• कृष्ण प्रधान, सिलगड़ी, (भारत)

राम बनवास लागेदेखि सीतामाता अपहरणकाण्डदेखि उनको उद्धारकाण्डसम्म, लङ्कामा बन्दी सीतामातालाई रामो औंठी चिनो देखाइञ्जेल। घाइते लक्ष्मणको उपचारार्थ सञ्जीवनी बुटी ल्याइञ्जेल अनि सीतामाता र रामको भेटहुञ्जेल हनुमानको सोशियल स्ट्याटसमा कुनै आँच आएको देखिएऩ । अहिले आलु र प्याजको भाउ बढ़ेजस्तो त्यसताका रामाय़णकालमा हनुमानको भाउ प्याज र आलुभन्दा कम्ति थिएन अवश्यै पनि । यति ठूलो सामाजिक काम गरेर हनुमानले त्यसताका ठ्याम्मै घुर्की देखाएनन् । फुर्केर, सर्केर न ता मात्तिए, न ता पा त्तिए नै । अचेलका आधुनिक हनुमानजस्तो साँच्चै फुर्कै भएर जोलाई पायो उसैलाई ह्याँकुलाले मिच्ने चेष्टा गरेनन् ।

साँच्चै, हनुमानले के गरेनन् त्यसताका । अर्काको गाउँमा औंठी लिएर गई सीतामाताको सुकिसकेको हृदयमा फेरि रामको यादको बिरुवा रोपिदिएर राम र सीतामाझ परिसेदेखि नेटवर्क आरम्भ गराए । त्यस्तो सङ्कटकालमा हनुमानले नेटवर्क टावरकै काम गरेर आफ्नोलागि होइन तर सीतामाताको लागि जे जति पनि स्याक्रिफाइस गर्न सक्छु भन्ने दृष्टान्त कायम  गरेर हामीलाई पनि हनुमान झैं निस्वार्थ काम गर्नुपर्छ भन्ने सन्देश दिए । इत्र पुच्छरले पूल्ठोको काम गरेर लङ्का स्वाहा पारे । सुरसालाई एकै लातमा घुर्लुप्पै ढाले भने रावणको आगोपेटमै मुड़्की बजारेर रावणलाई युद्धभूमिमा घुप्लुक्कै पारे, रावण युद्धभूमिमै मूर्छा परे । बक्सिङको भाषामा भन्नु हो भने, सोझै नक आउट ।

रावणले के नै लछारपाटो लाउन सक्छु भनी जुर्मुराएको देख्दा हनुमानले फेरि मुड़्की देखाउँदा रामको सातोपुत्लो उड़ेन भन्नु मूर्खता हुन्छ । लाजै पचाएर पनि हुनमानको मुड़्कीसिस नडराएको स्वाङ पार्नै पऱ्यो । नत्र ता लङ्केश्वरको बदनाम हुने डर । हनुमानको छातीभित्र घुर्की भन्ने वस्तुको गुँड़ ठ्याम्मै थिएन । हनुमान जाई लाग्दैनथे तर आई लाग्नेलाई ठहरै पार्ने स्वभावका ढीट थिए । हनुमानको घुर्की एक रत्ति नभए पनि उनको मुड़्की भने गज्जबकै थियो । हनुमानको मुड़्कीको करामतीबारे रामायण श्रीयुद्धकाण्डको श्लोक सङ्ख्या २४५ देखि २४८ सम्मै यहाँ राख्दा पाठकहरूले हनुमानको मु़ड़्की दम कति रहेछ सो छ्याङ्ङै देख्नुहुनेछ ।

