आगामी मङ्सिर २१ गते हुने निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि बहालवाला अर्थमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्र कार्की उम्मेदवार बनेका छन् । जन्मथलो भोजपुरबाट यसअघि चुनाव लड्दै आएका कार्की सुनसरी महेन्द्रनगरका समेत वासिन्दा हुन् । विगतमा बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले राजनीति गरेको यस क्षेत्रमा सङ्घीय समाजवादी फोरमले नेपाली काङ्ग्रेसका हेभिवेट उम्मेदवार कार्कीलाई समर्थन गरेको छ । २०३९ सालमा नेविसङ्घको केन्द्रीय अध्यक्ष भएका कार्की २०३३ सालमै राजनीतिक गतिविधिमा सक्रिय भएका कारण १८ महिना जेल बसेका थिए । २०६२÷०६३ सालको जनआन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान पु¥याएका कार्की त्यसपछि गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा जलस्रोत मन्त्री बने । अहिले उनी पार्टीको संसदीय समिति सदस्य र अर्थमन्त्रीका रूपमा सक्रिय छन् । नेपालको राष्ट्रिय राजनीतिमा पहु“च राख्ने कार्कीले सुनसरी ४ मा उम्मेदवारी दिइरह“दा यहा“को विकास र राष्ट्रिय राजनीतिको बारेमा उनका एजेण्डा के के छन् भनेर जनटाइम्सका लागि गरिएको कुराकानीको सम्पादित अंश ः

    यस पटकको चुनावमा सुनसरी क्षेत्र नम्बर ४ छनौट गर्नुभयो नि किन ?

–      म लामो समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय छु । भोजपुर र सुनसरीका जनताबीच लामो सम्बन्ध छ । म आपैmं पनि सुनसरी प्रकाशपुरको वासिन्दा हो । मलाई भोजपुरबाट सुनसरी आएको भनिरह“दा म सुनसरीवासी हु“ भन्ने कुरा पनि बुभ्mन जरुरी छ । नेपाली काङ्ग्रेसले स्थापनाकालदेखिनै यहा“का जनतामाझ काम गरिरहेको अवस्था छ । महामानव बीपी कोइराला, युगपुरुष गिरिजाप्रसाद कोइरालाले राजनीतिमार्पmत् जनतास“ग जोडेको नाता र सपना पूरा गर्नु पनि हाम्रो दायित्व होे । यहा“का जनताले शिक्षा, स्वास्थ्य, रोजगारका लागि काङ्ग्रेसस“ग जुन अपेक्षा गरेका छन्, त्यो पूरा गराउने पनि मेरो उद्देश्य हो । यस क्षेत्रलाई अब औद्योगिक क्षेत्र बनाउने र रोजगारको सिर्जना गर्ने उद्देश्य छ ।

     यस क्षेत्रको समस्या र सम्भावना के के देख्नु भएको छ ?

–      यहा“को मुख्य कुरा आयआर्जनको समस्या छ । पर्यटन र औद्योगिक क्षेत्रको सम्भावना भएर पनि यहा“का जनताले त्यो उपयोग गर्न पाएका छैनन् । शिक्षा, स्वास्थ्य, रोजगारका समस्याहरु छन् । सडक, बिजुलीबत्तीदेखि गाउ“मा स्वास्थ्यको पहु“च पु¥याउन सकिरहेको छैन । यहा“ लामो समयदेखि कोशीको समस्या छ । कोशीपीडितहरुको समस्या अहिलेसम्म पनि सम्बोधन हुन सकेको छैन । धेरै आयोगहरु बनेका छन् तर प्रभावकारी काम भएको छैन । यस क्षेत्रलाई अन्तर्राष्ट्रिय दातृ निकायको पनि सहयोग जुटाएर समृद्ध बनाउन जरुरी छ । त्यसका लागि म मुखले बोलेर होइन काम गरेर देखाउ“छु । पा“च वर्षभित्रमा यस क्षेत्रलाई म सुनसरीकै नमूना क्षेत्र बनाउने छु । यहा“ औद्योगिक क्षेत्र बनाउने योजना पनि छ । अन्य विकास निर्माणका कुराहरुमा काम गरीनै रहेको छु । त्यसलाई निरन्तरता दि“दै थप योजना अघि सारेको छु । त्यो सम्भव छ र म पा“च वर्षभित्रमा सुनसरी क्षेत्र नम्बर ४ लाई नमूना क्षेत्र बनाउन चाहन्छु । साथै सुनसरी प्रदेश नम्बर १ को प्रमुख स्थान पनि हो । यस क्षेत्रका विकासको लागि काङ्ग्रेसले उल्लेख्य काम गर्नेछ ।

     तपाई सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार भइरह“दा चुनावी एजेण्डा के के छन् ?

