काठमाडाैँ /निर्वाचन आयोगले गत १० र २१ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फ दलहरूले प्राप्त गरेको सिट संख्या तोक्ने भएकाे छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्या आजै सम्बन्धित दलहरूलाई पठाउनका लागि पत्राचार गरेको छ ।