धरान यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनका लागि शुक्रबार भएको मनोनयन पत्र वितरणको अन्तिम समयमा धरानस्थित पिण्डेश्वर विद्यापीठमा नेपाल विद्यार्थी संघले लफडा गरेको छ । 

संघसँग आवद्ध विद्यार्थीहरुले सुरक्षाका लागि खटिएका कर्मचारीलाईसमेत आक्रमण गरेका छन् । सुरक्षा गार्ड भूवनसिंह विष्टले धरान–१४ स्थित अस्थायी प्रहरी चौकीमा उजुरीसमेत दिएको पीडितले बताउनु भएको छ । पीडित सुरक्षागार्ड विष्टका अनुसार चुकुल लगाएको ढोकामा लात्तीले हानेर ढोका फोडेको र त्यस क्रममा आफूलाई हातमा टोकेको उहाँले बताउनु भयो । ढोका खोलेर सुरक्षाकर्मीलाई आक्रमण गरि टेबलमा भएको कागज पत्र जलाएको उहाँले जानकारी दिनु भएको छ । 

यता  नेविस‌घका क्याम्पस इकाई प्रमुख प्रवेश पौडेललाई  बुझ्दा आफूमाथि आक्रमणको प्रयास भएकाले आत्मरक्षाको क्रममा टोकेको बताउनु भएको छ । नेविसंघले भने अनियमित विद्यार्थीलाई क्याम्पस प्रशासनको मिलेमतोमा भर्ना गराएकोले त्यस्ता विद्यार्थीहरूको मतदाता नामावली सूचीबाट हटाउनु पर्ने माग गरेको निर्वाचन आयुक्तको जिम्मेवारी पाएका कृष्णगोपाल अधिकारीले जानकारी दिनु भएको छ । उनीहरुले निर्वाचनका कार्यालयसमेत तालाबन्दी गरेका थिए । पार्टीका नेताहरुसँग बसेर छलफल गरि निर्वाचन प्रक्रियामा आउन आफुले विद्यार्थीैहरुलाई जानकारी गराएको अधिकारीले बताउनु भएको छ । देश भर शुक्रबार साँझ पाँच बजे भित्र मनोनयन पत्र लिने कार्यक्रम थियो । अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुले भने मनोनयन पत्र लिएको छ । तर नेविसंघले भने लफडा गरि मनोनयन पत्र नै नबुझेको निर्वाचन समितिले जनाएको छ । 

 गत फागुन १४ गते क्याम्पस प्रमुख र क्याम्पसको प्रवेशद्वारमा तालाबन्दी पनि गरेका थिए । विभिन्न राजनीतिक दलहरू, क्याम्पस प्रशासन, क्याम्पसमा रहेका प्रगतिशील, प्रजातान्त्रिक प्राध्यापक संघ रूको सर्वपक्षीय भेलाले क्याम्पसको प्रवेशद्वारमा लागेको तालाबन्दी चाहिँ खोलिएको थियो । त्यसबीचमा प्रगतिशील, प्रजातान्त्रिक र माओवादी केन्द्र निकट सम्मिलित एउटा छानबिन समिति पनि बनेको थियो । उक्त छानबिन समितिको संयोजकमा नेविसंघ निकटप्रजातान्त्रि प्रध्यापक संघका डा. भवानी शंकर भट्टराईलाई संयोजक बनाइउको थियो । समितिले गरेको निर्णय मान्ने नेविसंघले वाचा गरे पनि अन्तिमा आएर सबै विद्यार्थीहरुको नाम हटाउनु पर्ने माग गरेको छ । 

नेविसंघले बीए प्रथम वर्षमा भर्ना भएका ८४ जना विद्यार्थीको विषयमा विवाद उठाउँदै आएको थियो । यता छानविन समितिले संका लागि ३ जना विद्यार्थीहरुको नाम हटाएर प्रतिवेदन सार्वजनिक गरेको थियो । 

उक्त समितिले गरेको निर्णयलाई चुनावमा सहभागी संगठनहरूले स्वीकार गर्ने सहमति पनि भएको र त्यसमा सबै संगठन ठनका प्रमुखले हस्ताक्षर पनि गरेको आयुक्त अधिकारी बताउँछन् ।

उहाँका अनुसार उक्त छानबिन समितिले ३ जना विद्यार्थी अनियमित देखिएकाले हटाइएको प्रतिवेदन दिएको थियो । स्ववियु निर्वाचनमा कुल २ सय १४ जना मताधिकार प्राप्त विद्यार्थी थिए । जसमा तीनजनाको नाम हटाएपछि २ सय ११ जनाको अन्तिम नामावली प्रकाशन गरिएको आयुक्त अधिकारीले बताउनु भएको छ । 

क्याम्पसमा भएको समस्या समाधान गर्न नेविसंघ निकटकै व्यक्तिको संयोजकतत्वमा छानविन समिति बनेको र छानविन समितिले गरेको निर्णय सबैले मान्ने यस अघि नै सहमति भएकाले नेविसंघले निर्वाचन विथोल्ने गतिविधी गर्न नहुने क्याम्पसका अनेरास्ववियु उपाध्यक्ष दिवाकर पोखरेलले जानकारी दिनु भयो । २०६५ साल  देखि  स्ववियु  निर्वाचन हुन सकेकाे छैन् । निर्वाचन गर्ने वातावरण बनाउनु पर्ने उहाँको भनाई छ । नेविसंघले बखेड झिक्न नहुने सबै मिलेर निर्वाचन गराउनु पर्ने उहाँको भनाई छ ।