–      समग्र सुनसरी ४ नम्बर क्षेत्रको विकासको लागि मैले काम गर्दै आएको छु । शिक्षा, स्वास्थ्य, रोजगारमा जनताको पहु“च हुने योजना ल्याउने छु । त्यसो त यहा“ लामो समयदेखि कोशीको समस्या छ । कोशी पीडितहरुको समस्या अहिलेसम्म पनि समाधान हुन सकेको छैन । यसको स्थायी समाधान गर्नु आप्mनो कर्तव्यको रुपमा लिएको छु । धेरै आयोगहरु बनेका छन् तर, प्रभावकारी काम भएको छैन । वन्यजन्तु आरक्ष क्षेत्रको संरक्षणका लागि पनि मस“ग योजना छन् । यस क्षेत्रलाई औद्योगिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको छु । अन्तर्राष्ट्रिय दातृ निकायको पनि सहयोग जरुरी छ । त्यो पनि पहल भइरहेको छ । यी योजनाहरु सम्पन्न गर्न निकै ठूलो रकम खर्च हुन्छ । त्यसको लागि मैले व्यवस्थापन गर्न सक्छु । यहा“ सडकको कुरा छ, नदी नियन्त्रणको कुरा छ । कतिपय कामहरु मैले शुरु गरिसकेको छु । अहिले लौकहीमा ५० करोडको टाउन सर्भे भएको छ । दुईवटा हुलाकी राजमार्गको काम पनि प्रारम्भ भइरहेको छ । महेन्द्रनगर, मानपुर क्षेत्रमा बाटो निर्माणको काम भइरहेको छ । महेन्द्रनगरमा एम्बुलेन्स प्रदान गरिसकिएको छ । सप्तकोशी क्याम्पसको निर्माण गर्नेदेखि थुप्रै योजना छन् र कतिपय काम भइरहेका पनि छन् । कतिपयलाई अन्तर्राष्ट्रिय सहयोग पनि जुटाउनु पर्ने हुन्छ । मैले त्यस विषयमा कुरा गरिरहेको छु । जसरी हुन्छ म यस क्षेत्रलाई औद्योगिक र पर्यटकीय क्षेत्र बनाउने छु । त्यसो त मैले सप्तकोशी बहुमुखी क्याम्पसको जग्गा व्यवस्थापनमा पहल गरेको छु । सप्तकोशी बाढीपीडितका समस्याका बारेमा विशेष समय लिएर संसद्मा कुरा उठाएको  छु । सांसद विकास कोषबाट बहुमुखी क्याम्पसमा विद्युतीय उपकरण उपलब्ध गराउनेदेखि लिएर कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नेपाल टेलिकमको टावर बनाउन पहल गरी रामधुनी क्षेत्रमा सञ्चारको पहु“च बढाएको र सिङ्गिया मानपुरदेखि चक्रघट्टीसम्मको बाटो कालोपत्रे पारेको जस्ता कुरालाई यहा“का जनताले पक्कै बिर्सिनु भएको छैन ।

     प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मुखमा वाम गठबन्धन भएको छ । यसलाई कसरी हेर्नु भएको छ ?

–      राज्यको स्रोतलाई पार्टीमा उपयोग गर्न चाहनु राम्रो कुरा होइन । चुनावमा एक पार्टीले जित्नु, एक पार्टीले हार्नु ठूलो कुरा होइन । अहिले कम्युनिष्टहरु आत्तिएका छन् । उनीहरु मुलुकलाई फरक धारमा लैजान खोजिरहेका छन् । तर, हाम्रो उद्देश्य भनेको संविधानलाई कार्यान्वयन गरेर मुलुकमा लोकतन्त्रको जगेर्ना गर्नु हो । साथै मुलुकलाई आर्थिक विकासमा लैजान जरुरी छ । तर, कम्युनिष्ट साथीहरु कम्युनिष्ट शासन लाद्ने उद्देश्यका साथ गठबन्धन गरिरहेका छन् । तर, नेपालमा त्यो सम्भव छैन । चुनावबाट जनताले लोकतन्त्रको रक्षा र विकासको लागि पनि उनीहरुलाई पराजित गर्नेछन् ।

     नेपाली काङ्ग्रेसको यसपटकको चुनावी रिजल्ट कस्तो आउला ?