१.                    त्यो रावण रणभूमिमा जब पुग्यो सामने हुनुमान् गया ।

                        मूर्छा पारि गिराउँ यस् कन भनी एक् मुड़्की हान्दा भया ।।

                        छातीमा जब मुड़्कि बज्रन गयो खुप् बज्र तुल्यै गरी ।

                        घूँड़ा टेकि गिऱ्यो पनी दुइ घड़ी मूर्छा तुरन्तै परी ।।२४५।।

२.                   मूर्छा देखि उठ्यो र रावण  तहाँ स्याबास् तँ होस् वीर भनी ।

                        ठूला विर् हनुमानलाइ बुझि खूप् साह्रै सह्रायो पनी ।

                        रावणले हनुमानको सह्रनि खुप् ताहाँ गरेथ्यो जसै ।

                        रावणका सब सेखि तोड़्न हनुमान विर् बोल्न लाग्या तसै ।।२४६।।

३.                   हे रावण १ किन गर्दछस् सह्रनि यो धिक्कार् म मान्छू बरु ।

                        मेरो मु़ड़्कि पऱ्या पछी पनि बचिस् बोल्छस् यहाँ क्या गरू ।।

                        एक चोट् हान् तँ पनी मलाइ म पनि फेर् हान्छु छाती महाँ ।

                        एक् मुड़्की अब हानुला तँ न मरी उम्केर जालास् कहाँ ।।२४७।।

४.                   इ बात् श्रीहनुमान्ले जब गऱ्या बेसै  भन्यो हो भनी ।

                        एक् चोट् श्रीहुनुमानका हृदयमा ताकेर हान्यो पनी ।।

                        फेरी श्रीहुनुमान सऱ्या अघि तहाँ मुड़्की उठाई जसै ।

                        रावण् टिक्न सकेन एक् क्षण पनी अन्यत्र भाग्यो तसै ।।२४८।।

नेपाली सेनाले माओवादीलाई दमन गर्ने किसिम(किसिमका आधुनिक हतियार प्रयोग गर्नुपरेन हनुमानले । युद्धभूमिमा उनको मुड़्की नै काफी थियो । हनुमानको मुड़्कीले ठहरै हुने शक्तशाली रावणको घुर्की मात्रै रहेछ भन्ने स्पष्ट छतछती प्रमाणित हुन्छ उपरोक्त श्लोक वाचन गरेपछि ।

एउटा कुरो स्वीकार्नुपर्छ, हनुमान ठूला सामाजिक अभियन्ता थिए । उनको समाज सेवाको भावना कदरणीय र ईर्ष्यणीय छ । रामयुगमा उनको समाजसेवामा पुऱ्याएका योगदान गतिलो आदरणीय, कदरनीय मात्र होइन ईर्ष्यणीय पनि थियो । त्यसैकारण रामपरिवार उनलाई आदर गर्नु मात्रै राम(सीत(लक्ष्मणले आफ्ना मुटुकै सिरानमा राखेका थिए । उनको समाजसेवाप्रति डाह(ईख(इबी गर्ने कोही थिएनन् रामयुगमा । उतिबेला जण्डा(जण्डा ढेढ़ु, प्रेशर कुकुरमा हालेर उसिन्दा पचास सिटीमा पनि नपाक्ने अखराँट(अखराँट ढेढ़ुहरूले हनुमानको आह्रिस कहिल्यै गरेनन्।।।न ता उनको बदख्वाइँ नै गरे । ढोई(ढोई ढेढ़ुनीहरूले समेत घरि पनि घरि पनि मिसल गरेर वा घरि पनि घरि पनि एसेमेस गरेर हनुमानको काममा वाधा पुऱ्याएनन् । कति ठूलो अण्डरस्टाण्डिङ थियो त्यसताका हनुमान र ढे़ढ़ुनीहरूमाझ ।

उनको खुट्टा तान्ने कोही देखिएऩन् । एकपल्ट सुरसाले क्षार समुद्रमा उनको खुट्टा तान्ने मूर्ख प्रयास गरेकी थिइन्।।।नारायण।।।हनुमानको एकै लातले चोला उठ्यो । उनलाई वाधा दिने नारी(पुरुष कसैलाई पनि छोड्दैनन् थिए हनुमानले । हनुमान काँचो काठले डढ्ने व्यक्त्वका थिँदै थिएनन् । र नै उनी सम्माननीय ए उति बेला ।  रामकै निम्ति सेक्रिफाइस् गर्ने हनुमान साँच्चै सबैका आँखाका नानी थिए।।।थै थै थिए ।

हनुमानको बिँड़ो थामेर समाजसेवा गर्ने वा सामाजिक अभियन्ता भइटोपल्ने आधुनिक हनुमानहरू हिजोआज जताततै देखिँदोछ । अहिलेका हनुमान र रामयुगका हनुमानमाझ फरक एउटै मात्र फरक के मा छ भने, अचेलका हनुमानहरूको पुच्छर हुँदैन । अचेलका हनुमानभित्र समाजसेवा गर्ने भावना भक्कुचूर भएको देखिन्छ र नै प्रशंसनीय पनि छ । उनले मरिमरि भस्मे फाँडे़र मैदान फाँटिलो बनाउनु ता बनाउँछ नि।।।तर त्यस मैदानभित्र पसेर डङ् कि डङ् गोली हानेर गोल गर्नेहरू अरु नै हुन्छन् ।आफू चाहिँ वरको सिन्का पर पनि सार्न पनि सार्दैनन् तर अरुले वरको सिन्का पर सारेपछि त्यसको नाफा लुट्ने अरु नै हुन्छन् । यस्ता पुच्छर नभएका आधुनिक हनुमानलाई ढेढ़ुकै श्रेणीमा राख्दा कुनै टुटा नपर्नुपर्ने ।

अचेल जमानै उल्टो छ । काम गर्छ कालुले मकै खान्छ भालूले । लखतरान खटेर मकै उमार्ने कालु लाटाले पापा हेरजस्तो हेरेको हेऱ्यै हुन्छ  अनि कालुको मकै खाइदिँदा काखी बजाउने वा खुच्चिङ मच्चाउने आधुनिक ढेढ़ुहरू गाउँःघरमा भक्क्चूर देखिन्छन् । यस्ता ढेढ़ु स्वाभावका व्यक्तिहरू आफ्नै दुनो सोझ्याउनमै मस्त र व्यस्त हुन्छन् ।

