्नु भएको छ । उहाँले भन्नु भयो,बराहक्षेत्रको पर्यटन प्रवद्र्धनको लागि पनि यो खेलले थप सहयोग मिल्ने अपेक्षा गरेका छौ,त्यसैले अनौठो खेलको मज्जा लिनको लागि सहभागि वन्नु हुन अनुरोध गर्दछु।’  

के हो पानी सुल्के खेल ? 

नेपालकै सबैभन्दा ठुलो चतरा नहरमा यो खेल आयोजना हुदैछ। यो खेल सामान्यतया नदि, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुईकियाएर यो खेल खेलिन्छ। जसमा पानीको सतहमा उक्त ढुङ्गा कतिपटक उफ्रीन्छ त्यसको गणना गर्ने गरिन्छ। 

पहिलो पटक यो प्रतियोगिता आयोजना गरिएकोले धेरैलाई यो खेल नौलो लाग्न सक्छ। यो एउटा सामान्य र मनोरञ्जनात्मक खेल हो। यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा  नदि, ताल, बिच र जाम पानीमा प्रत्येक बर्ष प्रतियोगिताको रूपमा खेलिने गरिन्छ । त्यहाँ ठुला ठुला प्रतियोगितानै आयोजना हुन्छन् । यो  खेल नेपालमा भने पहिलोपटक चतराबाट सुरु हुदैछ। 

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेईनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् । उस्लाई माउन्टेन म्यान उपनामले पनि चिन्ने गरिन्छ।