धरान /  प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य भमि आचार्य विजय भएका छन् । प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहनु भएका आचार्यले ३२ हजार ८ मत ल्याएर फराकिलो अन्तरले विजयी हुनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत ल्याउनु भयो ।

यस्तै प्रदेशसभा ‘२’मा एमाले कै रामप्रसाद महतो १८ हजार १९१ मतसहित विजयी हुनु भएको छ ।  कांग्रेसका राजीव कोइरालाले १७ हजार ६३६ मत मात्रै पाउनु भयो । उहाँ मुख्यमन्त्रीको दावेदारसमेत हुनुहुन्थ्यो । प्रदेश सभा १ मा एमाले कै रेवती भण्डारी विजयी भइसक्नु भएको छ । 

भीम आचार्यको संसदीय यात्रा

२०५१ सालयता नेकपा )एमाले)बाट सुनसरीमा लगातार संसदीय निर्वाचन लडिरहनु भएका भीम आचार्यले यसपटक क्षेत्र नं २ को टिकट लिनु भएको थियो ।  सुनसरीको इनरुवा–६(साविक मधेसा गाविस–९)का स्थायी बासिन्दा समेत रहनु भएका आचार्य २०५१ र २०५६ सालमा सुनसरी ४ बाट संसदीय यात्रा गर्दा पराजय भखभेग्नु भएकोथियो । 

२०६४ र २०७० सालमा भएको प्रतिनिधी सभा निर्वाचनमा उहाँले विजय हासिल गर्नु भएको थियो । 

पहिलो पटक २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी भएपछि आचार्य एमालेको प्रमुख सचेतक भएर पार्टीमा बलियो हुनु भयो । दोस्रो संविधानसभामा पुगेपछि सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत हुनु भयो । 

त्यसपछि प्रदेश १ को मुख्यमन्त्री बन्न चाहेका आचार्यले २०७४ को चुनावमा पार्टीबाट सुनसरी–१ (ख) को टिकट पाएर उहाँले २० हजार २११ मतका साथ विजयी हुनु भएको थियो । तर संसदीय दलको नेताको निर्वाचनमा हार व्यहोर्नु भयो । 

एमालेमा माधवकुमार नेपाल निकट भएर काम गर्नु भएका आचार्य २०७८ भदौमा पार्टी विभाजन हुँदा एमालेमै बसेर पार्टी संरक्षण लाग्नु भयो । त्यसलगत्तै उहाँलाई पार्टीले मुख्यमन्त्री बनायो । झण्डै तीन महिना मात्र सरकार चलाउन पाउनु भएका आचार्यले लोकप्रिय काम गरेर चर्चामा आउनु भएको थियो । 

Bhim Acharya

आचार्यको पृष्ठभूमि

२०१६ सालमा धनकुटामा जन्मिनु भएका आचार्य व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नु भएको छ । राष्ट्रिय राजनीतिमा अब्बल आचार्य विभिन्न देशकाविकासका माडेलहरु अध्ययन र अवलोकन गर्नु भएको छ । प्रदेश १ का सरकार सञ्चालन गर्दा उहाँले योजना बनाएर अगाड िबढ्नु भएको थियो । कार्यालयहरु डिजिटलाइज गर्ने र १४ वटै जिल्लामा सेवा केन्द्र खोल्ने उहाँको छोटो कार्यकालको लोकप्रिय निर्णय थियो । प्रदेश १ को राजस्व वृद्धि गर्न राजस्व अध्ययन गर्न विज्ञ टोली बनाएर काम सुरुवात गर्नु भएको थियो । तर गठबन्धनको नेतृत्वमा सरकार बने पछि ती कामे लोप्रियता पाउदा आचार्यले जस लिने भए पछि ती निर्णयहरु सरकारले उल्टाएको थियो । 

उहाँले  २०३२ साददेखि विद्यार्थी आन्दोलनमा लाग्नु भयो । २०३९ सालमा अनेरास्ववियुको नेतृत्व तहमा पुगेर काम गर्नु भएको थियो । २०४१ मा राजकाज मुद्दामा दुई वर्ष जेल पनि पर्नु भयो । २०४६ सालको जनआन्दोलनमा उनी नेकपा (माले) को ‘प्रजातान्त्रिक आन्दोलन समन्वय समिति’ सचिवका रूपमा सक्रिय सहभागी भए पछि उहाँ पार्टीं राजनितिमा उदाउनु भएको थियो ।

२०४७ मा नेकपा (एमाले) गठन भएपछि उहाँ सुनसरी जिल््ला कमिटी सचिव भएर सुनसरी पार्टीलाई मजबुद बनाउनु भयो । पार्टीमा सकृय र लोकप्रिय काम गरे पछि २०५४ सालमा उहाँ पार्टीको केन्द्रीय सदस्य बन्न सफल हुनु भयो । २०५७ मा पार्टी केन्द्रीय कार्यालय सचिव र २०५८ सालमा कोशी अञ्चल इन्चार्ज र प्रदेशहरु स्थापना भए पछि प्रदेश १ को इञ्चार्जको जिम्मेवारी पाउनु भयो । नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सचिवमा निर्वाचित हुनु भएको थियो । 

उहाँ इञ्जार्च भएको बेला नेकपा एमाले पहिलो पार्टी भएर प्रदेश १ मा सरकार बनाउन सफल भएको थियो । हाल उहाँ पार्टीको स्थायी कमिटी सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । 

पार्टीमा राम्रो छवि बनाउनु भएका आचार्य प्रदेशका मुख्यमन्त्री र केन्द्रीय सरकारको मन्त्रीसमेत बनिसक्नु भएकाले पार्टी सरकारमा जादा उहाँले शक्तिशाली मन्त्रालय पाउने सम्भावना छ । समग्र प्रदेशको विकासका लागि आफु योजना बनाएर अघि बढ्ने संकल्प गर्नु भएको छ । आफ्नो जित समग्र जनताको जित भएको उहाँले बताउनु भएको छ ।