अचेलका हनुमान लाटा न लाटा देखिन्छन् । एक लगनी लाएर समाज(जातिलाई सघाउनमा सिपालु हुन्छन् । तर उऩको काँधमा बन्दुक राखेर ड्याङ् कि ड्याङ् बन्दुक पड़्काउने अर्कै हनुमान हुन्छन् । हाम्रो गाउँमा एकजना मानिस आएर बाह्र बत्तीसको कुरा गरी नाना प्रलोभन देखाएर, आकाश पाताल विश्व ब्रह्माण्ड मात्रै होइन के के हो के के देखाएर हामीलाई मक्खै र पक्कै पारेर के के गर्न लायो लायो । हामी पनि फुर्केर उनलाईसघाउनै भयौं । उनको गुणगान, उनको प्रशंसा गरेर हामीले हाम्रो समय फुर्मास गऱ्यौं । उनी हाम्रा अगुवा बने, हामी उनको पुच्छरे । उनले जस्तो पाराले मादल बजाए हामी त्यस्तै  पाराले नाच्ने पनि भयौं । हामी लाटासिधालाई एकदिन उनले कुकुरको पुच्छर ढुङ्ग्रोमा हालेर राख्दा बाङ्गिएको पुच्छर सोझो हुन्छ भन्ने कुरा सुनाउनु मात्रै होइन गाउँभरिका भुस्याहाहरू बटुली ती भुस्याहाहरूको पुच्छर ढुङ्ग्रोमा हालेर राख्ने आदेश पनि दिए । उनको आदेश शिरोपर गर्दै हामी धरिएर गाउँमा भए जत्ति भुस्याहाहरू थुपारी कुकुरको पुच्छर ढुङ्ग्रोमा हालेर कुकुरको बाङ्गो पुच्छर सोझो हुन्छ भन्ने काकाकुली छटपटाइमा कुरिरह्यौं । हाम्रो प्रतिक्षाको घड़ी पनि समाप्त भयो । आ(आफूले ल्याएका कुकुरको पुच्छर ढुङ्ग्रोबाट निकाली हेऱ्यौं । के को पुच्छर सोझो हुनु रु ए रात्ते १ पुच्छर ता जस्ताको तस्तै तर ढुङ्गो पो कुइँक्कै बाङ्गिएछ । कुकुरको पुच्छर बाङ्गो ता होइन ढुङ्ग्रो नै बाङ्गिएको देख्दा उनले हामीलाई पो उल्टो झपारेर सातोपुत्लो खाए । हामीले बेस्सरी गाली खायौं । आँखा राता(राता पार्दै उनी बोले ( ूतँहरू एक पैसाको छैनस् । एउटा नाथे कुकुरको पुच्छर सोझो पार्न नसक्ने किन ठूल्ठूलो कुरा गर्छस् रु नाथेहरू ।ू

भन्नुको तात्पर्य के हो भने, उनको निम्ति हामीले गरेको काममा कुनै खोट भए त्यो हाम्रो दोष । कथङ्कल त्यो काम सप्रेको वा राम्रो भएको खण्डमा त्यो सबै उऩले गरेका भनेर घर्की देखाउनुसम्म देखाए । हामीलाई हनुमान बनाएर अरु पनि के के गर्न लगाए सो यहाँ भनिसक्नु छैन ।

हाम्रा गाउँ नेता जति सबै आफूलाई हनुमानकै जेरक्स ठान्छन् । हनुमानले अपहरुण भएकी सीतालाई उद्धार गरे तर यी हनुमानले भने चेलीबेटीको यौन अपहरण गरी नारी उत्थान समितिमा मुख्य अतिथिको आसनमा गजधम्म बसेर नारी सुरक्षाको भाषण छाट्छन् । मृत्युशय्यामा पुगेका लक्ष्मणको निम्ति सञ्जीवनी बुटी ल्याएर हनुमानले लक्ष्मणलाई जीवन दान गरेजस्तै यी नेता महोदय अरुको आबरुमाथि घूँड़सवार गर्छन् ।

हनुमान झैँ यिनी प्रसिद्धिको बाईपङ्खी घोड़ा चढ़ी मुलूक मार्न चाहन्छन् । गर्ने अरु नै कोही हुन्छन् तर यिनी नै खास हनुमानको धाक देखाएर गगनभेदी थपड़ीको तिर्सनामा छटपटिरहन्छन् ।

यहाँ काम हनुमानले गर्छन् तर हनुमानको पगरी गुँथ्ने धेरै हुन्छन् ।

जय हनुमान । (लेखक भारतका हास्यव्यङ्ग्ये  विधाका बरिष्ठ साहित्यकार हुन् ।)