पेन्सिल्भेनिया । अमेरिकामा सम्पन्न पहिलो हिमालयन खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा एभरेष्ट वल्ड क्लास बाल्टिमोर खुल्ला तर्फ च्याम्पियन भएको छ । 

पेन्सल्भेनियाको राजधानीमा ह्यारिसबर्गमा सम्पन्न च्याम्पियन सिपमा एभरेष्ट कुल ३९ स्वर्ण सहित पहिलो भएको हो । अमेरिकामा सात राज्यका १९ स्कुलले भाग लिएको सो च्याम्पियनसिपमा हिमालयन तेक्वान्दो केन्टकी ले ३५ स्वर्ण सहित दोस्रो भयो । यस्तै युनाइटेड एभरेष्ट ह्यारिसबर्ग ३० सहित तेस्रो भयो । हिमालयन तेक्वान्दो डोजाङ्ग ह्यारिसबर्गले च्याम्पियनसिप गरेको हो । स्थापनाको पाँच वर्षमा नै हिमालयन तेक्वान्दो स्कुल बृहत च्याम्पियनसिप आयोजना गर्न सफल भयो ।

1  11


तेक्वान्दो अन्तराष्टिय प्रशिक्षक नकुल शर्मा र उनकी श्रीमती पुनम दुलालले सन् २०१८ मा हिमालयन तेक्वान्दो स्कुल ह्यारिसबर्ग स्थापना गरेका हुन् । शर्मा नेपाली भाषी भुटानी हुन । च्याम्पियनसिपमा चार सय २८ जना खेलाडीले चुनौती पस्किएका थिए । नेपाली र नेपाली भाषी बाहेक अन्य समुदायका खेलाडी पनि च्याम्पियनसिपमा सहभागी थिए । 

च्याम्पियनसिपमा पुम्से, स्पाइरिङ्ग र ब्रेकिङ्ग गरी तीनवटा विधामा नै प्रतिस्पर्धा गराइएको थियो । खेलाडीको उमेर, तौल र बेल्टको आधारमा डिभिजन विभाजन गरिएको थियो । वल्ड क्यालस तर्फ एसओएस तेक्वान्दो पेन्सिल्भेनिया च्याम्पियन बन्यो । च्याम्पियनसिपमा महिला तर्फ सन्दीपा अमागाई र पु?ष तर्फ लक्ष्मण क्षेत्री उत्कृष्ट रेफ्री घोषीत हुनु भयो । 

3 7


च्याम्पियनसिपको उद्घाटनमा हिमालयन तेक्वान्दोका खेलाडीले आकर्षक प्रदर्शनी गरेका थिए । यस्तै नेपाली लोक नृत्य पनि प्रस्तुत गरिएको थियो । उद्घाटनमा प्रमुख अतिथि भर्जिनियाका ग्रान्डमास्टर एचके ली, पेन्सिल्भेनिया राज्यसभाका सांसदद्वय डेभ म्याडिसन र जस्टिन फ्लेमिङ, प्याक्सटन स्कुल प्रिन्सिपल बेनबो, इन्फिनिटी च्याटर स्कुल निर्देशक टमीले च्याम्पियनसिको सफलताको शुभकामना दिनु भयो । 

यस्तै भुटानी कम्युनिटी ह्यारिसबर्गका निर्देशक तेज मिश्र, एसियाली अमेरिकी मामिलाहरुमा गर्भनरको सल्लाहकार आयोगका उपाध्यक्ष अमीना अरशद, समाज सेवी तथा रियल्टर विश्व क्षेत्री, समाजसेवी डा. खेम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।