धरान / विश्व सामु नेपालका उच्च ८ हिमालले जसरी नेपाललाई चिनाएको छ, त्यसरी नै नेपाली साहित्यलाई देशविदेशमा चिनाउनु हुने नेपाली पहिचान बोकेका देशविदेशका उत्कृष्ट ८ साहित्यकारहरुलाई साहित्य दुत सम्मान घोषणा गरेको छ । 

नेपाली साहित्य दुत सगरमाथा प्रोफेसर तुलसी दिवस (नेपाल), नेपाली साहित्य दुत कन्चनजंघा प्राडा. टंक प्रसाद न्यौपाने (नेपाल), नेपाली साहित्य दुत लोत्से मनप्रसाद सुब्बा (भारत), नेपाली साहित्य दुत मकालु टेक नारायण रिमाल (म्यानमार), नेपाली साहित्य दुत चोयो भक्त घिमिरे (भुटानरअमेरिका), नेपाली साहित्य दुत धौलागिरी अन्नपूर्ण लक्ष्मी राई (लारा, युके), नेपाली साहित्य दुत मनास्लु ठाकुर प्रसाद गुरागाई (म्यानमार), नेपाली साहित्य दुत अन्नपूर्ण भीम विरही (भारत) लाई घोषणा गरेको छ ।
दिवसः सन् १९४१ मा धनकुटामा जन्मनु भई काठमाडौलाई कर्मभूमि बनाएर लोक संस्कृति र साहित्यमा योगदान पु¥याएका छन् । डा. टंक प्रसाद न्यौपाने धरानमा कर्मक्षेत्र बनाउदै आएका छन् । उनका २० कृति प्रकाशित छन् । विगत ५० बर्षदेखि साहित्य क्षेत्रमा योगदान दिदै आएका छन् । मनप्रसाद सुब्बाः दार्जि्लिङ भारतमा सन् १९५२ मा जन्मिएर विगत ४० बर्षदेखि नेपाली साहित्यमा योगदान दिदै आएका छन् उनका १२ वटा कृतिहरु प्रकाशित छन् ।
टेक नारायण रिमाल, म्यानमारमा वि.स. २००६ सालमा जन्मनु भएका रिमाल विगत ३० बर्षदेखि नेपाली साहित्यमा योगदान दिदै आएका छन् । उनका ३ कृतिहरु प्रकाशित छन् ।
भक्त घिमिरे भुटान देखि नेपाल र नेपालबाट अमेरिका पुग्नु भएका घिमिरेले नेपाली साहित्यको लागि लेखन सम्पादन लगायत विविध योगदान गरेका छन् ।
यस्तै लक्ष्मी राई (लारा) हङकङ हुदै युकेमा बसोवास गर्दै आएकीछन् । साहित्यकार लाराको एक कृति प्रकाशित छ भने उनीले पात्रहरु संग एक साँझ साहित्यिक टेलिश्रृखलाको संचालिका पनि हुन ।
ठाकुर प्रसाद गुरागाईः म्यानमारमा जन्मेर नेपाली साहित्यको निम्ति लामो समय देखि निरन्तर योगदान दिएका छन् । भीम विरही, भारतमा रहेर नेपाली साहित्यमा योगदान पुरयाउदै आउनु भएका राइको २ कृति प्रकाशित छन । उनी भारतीय सेनामा समेत रहेका थिए ।
सम्मानित स्रष्टाहरुलाई ताम्रपत्रसहित केही दिन पछि काठमाण्डौमा एक कार्यक्रम गरि सम्मान अर्पण गरिने महासंघको उपाध्यक्ष सुरेन्द्र लिम्बुले जानकारी दिए । यसअघि सन् २०१४ मा पहिलो पटक साहित्य महासङ्घले साहित्य दुत सम्मान घोषणा गरेको थियो ।