–      लोकतन्त्रको रक्षा र मुलुकको विकासको लागि नेपाली काङ्ग्रेस पहिलो पार्टी हुने छ । वाम गठबन्धनले मुलुकलाई धु्रवीकरण गर्ने छ । यो कुरा जनताले बुझेका छन् । यदि वाम गठबन्धन अघि बढ्यो भने मुलुक नया“ किसिमको विवाद र द्वन्द्वमा फस्ने सम्भावना छ । मुलुकमा आर्थिक विकास गर्न र लोकतन्त्रको महसूस गराउन पनि नेपाली काङ्ग्रेसले जनतालाई साथ दिने छन् ।

     यो चुनावमा काङ्ग्रेसको मूलभूत मुद्दाचाहि“ के हो ?

    प्रजातन्त्रको स्थापनादेखि हामी गणतन्त्रसम्म आइपुगेका छौं । यो अवधिलाई नियाल्ने हो भने नेपाली काङ्ग्रेस स्पष्ट लोकतन्त्रवादी शक्ति हो । आम जनभावनालाई कदर गर्दै मुलुकमा स्थायी शान्ति र संविधानलाई आवश्यकताअनुसार परिवर्तन गर्दै देशलाई समृद्धितर्पm लैजान हामीले चाहिरहेका छौं । अब मुलुक सङ्घीय संरचनामा गएको छ । तर, यहा“ मधेशी, जनजाति, मुश्लिम लगायत पिछडिएको वर्गका आवाजलाई समेट्न खोज्दा अवरोध भएको कुरा जनताले बुझेका छन् । तर, नेपाली काङ्ग्रेसले त्यस्ता जनतालाई सम्बोधन गरेर अघि बढ्न चाहन्छ । साथै मुलुकलाई आर्थिक विकासमा अघि बढाउन काङ्ग्रेसले जुन भूमिका खेलिरहेको छ, त्यो निरन्तर रहने छ र मुुुुलुकमा लोकतन्त्रको रक्षा गर्दै आर्थिक समृद्धितर्पm अघि बढाउने छ ।

    यहाका मतदातास“गको अपेक्षा के छ ?

–      लामो समय मुलुक द्वन्द्वमा फस्यो । नेपाली काङ्ग्रेसको प्रयासमा त्यसलाई अन्त्य गरिएको छ । अभैmपनि कम्युनिष्ट साथीहरु मुलुकमा द्वन्द्व गराउने र कम्युनिष्ट शासन लाद्ने सपना देखिरहनु भएको छ । तर नेपालमा अब विकास चाहिएको छ । यस क्षेत्रका जनताका माग भनेको पनि विकास नै हो । जस्तै बराहक्षेत्र–रामधुनी–कोशीटप्पु एकीकृत पर्यटन पदमार्ग र पूर्वाधार विकास, बा“की कोशीपीडितलाई राहत र सट्टाभर्ना, कोशीटप्पु क्षेत्रलाई विश्वस्तरीय भ्रमण गन्तव्यका रूपमा पूर्वाधार विकास, औद्योगिक सम्भाव्यता अध्ययन गरी कोशी औद्योगिक क्षेत्र स्थापना, रोजगारी र आयमूलक विशेष योजना तत्काल सञ्चालन गरी यस क्षेत्रलाई सुनसरीकै नमूना क्षेत्र बनाउने योजना छ । त्यसकारण यहा“का जनताले नेपाली काङ्ग्रेसलाई साथ दिनुहुनेछ । र त्यो अहिले देखिसकेको पनि छ । पा“च वर्षभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट आएको अनुदानबाट यस क्षेत्रमा विकास गर्ने हो । यस क्षेत्रलाई समृद्ध बनाउने कुरामा विश्वस्त हुन म मतदातालाई आग्रह गर्दछु । मतदाताहरु शान्ति, विकास र समृद्धिको पक्षमा हुनुहुन्छ । यस क्षेत्रका जनताले नेपाली काङ्ग्रेसलाई भोट हालेर विजयी गराउनु हुनेछ ।

    तपाई सरकारमा पनि हुनुहुन्छ । चुनावी कार्यक्रममा अवरोध पनि भइरहेका छन्, यसलाई कसरी लिनु भएको छ

–      हो, केही उम्मेदवारलाई लक्षित गरी बम पड्काउने र तर्साउने काम भएको पाइएको छ । यस विषयमा सरकार गम्भीर छ । सरकारले यसको नियन्त्रण गर्नेछ । स्वच्छ र धा“धलीरहित निर्वाचनको लागि सरकार प्रतिवद्ध छ र त्यो गराउ“छ । आम मतदाताहरु ढुक्क भए हुन्छ । यस्ता गतिविधि रोकिन्छन् । सरकारले सुरक्षास“ग सम्बन्धित संयन्त्रलाई परिचालन गरिसकेको छ ।