धरान । नेपालमा डेङ्गुको सङ्क्रमण बढिरहेको छ । पानी परेसँगै डेङ्गुका बिरामी बढ्न थालेका हुन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गुका बिरामी बढ्न थालेको जानकारी दिनुभयो ।
ज्वरो लामखुट्टेबाट सर्ने रोग हो जुन विश्वको ट्रपिकल तथा सब ट्रपिकल क्षेत्रमा देखा पर्दछ । डेङ्गुको सङ्क्रमण हरेक वर्ष विश्वभर लाखौँको सङ्ख्यामा हुने गरेको छ ।
डेङ्गु ज्वरो दक्षिणपूर्वी एसिया, पश्चिमी प्रशान्त महासागरीय टापुहरू, ल्याटिन अमेरिका र अफ्रिकामा सबैभन्दा बढी पाइन्छ । तर यो रोग युरोप र संयुक्त राज्य अमेरिकाको दक्षिणी भागहरूमा पनि फैलिरहेको छ ।
हलुका डेङ्गु ज्वरोले उच्च ज्वरो र फ्लू जस्ता लक्षणहरू निम्त्याउँछ ।
डेङ्गु ज्वरोको गम्भीर रूप, जसलाई डेङ्गु हेमोरेजिक फिभर पनि भनिन्छ, यसले गम्भीर रक्तस्राव, रक्तचापमा अचानक गिरावट र त्यसका कारणबाट मृत्यु पनि निम्त्याउन सक्छ ।
लक्षणहरू सामान्यतया पहिलो संक्रमणको साथ गम्भीर हुदैनन् तर यदि तपाईंलाई डेङ्गु भाइरसका फरक संस्करणबाट अर्को संक्रमण भयो भने, तपाईलाई डेङ्गु ज्वरोबाट हुने गम्भीर जटिलताहरूको जोखिम बढ्छ ।
डेङ्गु ज्वरो कसरी सर्छ ?
डेङ्गु एडिस (Aedes)नामक लामखुट्टेको टोकाइबाट सर्छ, जसले जिका र चिकनगुनिया जस्ता भाइरस पनि बोक्छ । लामखुट्टेले डेङ्गु ज्वरो भएको व्यक्तिलाई टोक्छ र त्यसपछि अरू कसैलाई टोक्छ, जसले गर्दा उनीहरू संक्रमित हुन्छन् । डेङ्गु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग होइन तर डेङ्गु गर्भवती महिलाबाट बच्चामा सर्न सक्छ ।
डेङ्गुको संक्रमण कसरी हुन्छ ?
डेङ्गुको भाइरस फैलाउने दुई प्रकारका लामखुट्टे हुन्छन् स् एडिस एजिप्टी ९ब्भमभक बभनथउतष्० वा एडिस अल्बोपिक्टस ९ब्भमभक बदियउष्अतगक०।
यी दुई प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु को संक्रमण हुने गरेको छ । यी दुवै प्रकारका लामखुट्टे मानव आवास र वरपर पाइन्छ ।
लामखुट्टेले डेङ्गु भाइरसबाट संक्रमित व्यक्तिलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्छ । त्यसपछि संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा त्यो व्यक्तिको रगतमा भाइरस पस्छ र संक्रमण गराउँछ ।
डेङ्गु ज्वरो चार प्रकारका डेङ्गु भाइरस मध्ये कुनै एकको कारणले हुन्छ । संक्रमित व्यक्तिको वरपर बसेर डेङ्गु ज्वरो आउन सक्दैन बरु लामखुट्टेको टोकाइबाट डेङ्गु ज्वरो सर्छ ।
डेङ्गु ज्वरोबाट निको भएपछि, तपाईंलाई संक्रमित गर्ने भाइरसको प्रकारसँग दीर्घकालीन प्रतिरक्षा हुन्छ तर अन्य तीन डेङ्गु ज्वरो भाइरस प्रकारहरूमा हुँदैन।
यसको मतलब तपाईं भविष्यमा अन्य तीन भाइरस प्रकारहरू मध्ये एकद्वारा फेरी संक्रमित हुन सक्ने सम्भावना हुन सक्छ ।
दोस्रो, तेस्रो वा चौथो पटक डेङ्गु ज्वरो आएमा गम्भीर डेङ्गु ज्वरो आउने खतरा बढ्छ, त्यसैलै हामी डेङ्गु ज्वरोको बारेमा सतर्क रहन जरुरी छ ।
डेङ्गु ज्वरो छ आएको कसरी थाहा पाउन सकिन्छ ?
