• पारस काङमाङ राई 

१.फाक्लेवा सिली /खन्ने खोर्सने सिलि

अर्थात शिली गर्नु भन्दा अगाडीको तयारी गरिने सङ्केत हो।अर्थात चासुमरधान रोप्ने सिली भन्दा अगाडि गरिने शिली हो,फाकलेवा शिली।

२.आप्तारुङ सिली ।

थल वा जमीनमा सिकार खेलिने ,धनु वान चलाउने,खेलाउने,जङ्गलमा  गएर जनवार मारेर खाने, झ्यापालो,तिस्कुला,भाला,जालढुङ्गे हतियारदेखि जङ्गलमा पाईने वनास्पती,बोट बिरुवाबाट पाईने बिशालु पदार्थ पनि आप्तारुङ सिली भित्र पर्दछ्न।

यहाँ वेर्पा,माकस,भालु,बाँदरको सिली पनि पर्दछ। खास गरि सिकार खेल्दै जादा कुर्ले ढुकुर मारेर गाडमा गेडागुडी देखे,अचम्मा माने । वनफाडे,खने,माटोमा त्यो गेडागुडी गाडे ।

फल्यो,फुल्यो,पाक्यो,त्यस पछी पानीमा पकाए खाए ।  त्यसको खेती गर्न शुरु गर्यो र चासुम सिली गर्न थाले । यतिवेला   पानीमा रहेको पाहा ।काङमाग र माछा । ‘ङ’ को पनि सिकार गरिन्थ्यो ।  यी सिलीहरु मुन्धुमका साथ रच्दै गएको देखिन्छ।

क.शिकारी सिली  

खं. छोङाई सिली

यो सिली छोङाई राजा भेङ्गुमा चरा हो । यो चरा जताततै पाइन्दैन ।  यो पन्छि सिली हो ।चराचुरुङ्गीको अभिनय गरिने सिलीलाई छोङाई सिली भनिन्छ । यसको पनि सानो र  ठूलो गरि दुई प्रकार सिली हुन्छ ।

सानो सिली / छि सिली ः–माक्वा,झक्वा,वापा,वामा,तावा,उडि हिड्ने चिर्विरे चरी,कल्चुडा,मयुर आदीको नक्कल हो।

ठूलो सिली / घि सिलीः– ठूलो घि  सिलीलाई नारोवा शिली भनिन्छ । यो काराङकुरुङ चराको अभिनय हो।

३. खारु सुम्निमा सिलीः–मुन्धुमी भाषामा  खारु सिली भनिन्छ ।वान्तावा राईका दुई भाषा छ्न् । पहिलो  मुन्धुमी भाषा र दोस्रो बान्तावा भाषा ।मन्धुमी भाषा चाहीँ    नाक्छोङहरुले मात्र बोल्न सक्दछ । अर्थात पर्यावाची शब्दमा चासुम   अन्न वाली रोप्ने सिली हुन्छ ।तर धान रोप्ने सिली मात्र गरेपनि चासुम भनेको अन्न वाली सबै नै पर्दछ।

४ंसिकी सिली / दाकथुम सिली ः– यसलाई पर्वते भाषामा तान बुन्ने सिली भनिन्छ ।यसको रुप पक्षमा फाक्लेवा गर्ने,भष्मे फाँड्ने,खन्ने,कपास टिप्ने,आदि हुँदै छुट्टिएको आदि इसारा दिने, रुमालले आँसु पुच्छ्ने,बाईबाई गर्ने अभिनय हुन्छ।

क. जीव जन्तु र छोङाइ सिली ः–छोङाई राजा भेङ्गुमा चरा हो ।तर यो चरा जता ततै पाईन्दैन । यो पन्छि सिली हो । चरा चुरुङ्गीको अभिनय अर्थात खुट्टाले गरिने सिलीलाई     छोङाई सिली भनिन्छ ।छोङाई  सिली माथि प्रस्तुत गरिएको छ ।तल जीव,जन्तुको अभिनय गरिने सिली निम्न प्रकारको सिली रहेको छ।

क. बाघरकिवारसामा सिली 

ख.वादररहेलावारकाछुपा सिली 

ग. भालुरमाकसरवेर्पा सिली

घ. छेपारोरकोकोलिपारकोकोचिलेप सिली

ङ.पुतली सिली 

च. झिङ्गारखसिमा सिली 

५ं तायामा खियामा सिली ः–  खारु चासुम सिली मन्धुमी भाषामा हो,लाई तायामा खियामा सिली भनिन्छ । अर्थात तायामा र खियामाले खारु र चासुमको नकक्ल गरेका थिए, मन्धुमी भाषा गाउँदै।

६ं नारोवा सिलीः–यो माथि पनि चर्चा भएको छ ।कराङकुरुङ चराको अभिनय हो । यसलाई घि वा ठूलो सिली भनिन्छ।

अन्त्यमा,

अगाडीको लेखमा  जस्तै सिलीको आफ्नै मौलिकता र सस्कृती पक्ष छ।   त्यसको अर्थलाई अनर्थ हुने गरी सिली मिस्कट ।मिसाउने कुरा गलत हुदैछ।दोस्रो प्रतियोगिता गराएर एउटा राई कलाकारको नाममा नाँची  रहँदा अर्को   राईको नाँच्न पाउने संस्कृति  अधिकार खोस्नु हुदैन ।  नयाँ पुस्तालाई गलत कुरा नसिकाऔ‌।