धरान।धरानमा करिव तीन सातादेखि फैलिएको लामखुट्टेको टोकाईबाट हुने डेङ्गु संक्रमणका कारण  महामारीको रुप लिन थालेको छ । 

डेङगु संक्रमति भएर हाल सम्म ६ जना विरामीको मृत्यु भएको भने झण्डै दुई हजार जना भन्दा वढीमा संक्रमण देखिएको छ । संक्रमण भएर उच्च ज्वरोले थलिएकाहरुको उपचारको क्रममा मृत्यु भएको हो । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश महेताले दिएको जानकारी अनुसार डेङ्गु संक्रमण भएर धरानका विभिन्न वडाका ६ जनाले ज्यान गुमाएको वताउनु भएको छ । 

उहाँका अनुसार हाल सम्म धरान उपमहानगरपालिका वडा नम्बर १ मा एक,वडा नम्बर १० मा  पनि एक,वडा नम्बर १५ मा एक  सहित वडा नम्बर १७ मा भने दुई जनाको मृत्यु भएको छ । त्यसै गरि वडा नम्बर १८ मा पनि एक जनाको मृत्यु भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार आइतबारको रिपोर्ट अनुसार १ सय ४८ जनालाई डेङ्गु संक्रमित भएको छ । आजको रिपार्ट भने आउन बाँकी  रहेको छ । हाल सम्म दुइ हजार भन्दा वढीमा डेङ्गु संक्रमितका विरामीहरु छन् ।

संक्रमति हुनेको संख्या दैनिक बढ्दै गएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,विजयपुर अस्पताल लगायतको निजी मेडिकलमा समेत विरामीको चाप वढेको छ ।      

वीपी प्रतिष्ठानमा छुुुुुट्टै डेङ्गु अस्पताल सञ्चालनमा 

डेङ्गु संक्रमतिको विरामी वढेको वढ्यै भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छु्ट्टै अस्पताल सहितको वार्ड सञ्चालनमा ल्याएको छ । 

 डेंगु रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणले सहज रुपमा उपचार गराउनको लागि धरान उपमहानगरपालिकाको सहकार्यमा वीपी प्रतिष्ठानले छुट्टै वार्ड सञ्चालनमा ल्याएको वीपी प्रतिष्ठानका सह–प्रवक्ता चुरामणि पोख्रेलले वताउनु भएको छ । 

Dengue ward 2


उहाँका अनुुसार हिजोदेखि कोविड अस्पताललालाई डेंगु संक्रमित भई प्रतिष्ठानमा उपचारका लागि भर्ना हुने बिरामीहरुको बढ्दो चापलाई मध्यनजर गरी छुट्टै डेंगु वार्ड संचालनमा ल्याएको हो र  हाल २१ जना विरामी  बेड भर्ना भएर उपचाररत रहेका छन् ।इमर्जेन्सीमा आउने डेंगुका बिरामीकोे चापमा अत्याधिक वृद्धि हुँदा कुनै पनि बिरामी उपचार सेवाबाट वंचित नभई सहजरुपमा उपचार सेवा पाउन तथा  अन्य रोगका बिरामीहरुको उपचार सेवामा समेत असर नपरोस् भन्ने उदेश्यले प्रतिष्ठानको कोभिड अस्पताल भवनमा (धर्मशालाको पूर्वपट्टी) हाललाई ३०  वेडको छुट्टै डेंगु वार्डको व्यवस्था गरिएको छ । 

प्रतिष्ठानको इमर्जेन्सीमा वा ओ.पी.डी.मा उपचारका लागि आएका डेंगुका विरामीह? मध्ये सिकिस्त विरामीह?लाई आईसियू,इमर्जेन्सी र अन्य वार्डह?मा उपचारार्थ राखिने छ भने त्यस बाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीह?लाई सो वार्डमा भर्ना गरी उपचार गरिने छ ।

हाल कोभिड अस्पतालमा संचालनमा ल्याइएको डेंगु वार्डमा विरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी भविष्यमा वेड क्षमता विस्तार एवम सघन उपचार सेवा आइसियू समेत संचालन गरिने तयारी रहेको सह–प्रवक्ता पोख्रेलले वताउनु भएको छ । प्रतिष्ठानमा धरान छुट्टै क्लिनिक पनि सन्चालनमा रहको छ ।    

डेङ्गु वच्न के गर्ने  ?

पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।

स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन स्वास्थ्यकर्मीहरुले आग्रह गर्दै आएका छन् ।