डेङ्गु ज्वरो छ कि छैन भनेर थाहा पाउनका लागि रगत परीक्षण गरिन्छ ।
तपाईंको नसाबाट लिइएको रगतको नमूना लिईन्छ र त्यसलाई डेङ्गु भाइरसको लक्षणहरू हेर्न प्रयोगशालामा पठाईन्छ । रगत परीक्षणबाट तपाई डेङ्गु भाइरसबाट प्रभावित हुनुहुन्छ कि हुनुहुन्न भन्ने जानकारी पाउन सकिन्छ ।
डेङ्गु ज्वरो गर्भावस्थामा लागेमा कस्तो जटिलता हुनसक्छ ?
यदि तपाईं गर्भवती हुनुहुन्छ र डेङ्गु ज्वरो छ भने, यसले गर्भपतन, कम वजन वा समय भन्दा पहिले बच्चा जन्माउन जस्ता समस्या हुन सक्छ ।
तसर्थ, गर्भावस्थाको समयमा आफू र आफ्नो गर्भमा रहेको बच्चालाई डेङ्गुबाट सुरक्षित राख्नका लागि विशेष सावधानी अपनाउन एकदमै जरुरी छ ।
डेंगु लागेको कसरी थाहा पाउने ?
– डेंगुको लक्षण तुरुन्तै देखिदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ ।
– एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ ।
– ज्वरो आउँछ । तर, आम ज्वरोभन्दा यो फरक हुन्छ । किनभने डेंगुको ज्वरो निकै तिब्र हुन्छ ।
– कमजोरी अनुभव हुन्छ । साथै चक्कर लाग्छ । कतिपय चक्कर लागेर बेहोस समेत हुन्छ ।
– जिब्रोको स्वाद बदलिन्छ । भोक कम लाग्छ ।
– पखाला लाग्छ ।
– टाउको तथा कम्मर दुख्छ ।
– गंभिर अवस्थामा आँखा, नाक आदिबाट रगत बग्न थाल्छ ।
कसरी सर्तक रहने ?
१. घरको आसपास एवं टोल छेउछाउ पानी जम्मा हुन नदिने ।
२. नीमको पात बालेर त्यसको धूँवा घरमा फैलाउने ।
३. पानी राखिएको भाँडा बर्तन खुला नराख्ने ।
४. भान्सा र वाथरुमलाई सुख्खा राख्ने ।
५. झ्याल ढोकामा जाली लगाउने ।
६. शरीर पूरा ढाक्ने पहिरन लगाउने ।
७. सुतेको समयमा मच्छरदानी प्रयोग गर्ने ।
८. घर आसपासमा लामखुट्टे मार्ने औषधी छर्ने ।
के छ उपचार ?
शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । उल्लेखित लक्षण देखिनसाथ अस्पताल जानुपर्छ । चिकित्सकको सम्पर्कमा रहनुपर्छ ।
डेंगु भएपछि शरीरमा प्लेटलेट्सको संख्या तिब्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधीका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।
१. सादा भोजन लिनुपर्छ । धेरै नुन भएको खानेकुरा सेवन गर्नु हुँदैन । मसलेदार चटपटे खाना बन्द गर्नुपर्छ ।
२. अनार, गहुँको जमराको रस पिउनुपर्छ ।
३. ताजा मौसमी फल सेवन गर्नुपर्छ ।
४. नरिवल पानी वा सफा पानी धेरै मात्रामा पिउनुपर्छ ।
५ भिटामिन सी युक्त फल खानुपर्छ । कागती, सुन्तला, अंगुर, जामुन पर्याप्त मात्रामा सेवन गर्नुपर्छ ।
६. मेवाको पातको रस बनाएर दिनमा दुई तीनपटक पिउनुपर्छ ।